• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाटोमा हिँड्दा पनि फिल्म हेर्न सकिने ‘एप्पल भिजन प्रो’ ले कसरी काम गर्छ?

by
१५ माघ २०८१,
0
बाटोमा हिँड्दा पनि फिल्म हेर्न सकिने ‘एप्पल भिजन प्रो’ ले कसरी काम गर्छ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- पछिल्लो समय प्रविधिको क्षेत्रमा तीव्र विकास भएसँगै ‘वेरएबल’ डिभाइसको प्रयोग पनि बढ्दै गइरहेको छ । पछिल्लो समय वेरएबल डिभाइसका रुपमा स्मार्टवाचको प्रयोग बढ्दो छ ।

स्मार्टवाच मात्रै होइन, धेरैले अहिले स्मार्ट ग्लास, स्मार्ट रिङजस्ता वेरएबल डिभाइसको प्रयोग पनि गरिरहेका छन् । तर, शायद सबैभन्दा चर्चामा रहेको वेरएबल डिभाइस चाहीँ अमेरिकी प्रविधि कम्पनी एप्पलले विकास गरेको एप्पल भिजन प्रो नै हो ।

एप्पलले विकास गरेको एप्पल भिजन प्रो नामक ‘मिक्स्ड रियालिटी’ हेडसेट अहिले निकै लोकप्रिय छ । एप्पलले सन् २०२४ को शुरुवातमा यो ग्याजेट बजारमा ल्याएको थियो ।

झट्ट हेर्दा स्की गगल्सजस्तो देखिने यो हेडसेटले अगमेन्टेड रियालिटी र भर्चुअल रियालिटी दुबै सपोर्ट गर्छ । अगमेन्टेड रियालिटी यस्तो प्रविधि हो जसमा हाम्रो आसपासको दुनियाँ भर्चुअल रुपमा देख्न सकिन्छ ।

यस्तो अवस्थामा हेडसेटको स्क्रिनमा मिश्रित वास्तविकता देखिन्छ, जसमा वास्तविक र भर्चुअल वातावरण देखा पर्छ । यो हेडसेटका माध्यमबाट भर्चुअल रुपमा चलचित्र हेर्न, एप्पलका एपहरू प्रयोग गर्न र डकुमेन्ट लेख्न र रिड गर्न सकिन्छ ।

यसमा दुई वटा चिपसेट जडान गरिएको छ । यसमा जडान गरिएको एम २ चिपले प्राथमिक प्रोसेसरको रुपमा काम गर्छ भने आर १ चिपले वास्तविक समयमा विभिन्न सेन्सरबाट उपलब्ध डेटाहरू संकलन गरी त्यही अनुसार ग्याजेट चलाउन डिभाइसलाई व्यवस्थापन गर्न सक्छ ।

दुवै आँखाका लागि यसमा दुई ओटा माइक्रो ओलेड डिस्प्ले जडान गरिएको छ । यी डिस्प्ले फोरके रेजोलुसनभन्दा राम्रो रहेको एप्पलले जनाएको छ । डिस्प्लेमा २ करोड ३० लाखभन्दा धेरै पिक्सेल कम्बाइन गरिएको छ । आवाज सुन्नका लागि दुवै कानको छेउतिर स्पिकर राखिएको छ ।

हेडसेटको बाहिरतिर विभिन्न किसिमका सेन्सरहरु जडान गरिएका छन् । ती सेन्सरहरूले प्रयोगकर्ता आसपासको वातावरणको विश्लेषण गरी त्यसलाई स्क्रिनमा देखाउँछ । प्रयोगकर्तालाई उत्कृष्ट मिक्स्ड रियालिटीको अनुभव दिलाउनका लागि एप्पल भिजन प्रोमा कुल १२ क्यामेरा, ५ सेन्सर र आधा दर्जनभन्दा धेरै माइक्रोफोन जडान गरिएको छ ।

यी सबै सेन्सरका माध्यमबाट प्रयोगकर्ताको आसपास भइरहेका गतिविधि एकै ठाउँमा हेर्न सकिन्छ । हेडसेटका माध्यमबाट इन एअर टाइपिङ, भ्वाइस रिकग्निशन, ह्याण्ड ट्राकिङ र अरु नवीन प्रविधिको अनुभव लिन सकिन्छ ।

एप्पलको भिजन प्रो हेडसेटमा भने कुनै किसिमका कन्ट्रोलर छैनन् । अर्थात भौतिक रूपमा बटनहरू छोएर डिभाइस कन्ट्रोल गर्ने सुविधा यसमा छैन । कम्पनीका अनुसार यसलाई पूर्ण रूपमा आँखा, आवाज र हातको चालद्वारा नियन्त्रण गर्न सकिन्छ ।

त्यसैगरी, अनुहारको अगाडि औंला चलाएर हेडसेटलाई आफ्नै तरिकाले नियन्त्रण र प्रयोग गर्न पनि सकिन्छ । यसलाई प्रयोगकर्ताको आँखाको चालले समेत नियन्त्रण गर्न सकिन्छ । ग्लास, मेटल र फेब्रिकबाट निर्माण गरिएको यो हेडसेट प्रयोगकर्ताले सहजै लगाउन सक्ने एप्पलको दाबी छ ।

अप्टिक आइडी फिचरले प्रयोगकर्ताको आँखाको रेटिनालाई विश्लेषण गरेर डिभाइस अनलक गर्छ । सुरक्षाका लागि यसमा फिङ्गरप्रिन्ट सेन्सर पनि छ ।

एप्पल भिजन प्रोमा म्यागसेफ रिचार्जेबल ब्याट्री जडान गरिएको छ । यसको ब्याट्री ब्याकअप २ घण्टासम्म चल्न सक्छ । चार्ज गर्दै हेडसेट चलाउन पनि सकिन्छ । यस हेडसेटमा एप्पलको भिजन ओएस नामक अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।

Previous Post

आकाशमा सातवटा ग्रह एउटै रेखामा लामबद्ध हुँदै

Next Post

के तपाईंलाई आफ्नो शरीरमा कमजोरी महसुस हुन्छ ? यसको उपचार जान्नुहोस्

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ भदौ २०८३,
बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
Load More
Next Post
के तपाईंलाई आफ्नो शरीरमा कमजोरी महसुस हुन्छ ? यसको उपचार जान्नुहोस्

के तपाईंलाई आफ्नो शरीरमा कमजोरी महसुस हुन्छ ? यसको उपचार जान्नुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In