नयाँ दिल्ली– भारतको अर्थ समितिले ठूला आईटी कम्पनीको नियमन गर्न डिजिटल कानून ल्याई नियन्त्रण गर्न सिफारिस गरेको छ । यी कानूनले आइटी कम्पनीको वर्गीकरण राजस्व, बजार पूंजीकरण, र सक्रिय प्रयोगकर्ताहरूको संख्यामा आधारित हुने बताइएको छ ।
गुगल, फेसबुक, अमेजनको बजार विश्वभर रहेको छ । भारतको लोकसभामा पेश गरिएको प्रतिवेदनमा डिजिटल इकोसिस्टममा प्रतिस्पर्धात्मक आचरणलाई नकारात्मक प्रभाव पार्न सक्ने कम्पनीको पहिचान गर्नु पर्ने उल्लेख छ ।
यस वर्षको सुरुमा, भारतीय प्रतिस्पर्धा आयोग ९ऋऋक्ष्० ले गुगललाई दुई छुट्टाछुट्टै मुद्दाहरूमा ९३६.४४ करोड भारतीय रुपैयाँ र १३३७.७६ करोड भारतीय रुपैयाँ जरिवाना गरेको थियो। समितिको प्रतिवेदनमा गुगल, एमेजोन, एप्पल, मेटा, नेटफ्लिक्स जस्ता ठूला कम्पनीका भारतीय प्रतिनिधिसँग छलफल गरिएको बताइएको छ ।
भारतको सर्वोच्च अदालतले भर्खरै व्हाट्सएपको गोपनीयता नीतिमा सीसीआईलाई छानबिनलाईको लागि ढोका खोलिदिएको छ । उक्त अनुसन्धान फेसबुकले विज्ञापनको लागि प्रयोगकर्ताको डाटा वितरण गरेको आरोपमा छ ।












