• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नयाँ वर्ष २०२५ : विश्व राजनीतिमा पुरानै अनिश्चितता र अस्थिरता

by
१७ पुस २०८१,
0
नयाँ वर्ष २०२५ : विश्व राजनीतिमा पुरानै अनिश्चितता र अस्थिरता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बितेको पुरानो वर्षकै विरासत बोकेर अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२५ प्रवेश गरिसकेको छ । यद्यपि सम्बत् फेरिदा आगामी दिनको सटीक र ठीक ठीक भविष्यवाणी गर्नु शायद मूर्खता होला र त्यस्तो भविष्यवाणी असफल नै ठहरिएला पनि । तथापि के भन्न सकिन्छ भने विश्व अनिश्चितताको मूल श्रोत भने आर्थिक तथा भू–राजनीतिक नै हुने गरेको यथार्थ छ । यसपछि केही अरू कारकहरू पनि हुने या उत्पन्न हुने गर्दछन् । बर्तमानलाई सर्सरी हेर्दा अहिलेको चालु युक्रेन युद्धको अन्तहीन निरन्तरता र असर, प्यालेस्टिनमाथिको निरन्तरको हमला बितेको सालको आम नरसंहार तथा पश्चिम एसियाको व्यापक क्षेत्रमा यसको बिस्तार एवं विश्वका कयौँ देशहरूमा घोर दक्षिणपन्थी शक्तिहरूको उदयलाई लिन सकिन्छ । यसमा युरोपका जर्मनी लगायतका देशहरू पनि पर्दछन् ।

हुन त कुनै पनि क्यालेन्डर (पात्रो) वर्षको आरम्भ प्राय हामी सधैं नै नयाँ आशा र अपेक्षाकासाथ गर्ने गर्दछौँ । यो मानव अस्तित्वकै प्रकृति जस्तो भएर प्रकट हुने गर्दछ । आउँदो वर्षका चुनौती र कठिनाइहरू जतिसुकै कठिन किन नहुन् आशा अपेक्षाले जहिले पनि निराशालाई जितेर अघि बढेको झैँ नै लाग्दछ । भू–राजनीतिका अतिरिक्त आज विश्वमा आर्थिक अनिश्चितताको माहौल पनि व्याप्त छ जसलाई पछिल्लो समय आउँदो २० जनवरीका दिन पदासीन हुन लागेका अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बढी हावा दिइरहेका छन् भनिन्छ । उनले उच्च आयात शुल्क, सरकारी फण्डिङ्गमा कटौती,सबल आप्रवासी नीतिलाई बढुवा दिने र अधिकांश विश्व जलवायु सन्धिहरूबाट पछि हट्ने जस्ता कुरामा बढी जोड दिएका र प्रतिबद्धता जनाएका छन् ।उनको सरकार अधिक संरक्षणवादी हुने जस्तो देखिन्छ । यो ट्रम्प सरकारको लेनदेनमा अमेरिकाको विशुद्ध फायदाको दृष्टिकोणकासाथ अन्तर्राष्ट्रिय कूटनीतिमा संलग्न हुने सम्भावना बढी देखिन्छ । यसका अतिरिक्त ट्रम्प सरकारले मन्दीका बीच बढ्दो महँगीसँग पनि लड्नु पर्ने स्थिति छ ।

अर्कोतिर अमेरिकी सरकारको ऋण भार भने ३५ लाख करोड डलरको नयाँ अपूर्व उच्च शिखरमा पुगिसकेको छ । ऋणको पहाडलाई पुष्ट गर्ने तथा उच्च घाटा बोक्ने र ऋण लिने स्थितिका पछाडि अमेरिकी सरकारको एउटा अतृप्त भोक रहने गर्दै आएको औँल्याइन्छ । केवल त्यो ऋणको लागि मात्र झण्डै झण्डै एक लाख करोड डलर ब्याज दिनुपर्ने हुन्छ । यो ऋण लिने भोकले अमेरिकी डलरलाई सबल राखिराख्छ भन्ने एकथरी अर्थ विश्लेषकहरूको निष्कर्ष छ । यद्यपि यसबाट अन्य देशका कमजोर मुद्राहरू र मुद्राहरूको क्षमतामा गिरावट आउँदो छ । अनि कमजोर मुद्राहरू मुद्रास्फीतिलाई अझ खराब तुल्याउने कारण बन्दछन् ।

