• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै

by
१६ पुस २०८१,
0
ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ गर्नेछन्।

सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा दर्ता हुने लगभग निश्चित छ। जलवायु–प्रेरित विपत्तिहरूले युरोपको मैदानदेखि काठमाडौं उपत्यकासम्म तहसनहस पारेको छ।

मङ्गलबार दिउँसो अस्ट्रेलियाको मनमोहक सिड्नी हार्बरमा नयाँ वर्षको पूर्वसन्ध्याको समारोह सुरु हुँदा धेरै दर्शकहरू बितेको १२ महिनालाई पछाडि छोड्न पाउँदा राहत महसुस गरिरहेका थिए।

‘स्पष्ट रूपमा विभिन्न ठाउँमा धेरै युद्ध र अशान्ति चलिरहेको छ’, ३२ वर्षीय बीमा कर्मचारी स्टुअर्ट एडवड्र्सले सिड्नीको जलक्षेत्रमा भीड बढ्दै गर्दा भने, ‘यदि यी सबै कुराहरू आफैँ समाधान हुन्थे र मिल्थे भने संसारका लागि राम्रो हुन्थ्यो।’

‘विश्वको नयाँ वर्षको राजधानी’ भनिने यस शहरले मध्यरातमा आफ्नो प्रख्यात अपेरा हाउस र हार्बर ब्रिजबाट नौ टन आतसबाजी छोड्नेछ। आतसबाजी हेर्न शहरको किनारमा दश लाखभन्दा बढी दर्शक जम्मा हुने अपेक्षा गरिएको छ।

‘सबै सुन्दर रङहरू देखेर र अद्भुत अस्ट्रेलियामा यति धेरै मानिससँग यो परिस्थितिमा रहन पाउँदा आनन्द लिँदैछु’, ७१ वर्षीय सेवानिवृत्त नर्स रुथ रोसेले भने।

टेलर स्विफ्टले यस वर्ष आफ्नो इरास भ्रमण समाप्त गरिन्, पिग्मी हिप्पो मो देङ भाइरल भयो र १६ वर्षीया फुटबल प्रतिभा लामिन यमलले स्पेनलाई युरो जित्न मद्दत गरे।

पेरिस ओलम्पिकले जुलाई र अगस्टमा केही हप्ताका लागि विश्वलाई एकजुट गर्‍यो। खेलाडीहरूले सेन नदीमा पौडी खेले, आइफेल टावरको छायाँमा दौडे र भर्साइल दरबार बाहिरको सजाइएको लनमा घोडा चढे।

चुनावी उथलपुथल

यो चुनावको विश्वव्यापी वर्ष थियो। निर्वाचनमा ६० भन्दा बढी देशमा करोडौँ मानिसले मतदान गरे। भ्लादिमिर पुटिन व्यापक रूपमा नक्कली मानिएको रूसी मतदानमा विजयी भए भने बङ्गलादेशमा विद्यार्थी विद्रोहले सत्तारूढ प्रधानमन्त्रीलाई हटायो।

तथापि डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा फर्काउने नोभेम्बर ५ को प्रतिस्पर्धा जत्तिको कुनै पनि मतदान नजिकबाट हेरिएको थिएन।

मेक्सिकोदेखि मध्यपूर्वसम्म कमान्डर–इन–चिफका रूपमा ट्रम्पको पुनरागमनले पहिले नै तरङ्ग सिर्जना गरेको छ। नवनिर्वाचित राष्ट्रपति ट्रम्पले चीनलाई आर्थिक पीडा दिने धम्की दिएका छन् भने ‘२४ घन्टा’ भित्र युक्रेन युद्ध रोक्ने आफ्नो क्षमताको घमण्ड गरेका छन्।

आशा र त्रास

बशर अल–असद सिरियाबाट भागेपछि, इजरायल दक्षिणी लेबनानमा प्रवेश गरेपछि र हिजबुल्लालाई लक्षित गर्ने हत्याको लहरमा परिमार्जित इलेक्ट्रोनिक्स विस्फोट भएपछि मध्यपूर्वभर उथलपुथल फैलियो।

