• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चिसोले फोहरमैला व्यवस्थापन गर्न कठिन

by
१४ पुस २०८१,
0
चिसोले फोहरमैला व्यवस्थापन गर्न कठिन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनाङ । हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै गएको छ । चिसोका कारण यहाँको फोहरमैला व्यवस्थापन गर्न कठिन भएको छ । सदरमुकामस्थित चामे गाउँपालिकाले अध्यधिक चिसोका कारण दैनिक रूपमा उठाउँदै आएको फोहरमैला उठाउन नसक्ने जनाएको छ ।

अध्यधिक चिसो र हिमपात हुँदा जाडो छल्न जिल्लामा स्थानीय नबस्ने हुँदा फोहर सङ्कलन नगरिने सूचना जारी गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले जानकारी दिए । उनका अनुसार चिसोका कारण यहाँका स्थानीय जाडो छल्न बेँसी झर्ने क्रम बढेसँगै फोहोरमैला कम निस्कने भएकाले सङ्कलन रोकिएको हो ।

‘अर्को सूचना जारी नहुँदासम्म फोहोरमैला उठाउने कार्य स्थगन गरिएको छ’, उनले भने, ‘साथै सो अवधिमा घरबाट निस्किएका फोहरमैला खोला, सडक र सार्वजनिक स्थानमा जथाभावी नफाली उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।’ अत्यधिक चिसो भएपछि माथिल्लो भेगका प्रहरी चौकी र बैंकले सदरमुकाम केन्द्रित भइ सेवा प्रवाह गर्दै आएका प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले बताए । उनका अनुसार नार्पाभूमिको दुईवटा प्रहरी चौकी र बैंक सेवा प्रवाहका लागि सदरमुकाम सारिएको छ भने माथिल्लो मनाङ गाउँको प्रहरी चौकी मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा सारेर सेवा प्रवाह भइरहेको छ ।

चिसोका कारण माथिल्लो भेगका अधिकांश स्थानीय जिल्ला बाहिर गइसकेका छन् भने तल्लो भेगका चामेलगायतका स्थानीय बाहिर जाने क्रममा रहेका प्रजिअ आचार्यले बताए । यसरी स्थानीय बाहिरिएको अवस्थामा फोहरमैला कम निस्कने भएकाले सङ्कलन र व्यवस्थापनका काम रोकिएको उनले बताए । स्थानीय बेँसी झरे पनि सुरक्षा निकाय, स्वास्थ्य तथा विषयगत कार्यालयका कर्मचारीले सेवा प्रवाह गर्दै आएका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए । उनले भने, ‘स्थानीयको यहाँ बसोबास नभएको बेलामा सुरक्षा दिने हाम्रो जिम्मेवारी हो । त्यसैले यस अवधिमा अपनाउनुपर्ने सुरक्षाका लागि नै खटिएका छौँ ।’

अध्यधिक चिसोका कारण खोला, नदी तथा धारामा पानी जमेको छ । चिसोले पिउने पानीकै समस्या छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार अधिकांश स्थानीय बेँसी झरिसकेका पनि यहाँ रहेका स्थानीयलाई सुरक्षित रहन अनुरोध गरिएको छ । जिल्ला अस्पतालका प्रमुख डा. दिवाकर कोइरालाका अनुसार जाडो याममा स्थानीयलाई सेवा प्रवाहमा सहज बनाउने प्रयासमा जुटिरहेको बताए । स्थानीयवासी मंसिरदेखि फागुनसम्म अन्यत्र बसाइँ सर्ने गरेका छन् । यस अवधिमा चिसोका कारण यहाँ विकास निर्माणको काम ठप्प रहन्छ ।

Previous Post

वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा

Next Post

व्यावसायिक प्याज खेतीमा जुट्दै कावासोती–१५ गोडारका किसान

सम्बन्धित खबर

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
Load More
Next Post
व्यावसायिक प्याज खेतीमा जुट्दै कावासोती–१५ गोडारका किसान

व्यावसायिक प्याज खेतीमा जुट्दै कावासोती–१५ गोडारका किसान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In