• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राज्य सत्तामा पुरानै शक्तिको हालिमुहाली, नयाँ दल ‘ह्वीम’ मै सिमिति !

by
२३ मंसिर २०८१,
0
राज्य सत्तामा पुरानै शक्तिको हालिमुहाली, नयाँ दल ‘ह्वीम’ मै सिमिति !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उपनिर्वाचन २०८१ को मतपरिणामले पनि ठूला दलको वर्चस्व देखाएको छ । सातै प्रदेशका विभिन्न पालिकामा भएका निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले एकअर्काका पद अदलबदल गरे पनि मतपरिणामले राजनीतिक रूपमा कुनै उथलपुथलको संकेत गरेको छैन । दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद यसअघि नै निर्विरोध भएको थियो ।

समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा नेकपा समाजवादी एकीकृत, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी र स्वतन्त्र १—१ पदमा विजयी भएका छन् । यस परिणामले पनि जनताले अझै पनि ठूला दललाई नै विश्वास गर्ने यो ज्वलन्त उदाहरण हो ।

कीर्तिपुर नगरपालिका उपनिर्वाचनको परिणामले नेपाली राजनीतिक परिदृश्यमा पुरानै दलहरूको प्रभुत्व कायम रहेको देखाएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), र माओवादी केन्द्रले पुनः ठूला दलका रूपमा आफ्नो पकड प्रदर्शन गरे भने, स्वतन्त्र उम्मेदवार र नयाँ शक्ति भनिने दलहरूको प्रभाव सीमित रह्यो । यो परिणामले नयाँ दल र स्वतन्त्र उम्मेदवारको उदयले पुराना संरचनालाई चुनौति दिए पनि, तिनले निर्णायक भूमिका खेल्न नसकेको पुष्टि गर्दछ ।

निर्वाचन आयोगका तथ्यांकअनुसार नेपाली कांग्रेसले कीर्तिपुरको नगर प्रमुखसहित १९ स्थानमा आफ्नो पकडमा पारेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ११, नेकपा एमाले ८, जसपा २ तथा नेकपा समाजवादी एकीकृत, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी र स्वतन्त्र १—१ पदमा विजयी भएका छन् । यसबाट पुराना शक्तिहरूको स्थायित्व देखिन्छ । दशकौंको राजनीतिक इतिहास र जरा गाढा बनाइसकेका यी दलहरूले परम्परागत जनाधारलाई कायम राख्न सफल भएका छन् ।

सामाजिक सञ्जालमा तीव्र आलोचना र असन्तोष देखिए पनि, जनताले मतदानको बेला परम्परागत दलहरूप्रतिको विश्वासलाई कायम राखेका छन्् । नयाँ शक्ति भनिने राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहमा पहिलो पटक एउटा वडामा उपस्थिति देखाएको छ । यद्यपि, यो विजय प्रतीकात्मक मात्र हो ।

स्वतन्त्र उम्मेदवारहरूको संख्या १०२ भए पनि, उनीहरूमध्ये केवल एक जना मात्र वडाध्यक्ष बन्न सफल भए । यो परिणामले नयाँ शक्तिहरूको प्रभावकारीता र संगठनात्मक क्षमतामा अझै सुधारको आवश्यकता औंल्याउँछ । “ह्वीम“ को रूपमा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने प्रयास भए पनि, नयाँ शक्तिहरूले पुराना संरचनाहरूलाई तोड्न र राजनीतिक तहमा स्थायित्व कायम गर्न पर्याप्त भूमिका खेल्न सकेका छैनन् ।

त्यसो त सामाजिक सञ्जालमा पुराना दलहरूप्रति गुनासो र आलोचना व्यापक देखिन्छ । भ्रष्टाचार, गैरजिम्मेवारी, र कार्यक्षमताको अभावजस्ता मुद्दाहरूले जनता निराश छन् । तर, यी गुनासाहरू मतदानमा ठोस परिणामका रूपमा प्रतिबिम्बित हुन सकेनन् । पुराना दलहरूसँग जनताको सम्बन्ध केवल भावनात्मक होइन, व्यावहारिक आधारमा पनि बलियो छ ।