खाना, आश्रय र औषधिको घट्दो भण्डारले मानवीय सङ्कटलाई अझ अन्धकारमय बनाएको गाजाको निरन्तर युद्धबाट नागरिकहरू थकित भए।

‘सन् २०२४ सबैभन्दा कठिन वर्ष थियो’, विस्थापित बासिन्दाहरूको ठूलो संख्या अहिले भीडभाड भएका पालहरूमा बस्न बाध्य देइर अल–बलाहबाट वफा हज्जाजले भने, ‘मैले वर्षको सुरुदेखि नै मेरा बुबा र नजिकका साथीहरूसहित धेरै प्रियजनहरू गुमाएँ, सुरक्षा र शान्ति फर्कियोस् र युद्ध अन्ततः अन्त्य होस्।’

लामो समयदेखिका शासक असदलाई इस्लामवादी विद्रोहीहरूले अपदस्थ गरेपछि सिरियामा नयाँ वर्ष नजिकिँदै गर्दा आशा र त्रास थियो।  ‘सुरक्षा अवस्थाका कारण हामी यस वर्ष बाहिर जान हिचकिचाएका थियौँ, तर हामीले आफ्नो डरलाई जित्ने र आफ्नो बानी परिवर्तन नगर्ने निर्णय गर्यौँ’, ३४ वर्षीया वकिल माराम अयुबले राजधानी दमास्कसबाट भने।

फेब्रुअरीमा युक्रेनमाथि रूसको आक्रमणले आफ्नो दुःखद तीन वर्ष पूरा गर्दैछ। पूर्वी क्षेत्रमा कमजोर हतियार भएको युक्रेनले अब महत्त्वपूर्ण सैन्य सहयोग घटाउन दृढ देखिएको ट्रम्प प्रशासनको सामना गर्नुपर्ने छ।

किएभको सडकमा शिक्षक कातेरिना चेमेरिजले ‘युक्रेनका लागि अन्ततः शान्ति प्राप्त होस्’ र ‘मानिसहरू मर्न नपरोस्’ भन्ने चाहना राखे।

पुनरागमन, फुटबल, उत्सव 

एआईको प्रगति र उच्च मुद्रास्फीति घट्ने अनुमान गरिएको सन् २०२५ मा अझै धेरै आशाजनक कुराहरू छन्।

ब्रिटपप ब्याड ब्वाइज ओएसिसले लामो प्रतीक्षित पुनर्मिलन गर्नेछ भने के–पप मेगास्टार बिटिएस दक्षिण कोरियामा सैन्य सेवापछि स्टेजमा फर्कनेछ। फुटबल प्रेमीहरूले संयुक्त राज्य अमेरिकामा आयोजना हुने नयाँ ढाँचाको ३२ टिम सहभागी क्लब विश्वकप हेर्न पाउनेछन्।

भारतको पवित्र नदी किनारमा हुने भव्य कुम्भ मेला उत्सवमा ४० करोड तीर्थयात्रीको अपेक्षा गरिएको छ। यसलाई पृथ्वीमा मानवताको सबैभन्दा ठूलो जमघट भनिएको छ।

बेलायतको मौसम सेवाले सन् २०२५ का लागि पहिले नै विश्वव्यापी उच्च तापक्रमको पूर्वानुमान गरेको छ। सेवाले अहिलेसम्मकै सबैभन्दा तातो वर्षहरूमध्ये एक हुने सम्भावना रहेको बताएको छ।

तर विद्युतीय सवारी साधनको बिक्री बढ्दै जाँदा र नवीकरणीय ऊर्जाको वृद्धिसँगै जलवायु परिवर्तनमा हिमनदीको प्रगतिले अन्ततः गति लिनसक्ने आशाको किरण देखिएको छ।

Previous Post

महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

Next Post

चिनियाँ ह्याकरले चोरे अमेरिकन डकुमेन्ट

सम्बन्धित खबर

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
अन्तर्राष्ट्रिय

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

१२ असार २०८३,
Load More
Next Post
एफवान सफ्टको खाताबाट ह्याकरले चोरे तीन करोड ४२ लाख

चिनियाँ ह्याकरले चोरे अमेरिकन डकुमेन्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In