• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

    बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फेरि बढ्न थाल्यो चिसो, तराईमा शीतलहरले जनजीवन प्रभावित

by
१३ माघ २०८१,
0
आजको मौसम : कोशीमा मन्द शीतलहर

जनकपुरधामको रामानन्द चोकमा बिहीबार बिहान शीतलहरसहित लागेको बाक्लो हुस्सु । बुधबारदेखि शितलहर भएसँगै जाडो बढेको छ । तस्बिर : अमरेन्द्रकुमार यादव / रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् प्राधिकरणले प्रमुख जिल्ला अधिकारीहरुको ध्यानाकर्षण गराएको छ ।

जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा शीतलहर बढ्न थालेको र यो क्रम अझै केही दिन रहने जानकारीसहितको विशेष बुलेटिन नै जारी गरेको उल्लेख गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले शीतलहर र हिमपातसम्बन्धी कार्ययोजना थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै प्रजिअलाई पत्राचार गरिएको जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था छ । साथै तराईका धेरै स्थानमा पनि हुस्सु तथा कुहिरो लागेको छ । कतिपय हिमाली भूभागमा हिमपात भइरहेको छ ।

विभागले शुक्रबार जारी गरेको शीतलहरसम्बन्धी विशेष बुलेटिनमा तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्नेभएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । यो क्रम अझै केही दिनसम्म रहने जनाइएको छ ।

प्राधिकरणले शीतलहर तथा हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ जारी गरी कार्यान्वयन गरिरहेको छ । मौसमुविद्का अनुसार कात्तिकदेखि फागुन महिनासम्म नेपालका विभिन्न भागमा शीतलहर तथा हिमपातको प्रभाव रहन्छ ।

यो समयमा तराई तथा भित्री मधेसका जिल्लाहरूमा जाडोको समयमा शीतलहरको जोखिम रहने र उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा तापक्रम निकै नै घट्न गई चिसो बढ्ने र हिमपात हुने गरेको प्राधिकरणका प्रवक्ता डा भट्टराईले बताए ।

शीतलहर तथा हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ मा शीतलहर, अत्यधिक चिसो र हिमपातबाट विपन्न वर्गहरू बढी प्रभावित हुने र यस अवधिमा श्वासप्रश्वाससम्बन्धी रोगहरूको प्रकोप हुनसक्ने भएकाले वृद्धवृद्धा, बालबालिका, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगीलाई विशेष संरक्षणको आवश्यकता पर्ने शीतलहर तथा हिमपातको समयमा प्रभावित हुने क्षेत्र, जनसङ्ख्या, आवश्यक पर्ने राहत तथा उद्धारका सामग्रीहरू र गर्नुपर्ने आवश्यक पूर्वतयारी र प्रतिकार्यको योजनाबद्ध कार्यढाँचा गर्नुपर्ने उल्लेख छ ।

घट्न थाल्यो तापक्रम

पछिल्ला केही दिन ह्वात्तै बढेको तापक्रम क्रमशः घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च चापीय प्रणालीका कारण केही दिनअघि ह्वात्तै बढेको तापक्रम शुक्रबारदेखि भने घट्न थालेको हो ।

शुक्रबार काठमाडौँमा अधिकतम तापक्रम २१।५ डिग्री रहेकामा आज २०।५ डिग्री मापन गरिएको छ । न्यूनतम तापक्रम पनि आज ४।८ डिग्री मापन भएको छ । यही माघ ९ गते काठमाडौँको अधिकतम तापक्रम २४।६ डिग्री पुगेको थियो भने न्यूनतम तापक्रम पनि ६।२ डिग्री मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तापक्रम केही दिनअघिको तुलनामा घट्दै गएको बताउनुभयो । यद्यपि अहिलेको तापक्रम सामान्यभन्दा बढी नै रहेको उहाँको भनाइ छ ।

मौसमविद् पुडासैनीले भने, “केही दिनअघिको भन्दा तापक्रम घटेको छ, मुख्यगरी यसअघि माथिल्लो वायुमण्डलमा उच्च चपीय प्रणाली थियो । अहिले त्यो सरेर गएकाले तापक्रम घटेको हो, अबको केही दिन यस्तै रहने देखिन्छ ।” उच्च चापीय प्रणालीले तातो बढाउँछ भने न्यून चापीय प्रणालीले चिसो बढाउने उनको भनाइ छ ।

उनले अबको तीन दिन वर्षा गराउने र हिमपात हुने प्रणाली नभएको तर तराई क्षेत्रमा शीतलहर तथा बाक्लो हुस्सु र कुहिरोको प्रभाव भने यथावत रहने बताए । आज उपत्यकाबाहिरका जिल्लामा पनि तापक्रम घटेको छ ।

यही माघ ९ गते दीपायलमा अधिकतम तापक्रम २७।२ र वीरेन्द्रनगरमा २७।१ डिग्री मापन गरिएको थियो । महाशाखाका अनुसार आज राति दीपायलको अधिकतम तापक्रम २५।२ डिग्री र वीरेन्द्रनगरको अधिकतम तापक्रम २४।४ डिग्री छ । अन्य मापन केन्द्रहरुमा पनि यही माघ ९ गतेको तुलनामा तापक्रम घटेको छ । जुम्ला र जिरीमा भने न्यूनतम तापक्रम माइनसमा पुगेको जनाइको छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

के माओवादीभित्र जनार्दनले विद्रोह गर्दैछन्?

सम्बन्धित खबर

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
समाचार

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

२४ बैशाख २०८३,
संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
समाचार

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

२४ बैशाख २०८३,
समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
फिचर-ब्यानर

समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

२४ बैशाख २०८३,
माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी
फिचर-ब्यानर

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

२४ बैशाख २०८३,
Load More
Next Post
के माओवादीभित्र जनार्दनले विद्रोह गर्दैछन्?

के माओवादीभित्र जनार्दनले विद्रोह गर्दैछन्?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In