• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चितवनमा गाई पनि सहकारी पीडित

by
२२ पुस २०८१,
0
चितवनमा गाई पनि सहकारी पीडित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवनमा बाँधेकै ठाउँमा गाई मर्न थाले । गाईलाई दिने दाना, घाँस र पराल सकिएपछि श्रमिक पनि पिरलोमा परे । दुहुना गाई र ससाना बाच्छाबाच्छीको बिजोक हेर्नै नसकिने छ। गाईगोठमा काम गर्ने श्रमिकले तलब नपाएको पनि महिनौँ भयो।

सहकारीको बचत रकम अपचलन, ठगी र दुरुपयोगको प्रताडना मान्छेले मात्रै होइन, अबोध पशुले पनि भोग्नु परिरहेको छ। ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चितवनको खैरहनी नगरपालिका–१२ मा सञ्चालन गरेको लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरमा पालिएका ४१५ गाईको बिजोक भएको छ।

लालीगुराँस बहुउद्देश्यीय सहकारीका चार हजार ५२८ बचतकर्ताको सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपैयाँ अपचलन र ठगी हुँदा बचतकर्तासँगै गाई पनि सास्ती भोग्न बाध्य भएका हुन् ।

लालीगुराँस बहुउद्देश्यीय सहकारीले १६ बिघा जग्गा लिएर भवन निर्माण गरी ४१५ वटा गाई पालेको छ तर सहकारीको बचत रकम सहकारीको सिद्धान्तविपरीत अन्यत्र लगानी गरी अपचलन गरेको अभियोगमा २०८० फागुन २९ गते सरकारले लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।

गाई फार्म सञ्चालन गर्ने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकले दुग्ध पदार्थ बिक्रीबाट उठेको रकम लिए पनि त्यहाँ काम गर्ने श्रमिकले तलब पाएका छैनन् ।

उक्त सहकारी संस्था समस्याग्रस्त भए पनि सहकारीको सम्पत्ति विवरण खोज्ने क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको टोली खैरहनी पुगेको थियो । समितिको कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले अनुगमनका क्रममा सहकारीले सञ्चालन गरेको गाई फार्मको अवस्था दयनीय देखेपछि बिक्री र लिलामी प्रक्रिया अघि बढाएको बताए।

‘१० वटा गाई मरेको पाइयो । पशु सेवा कार्यालयको टोलीलाई अध्ययन र निरीक्षणका लागि पठाउँदा ११९ वटा गाईमा बाँझोपन र अनुत्पादन भएको पाइयो’, उनले भने, ‘अरू २६८ वटा दुहुना गाई र बाच्छाबाच्छी छन् । तिनीहरूको व्यवस्थापन गर्ने तयारीमा समिति छ।’

गाई फार्मका प्रशासन अधिकृत कृष्णबहादुर भण्डारीले भदौ १२ गते नै समितिको कार्यालयलाई पत्र लेख्दै ४९ गाई बाँझोपनका कारण अनुत्पादक भएका कारण हटाउने निर्णय गरिदिन आग्रह गरेका थिए। सदस्यसचिव पौडेलका अनुसार बाँझोपन भएका गाईसमेत गोठमा राख्दा दुहुना गाईलाई पर्याप्त दाना र घाँस दिन समस्या भएको छ । गोरखापत्र दैनिकमा अशोक अधिकारीले समाचार लेखेका छन् ।

Previous Post

गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका

Next Post

हराएको एक हप्तापछि मृत भेटिए किशोरकिशोरी

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
हराएको एक हप्तापछि मृत भेटिए किशोरकिशोरी

हराएको एक हप्तापछि मृत भेटिए किशोरकिशोरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In