• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

देशनिकाला गर्ने ट्रम्पको घोषणापछि आप्रवासीहरू : ‘सुत्न सक्दिनँ‚ खान सक्दिनँ..‍.’

by
६ माघ २०८१,
0
देशनिकाला गर्ने ट्रम्पको घोषणापछि आप्रवासीहरू : ‘सुत्न सक्दिनँ‚ खान सक्दिनँ..‍.’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टेक्सस : संयुक्त राज्य अमेरिकाले अवैध आप्रवासीविरुद्ध ठूलो कारबाही गर्ने देखिएपछि अमेरिकामा रहेका आप्रवासीहरूले भोक र निद्रा हराएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्।

नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले जनवरी २० तारिख (माघ ७ गते) मा पदको शपथ लिँदै छन्। उनले यसअघि नै अवैध आप्रवासीहरूलाई देशनिकाला गर्ने बताइसकेका छन्। अवैध आप्रवासीसँग सम्बन्धित विषय हेर्न उनले टम होमनलाई बोर्डर जार (अमेरिकी सीमाहरूको इन्चार्ज) तोकिसकेका छन्। होमन अवैध आप्रवासीहरूप्रति कठोर व्यक्तिका रूपमा परिचित छन्। उनले यसअघि नै एक विज्ञप्तिमार्फत अवैध आप्रवासीहरूले आफ्नो झोला प्याक गर्दै गरे हुन्छ भन्ने चेतावनी दिइसकेका छन्।

ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्नेबित्तिकै उनले लाखौँलाई निकाला गर्ने योजनालाई छिटो कार्यान्वयन गर्न कार्यकारी आदेश जारी गर्नेछन्। यस्तो अवस्थामा गैरकानूनी रूपमा अमेरिका आएर लामो समयदेखि त्यहाँ बसोवास गरिरहेका मानिस भयभीत छन्। तिनीहरूमध्ये धेरैलाई सबै थोक गुमाउने डर छ।

आद्रियाना सन् २०२१ मा क्युबाबाट अमेरिका-मेक्सिको सीमा पार गरी संयुक्त राज्य अमेरिका पुगिन्। उनलाई देश निकालाको आदेश दिइए पनि उनका पतिलाई अध्यागमन अदालतमा राजनीतिक शरणको मुद्दा चलाउने मौका दिइयो। उनको अर्को सुनुवाइ सन् २०२७ मा हुनेछ। उनलाई तुरुन्तै क्युबा पठाउन नसकिएकाले उनी दक्षिण फ्लोरिडामा अध्यागमन अधिकारीहरूसामु नियमित हाजिर हुनुपर्छ, जहाँ उनी अहिले बस्छिन्।

समलिङ्गीको चिन्ता

होन्डुरसका ४७ वर्षीय समलिङ्गी पुरुष जर्ज लोपेस गिरोन सन् २००० देखि कानूनी हैसियतविना अमेरिकामा बस्दै आएका छन्। उनी अस्टिनमा राइडशेयर र खाना डेलिभरी गर्छन्। धेरै वर्ष पहिले उनको तत्कालीन प्रेमीसँग झगडा भएको थियो। सन् २००९ मा दोषी ठहरिएपछि उनले तीन महिना हिरासतमा बिताएका थिए। अहिले पनि उनको कुनै कानुनी हैसियत छैन।

अमेरिकामा घरेलु हिंसाको सजायका कारण उनलाई देश निकाला गर्ने अझ बढी जोखिम हुन सक्छ। ‘यदि कुनै पुलिस अफिसरले मेरो छालाको रंगको कारण वा म राम्रो अंग्रेजी नबोल्ने कारणले मलाई पक्राउ गर्‍यो भने मेरो के हालत होला?’‚ गिरोनले भने।

‘मेरो त सर्वस्वहरण हुन्छ’

सन् २०२१ मा अवैध रूपमा अमेरिका-मेक्सिको सीमा पार गरेका क्युबाका ३२ वर्षीय एलेनलाई श्रीमती एरिकाले निर्वासनमा परेमा आफ्ना छोराछोरीलाई कसरी सहयोग गर्ने भन्ने चिन्ता छ। एलेनले भने, ‘मैले अर्को वर्ष घर किन्ने योजना बनाएको थिएँ‚ अब मलाई डर छ…घर किन्नु जोखिम हुन्छ। मलाई देशनिकाला गरियो भने मेरो त सर्वस्वहरण हुन्छ।’

‘मलाई निकाला गरे भने…’

ब्लाङ्को फिगुरो र सेभरियानो मार्तिनेसको विवाह भएको आठ वर्ष भइसकेको छ। फिगुएरोआलाई विवाहका वेलादेखि आफू गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गरेकाले निर्वासनको खतरामा छु नै डर थियो। हाल फ्लोरिडामा बसोवास गर्दै आएका फिगुएरोआ ग्वातेमालाका हुन् भने मार्तिनेस अमेरिकी नागरिक हुन्। उनीहरू छोराहरूसँग बस्छन्। कान्छो छोरा सात वर्षका छन् भने जेठा छोरा युवा भइसकेका छन्। जेठाले ग्रिन कार्ड बनाइसकेका छन्। उनीहरूका दुवै छोरा अमेरिकामा जन्मिएका हुन्।

परिवारमा मुख्य कमाउने व्यक्ति आफू भएको र अशक्त मार्तिनेसको हेरचाह गरिरहेको फिगुएरोआले​ बताए। ‘मलाई देश निकाला गरियो भने उसले घर र बच्चाहरू व्यवस्थापन गर्न सक्दिन’‚ उनले भने।

१४ लाखलाई निकाला गरिँदै

अमेरिकी अध्यागमन र भन्सारका अनुसार फिगुएरोआजस्ता १४ लाख मानिसहरूलाई अमेरिकाबाट निकाला गर्ने तयारी गरिएको छ। तीमध्ये एक तिहाइ त फ्लोरिडा र टेक्सस क्षेत्रमा मात्रै बस्छन्।

यी दुवै राज्यले गैरकानूनी रूपमा देशमा बसोवास गर्ने आप्रवासीलाई कारबाही गर्न आफ्नै कानुन बनाएका छन्। अध्यागमनसम्बन्धी अन्तिम आदेश पर्खेका आप्रवासीहरू कम्तिमा एक तिहाइ क्यालिफोर्नियामा छन् र बाँकी अन्य राज्यमा छन्।

निर्वासनको आदेश दिएका फ्लोरिडा र टेक्ससमा बसोवास गर्ने आधा दर्जन आप्रवासीसँग रोयटर्सले कुरा गरेको थियो। उनीहरूले वकिलहरूसँग भेट्न तथा बच्चाहरू र अन्य आश्रितहरूका लागि आपत्‌कालीन योजना बनाउन दौडधुप गरेको पीडा सुनाए। उनीहरूले प्रहरीद्वारा अन्धाधुन्ध रूपमा पक्राउ पर्ने डर रहेको वर्णन गरे।

Previous Post

कुम्भ मेला: संसारकै ठूलो हिन्दू धार्मिक मेला र कुम्भ मेलाबाट नेपालले सिक्नुपर्ने पाठ

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In