• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दक्षिण भारतीय चलचित्रको दबदबा

by
१७ पुस २०८१,
0
दक्षिण भारतीय चलचित्रको दबदबा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। सन् २०२४ हामीबाट बिदा भएको छ । यो वर्ष कसैलाई फलदायी बन्यो भने कसैलाई औसत र असफल साबित भयो । विश्वमा सर्वाधिक चलचित्र निर्माण गर्नेमध्ये एक भारतीय चलचित्र उद्योगले पनि यस्तै आरोह अवरोहको सामाना गर्नु पर्‍यो । सन् २०२४ मा भारतमा सयौँ चलचित्र प्रदर्शनमा आए पनि दक्षिण भारतीय चलचित्र हाबी भए । दक्षिण भारतीय चलचित्रले कमाइमा एकपछि अर्को रेकर्ड नै बनाए । यस वर्ष केहीले उल्लेखीय सफलता हात पारेका छन् भने कुनैलाई लगानी उठाउनसमेत हम्मेहम्मे पर्‍यो । भारतीय कलाकारहरू कमल हसनदेखि लिएर अजय देवगन, अक्षय कुमार, वरुण धवन, करिना कपुर, सैफ अलि खान, जान्ह्वी कपुर, तब्बु मात्र होइन सूर्या, एनटिआरका लागि पनि बितेको वर्ष खासै फलिफाप हुन सकेन । यद्यपि श्रद्धा कपुर, राजकुमार राव, अल्लु अरविन्दलगायत अभिनीत चलचित्रले भने चर्चा मात्र होइन व्यापारिक सफलता पनि हात पारे ।

वर्षको सुरुमा आएको तीन सय करोड भारतीय रुपियाँमा बनेको चलचित्र ‘बडे मियाँ छोटे मियाँ’ ले सोचे जति कमाइ गर्न सकेन । अक्षय कुमार, टाइगर श्राफ अभिनीत यो चलचित्रले एक सय दुई करोड मात्र कमायो । त्यस्तै दुई सय करोडमा बनेको ‘मैदान’ ६५ करोडमा नै सीमित हुनु परेको बक्स अफिसले उल्लेख गरेको छ । वर्षको अन्तिममा आएको चलचित्र ‘बेबी जोन’ सोचे जस्तो कमाइ गर्न सकेन । १६० करोडमा बनेको यो चलचित्रले हप्ता दिनसम्म ३० करोडसम्म मात्र कमाइ गर्न सकेको थियो । दक्षिण भारतका सुपर स्टार सूर्या अभिनीत चलचित्र ‘कंगुवा’ लाई पानीसम्म माग्न धौ धौ पर्‍यो । चार सय करोड लगानीमा बनेको चलचित्रले ८० करोड मात्र कमाएको थियो । ‘इन्डियन २’, ‘मिस्टर बच्चन’, ‘डबल स्मार्ट’, ‘अपरेसन भ्यालेन्टाइन’, ‘द फेमिली स्टार’ जस्ता ठुला बजेटका दक्षिण भारतीय चलचित्रलाई दर्शकले खासै मन पराएनन् ।

२०२४ मा अभिनेता कमल हसनको चलचित्रले खासै राम्रो प्रभाव छाड्न सकेन । उहाँ अभिनीत चलचित्र ‘इन्डियन २’ ले दर्शकलाई निराश बनायो । २५० करोडमा बनेको चलचित्रले केवल १५१ करोड मात्रै कमाउन सकेको थियो । यस्तै अभिनेतृ तब्बु र अभिनेता अजय देवगन अभिनीत चलचित्र ‘औरो मे कहाँ दम था’ पनि २०२४ को असफल सूचीमा दर्ज हुन गएको छ । सय करोडको बजेटमा निर्माण भएको चलचित्रले केवल १५.७९ करोडको व्यापार गर्न सक्यो ।

यस वर्ष दर्शकले धेरै रुचाएको चलचित्र भनेको ‘स्त्री २’ र ‘पुष्पा २’ नै रह्यो । बलिउडमा मात्र नभएर विश्वभर चलचित्रले राम्रो व्यापार गर्न सफल भयो । ‘पुष्पा २’ ले भारतभर एक हजार एक सय करोड र विश्वव्यापी एक हजार सात सय करोड भारु कमाएको छ । यो चलचित्र अझै पनि चलचित्र हलमा चलिरहेको छ । यस्तै ६० करोडमा बनेको चलचित्र ‘स्त्री २’ ले विश्वव्यापी ८७४ करोड व्यापार गर्न सफल भएको छ ।  । ६२७ करोडमाथि व्यापार गर्दै चलचित्रले सबैभन्दा धेरै कमाउने हिन्दी चलचित्रको कीर्तिमानी कायम गरेको छ । यस्तै २०२४ मा धेरै कमाउने भारतीय चलचित्रमा ‘कल्की’ (तेलुगु) २२७ करोड रहेको छ । चलचित्रले भारतभर ६४० करोड र विश्वव्यापी रूपमा एक हजार एक सय करोड कमाइ गर्न सफल भयो भने दक्षिण भारतीय चलचित्रहरू ‘द ग्रेटेस्ट अफ अल टाइम’ ले २५२ करोड, ‘देवरा’ ले २४९ करोड, ‘अमरन’ २१६ करोड, ‘हनुमान’ २०१ करोड र ‘मन्जुम्मेल ब्वाइज’ १६७ करोड कमाइ गर्न सफल भए  ।

Previous Post

नयाँ वर्ष २०२५ : विश्व राजनीतिमा पुरानै अनिश्चितता र अस्थिरता

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In