• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिब्बत भूकम्पपछि २४ घण्टाभित्र ५०० भन्दा बढी परकम्प, जमिन १.६ मिटर ‘तल भासियो’

by
२४ पुस २०८१,
0
तिब्बत भूकम्पपछि २४ घण्टाभित्र ५०० भन्दा बढी परकम्प, जमिन १.६ मिटर ‘तल भासियो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनको तिब्बतमा शक्तिशाली भूकम्पबाट प्रभावित स्थानमा जारी खोजीमा सहभागी हुन १४,००० भन्दा बढी उद्धारकर्मी पुगेका छन्। मङ्गलवार बिहान गएको भूकम्पका कारण त्यहाँ सयौँ घर भत्किएका र कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको छ।

भूकम्पले सयौँ घर भत्काउँदा धेरै मानिस पुरिएको आशङ्का गरिएको छ। तर त्यस्ता मानिसको सङ्ख्या स्पष्ट हुन सकेको छैन। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ४०० जनाभन्दा बढीको उद्धार गरिएको छ।

भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमामा अवस्थित सगरमाथाबाट झन्डै ९० किलोमिटर टाढा छ। एउटा फल्ट लाइनमा पर्ने उक्त क्षेत्रमा भूकम्पीय गतिविधि भइरहन्छ।यो केही वर्षयता चीनमा गएका विनाशकारी भूकम्पमध्ये पर्छ।

बुधवार चीनका उपप्रधानमन्त्री जाङ ग्वचिङ उद्धारकार्यको निरीक्षण गर्न तिब्बत पुगे।

राष्ट्रपति सी जिन्पिङले हताहत हुने मानिसको सङ्ख्या बढ्न नदिन प्रभावकारी उद्धार र राहतका लागि आवश्यक सबै कार्य गर्न मङ्गलवार निर्देशन दिएका थिए। चिनियाँ सेनाले उद्धारकर्ताहरूलाई सघाउन ड्रोनहरू प्रयोग गरेको छ।

तिब्बतमा इन्टरनेटको पहुँचमा चीन सरकारले नियन्त्रण गरेकाले सञ्चारकर्मीहरू चीन सरकारको अनुमति नलिई त्यहाँ जान पाउँदैनन्। अहिलेसम्म प्राप्त अधिकांश सूचनाको मुख्य स्रोत चिनियाँ सरकारी सञ्चारमाध्यम हो।

शिगात्सेको जनसङ्ख्या झन्डै आठ लाख छ।

मेरिकी भौगर्मिक सर्वेक्षण निकायका अनुसार उक्त भूकम्प ७.१ म्याग्निट्यूडको थियो र जमिनभन्दा १० किलोमिटर तल उत्पन्न भएको थियो। भूकम्प नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि महसुस गरिएको थियो।

शक्तिशाली भूकम्प गएको २४ घण्टाको अवधिमा तिब्बतमा ५०० वटाभन्दा बढी परकम्प मापन गरिएको अधिकारीहरूले बताएका छन्।

उक्त भूकम्पका कारण केन्द्रबिन्दुबाट ८० किलोमिटरको दूरीसम्म जमिन १.६ मिटरसम्म तल भासिएको दाबी गरिएको छ।

भूकम्पसम्बन्धी अनुसन्धान गर्ने एउटा संस्थामा कार्यरत वैज्ञानिक जिआङ हाइकुले सरकारी टेलिभिजन सीसीटीभीलाई बताएअनुसार म्याग्निट्यूड ५ सम्मको अर्को भूकम्प जान सक्छ। “तर ठूलो भूकम्प जाने सम्भावना न्यून छ।”

मौसम कस्तो छ

भूकम्पको केन्द्रबिन्दु रहेको स्थाननजिकै अवस्थित अतिप्रभावित शिगात्सेमा राति तापक्रम माइनस १८ डिग्री सेल्सिअस पुगेको थियो।

अधिकारीहरूले ३,६०० वटाभन्दा बढी भवन भत्किएका र हजारौँ मानिस बेघर भएको अनुमान गरेका छन्। विज्ञहरूका अनुसार भत्किएका भवनमा पुरिएका वा उपयुक्त आश्रयस्थलमा बस्न नपाएका मानिसहरू कठ्याङ्ग्रिने जाडोका कारण बिरामी पर्न सक्ने जोखिम उच्च छ।

उद्धारकर्मीहरूले भूकम्पका कारण विस्थापित हजारौँ मानिसलाई ‍जाडोबाट जोगाउन पाल गाड्न थालेका छन्।

सरकारको स्वामित्वमा रहेको ‘पीपल्स डेली’ पत्रिकाका अनुसार उक्त क्षेत्रमा तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। केन्द्रबिन्दु नजिकै रहेको टिङ्ग्री काउन्टीमा बुधवार विद्युत् आपूर्ति हुन थालेको र मोबाइल फोन सेवा फेरि सञ्चालन भएको छ।

टिङ्ग्री चीनपट्टिबाट सगरमाथा अवलोकन गर्न वा आरोहण गर्न आउने मानिसहरूका लागि लोकप्रिय स्थान हो। उक्त स्थानबाट सगरमाथा हेर्न बनाइएका कार्यक्रमहरू स्थगित भएका छन्।

बीबीसीबाट

Previous Post

महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द«लाई सहयोग

Next Post

चिनियाँ ह्याकरले चोरे अमेरिकन डकुमेन्ट

सम्बन्धित खबर

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
आवाज

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

८ असार २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
Load More
Next Post
एफवान सफ्टको खाताबाट ह्याकरले चोरे तीन करोड ४२ लाख

चिनियाँ ह्याकरले चोरे अमेरिकन डकुमेन्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In