आफ्नो यस्तो आर्थिक संकट हुँदा हुँदै पनि अमेरिकी शेयर बजार ले २०२४ को काल क्रममा उच्चाई नै देख्यो । जसले गर्दा त्यहाँका १५० भन्दा बढी नयाँ मानिसहरू नयाँ अर्ब पति बने । अमेरिकाका १२ जना सबैभन्दा धनाढ्य मानिसहरू अब एकसाथ २–२ लाख करोड डलरको हैसियतका बन्न पुगेका छन् । यसरी अहिले विश्वसँग उच्च मुद्रास्फिति, उच्च बेरोजगारी,एउटा अनियन्त्रित परिसम्पत्ति बजार विकास(स्टक र रियल इस्टेट) तथा व्यापक सम्पत्ति तथा आय असमानताको एउटा ककटेल बनेको देखिन्छ। यस प्रकार के देखिएको छ भने जब पैसा कमाउने सामूहिक पागलपनाले जोड पक्रिन्छ त्यति बेला शेयर बजारमा अचानक तथा तीव्र सुधारको प्रवृत्ति हुन्छ । सन् २००८ मा भएको लेहमे ब्रदर्स दुर्घटनालाई धेरै कम मानिसले मात्र बुझेका थिए । चीन पनि आफ्नो बैंकिङ्ग तथा रियल इस्टेटमा तानतानीकासाथ मन्दी तथा ठुलो ऋणसँग समेत लडिरहेको छ । यस स्थितिमा चीन पनि अक्षय ऊर्जा, कृत्रिम बुद्धिमत्ता(एआई) र अन्तरिक्ष प्रविधि–प्रद्योगिकीद्वारा सञ्चालित नयाँ अर्थव्यवस्थामा सङ्क्रमण गर्ने अधिकतम कोसिस गरिरहेको छ । अनि पूर्वी एसियामा जापान अन्य क्षेत्रहरुकोभन्दा तुलनात्मकरुपमा राम्रो स्थितिमा देखिन्छ र त्यहाँ राम्रो र व्यापक आर्थिक विशेषताहरू प्नि रहेको बताइएको छ ।

यी सबै परिदृश्यका बीच बढ्दो असमानता आजको विश्वको एउटा जीवन्त चिन्ताको विषय हो । त्यसै स्थितिले गर्दा नै संयुक्त राष्ट्र संघले समेत यो असमानतामा कमी ल्याउन र उन्मूलन गर्न दिगो विकास(सस्टेनेबल डेभलपमेण्ट गोल)लक्षको नारा दिँदै आएको हो । यस्ता जनतालाई लोभ्याउने नारा दिने नेताहरूको उदय, कल्याणकारी योजनाहरूमा बढ्दो खर्च बढ्दो असमानताकै प्रतिक्रिया हो । यो आजको विश्वको नयाँ चुनौती वास्तवमा के छ भने कल्याणकारी खर्चको राजकोषीय बोझको प्रबन्धन के कसरी गर्ने हो ।

नेपालमा त यहाँको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हरेक क्षेत्रको चौतर्फीरुपमा बिग्रँदो र बिकृतिकरण गरिँदो लाजमर्दो र दयनीय स्थितिलाई हेर्दा नयाँ पनाको केही कतै कुनै अत्तोपत्तो हुने या आभाससम्म पनि पाइने गर्दैन । पुरानै बोझमाथि थप अर्को त्यस्तै बोझ थपिँदै जाने स्थितिको हामी निरन्तर भुक्तभोगी हुँदै आएका छौँ । हिजोको सामन्ती राणाशाही र राजाशाहीमा जस्तै आज पनि राजनीतिलाई जनता र राष्ट्रको हित विपरीत सङ्कीर्ण र छुद्र स्वार्थको उपकरण मात्र बनाउने गरेपछि त्यसले सही दिशा र गति लिन नसक्ने कुरा स्वतः सिद्ध छ ।

त्यसैले हामीकहाँ कुनै एउटा सरकार बन्ने बित्तिकै त्यो कहिले ढल्छ भन्ने हल्ला चलाइन मात्र थालिँदैन त्यस्तो अर्को गठ जोडका लागि आन्तरिक र बाह्य जोड लगाउन थालिन्छ । अस्थिरता, स्थायित्व र अलमल हाम्रो हिजोदेखि आजसम्मको राजनीतिका अभिन्न कुरा बनेका छन् । जनता र राष्ट्रलाई आधारभूतरुपमा नयाँ कुनै कुरा दिन नसकेपछि यस्तै अलमल र तिनको खलबलमै समय बित्छ । त्यसैले केवल सूर्य र चन्द्रको गतिका कारण बद्लिएको समयलाई नयाँ या पुरानो भनेर यथास्थितिलाई धान्ने गलत कुराबाट छुट्टी लिने स्थिति नबनेसम्म नव वर्षको कर्मकाण्ड हाम्रा लागि ‘श्राद्धमा बिरोलो बाँध्ने’ पुरानो कथा चरितार्थ भइरहने एउटा परम्परा मात्रमा सीमित भइरहन्छ । अहिलेसम्मको अनुभवले यो भन्दा अरू कनै सार्थक निष्कर्ष निस्कने आधार र अनुमति दिँदैन ।

Previous Post

भेडेटारमा बढ्यो पर्यटकीय चहलपहल

Next Post

दक्षिण भारतीय चलचित्रको दबदबा

सम्बन्धित खबर

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
आर्थिक

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

२५ बैशाख २०८३,
घरवासको आनन्द लिन रामकोट जाने कि !
आवाज

घरवासको आनन्द लिन रामकोट जाने कि !

२५ बैशाख २०८३,
हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो
समाचार

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

२५ बैशाख २०८३,
नेपाल ए ले आज अमेरिकाको सामना गर्दै
खेलमैदान

नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

२५ बैशाख २०८३,
दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
फिचर-ब्यानर

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

२५ बैशाख २०८३,
लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती
फिचर-ब्यानर

लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

२५ बैशाख २०८३,
Load More
Next Post
दक्षिण भारतीय चलचित्रको दबदबा

दक्षिण भारतीय चलचित्रको दबदबा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In