यी दलहरूले चुनावी तयारी, संगठनात्मक संरचना, र जनतासँगको स्थायित्वपूर्ण सम्बन्धलाई नयाँ शक्तिहरूको तुलनामा राम्रोसँग प्रबन्ध गर्न सक्षम छन् । कीर्तिपुर उपनिर्वाचनको परिणामले स्थानीय तहमा राजनीतिक सन्तुलनको संकेत दिएको छ । कांग्रेस, माओवादी केन्द्र, र एमालेजस्ता पुराना शक्तिहरूले आ–आफ्नो पकड कायम राखे पनि, कांग्रेस र एमालेले क्रमशः तीन–तीन वडा गुमाएका छन् । माओवादी केन्द्र र जसपाले भने आफ्नो उपस्थिति केही हदसम्म सुधार गरेका छन् ।

यो परिणाम पुराना शक्तिहरूको आधार बलियो रहेको देखाउँछ, तर समयसँगै सानो भए पनि शक्ति सन्तुलनमा परिवर्तन आउँदैछ । जसपाले दुई वटा वडामा जित दर्ता गरी आफ्नो उपस्थिति थप बलियो बनाएको छ भने अन्य साना दलहरू, जस्तै एकीकृत समाजवादी र नेमकिपा, स्थानीय तहमा प्रतिकात्मक उपस्थिति कायम गर्न सफल भएका छन् । “नयाँ शक्ति“ भन्ने नाराले प्रारम्भमा ठूलो आकर्षण प्राप्त गरेको थियो । विशेष गरी, राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता दलहरूले भ्रष्टाचारमुक्त र नयाँ राजनीति गर्ने वाचा गरेका थिए । तर, यस पटक पनि नयाँ शक्तिहरू पुरानै सत्ताको छायाबाट बाहिर निस्कन सकेनन् ।

जनताले ठूला र पुराना दलहरूमाथि गुनासो गरे पनि, जब स्थायित्व, विकास, र व्यवस्थापनको कुरा आउँछ, पुरानै संरचनाहरूले विश्वसनीयताको स्थान ओगटिरहेका छन् । नयाँ शक्तिहरूले चुनाव जित्न ठोस रणनीति, नीति निर्माणको क्षमता, र दीर्घकालीन दृष्टिकोण देखाउन आवश्यक छ । यो उपनिर्वाचनले नयाँ शक्तिहरूलाई अझै लामो यात्रा गर्नुपर्ने आवश्यकता औंल्याएको छ । संगठनात्मक संरचना, जनताको विश्वास जित्ने नीति, र स्थानीय स्तरका मुद्दामा प्रत्यक्ष समाधानका उपायबिना नयाँ शक्तिहरू पुरानै शक्तिको वर्चस्वलाई तोड्न असमर्थ रहनेछन् ।

अन्ततः, उपनिर्वाचनको नतिजाले पुराना शक्तिहरूको बलियो पकड र नयाँ शक्तिहरूको संघर्षलाई स्पष्ट रुपमा उजागर गरेको छ । “नयाँ शक्ति“ को नारा उत्साहजनक भए पनि, व्यवहारिकतामा यो पुराना संरचनाभित्र नै सीमित रहन पुगेको देखिन्छ। यो वास्तविकता नयाँ दल र स्वतन्त्र उम्मेदवारका लागि गम्भीर आत्ममूल्यांकनको समय हो ।

Previous Post

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

Next Post

जाडोमा कागती र ल्वाङको पानी स्वास्थ्यका लागि रामबाण उपाय

सम्बन्धित खबर

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
समाचार

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

२४ बैशाख २०८३,
Load More
Next Post
जाडोमा कागती र ल्वाङको पानी स्वास्थ्यका लागि रामबाण उपाय

जाडोमा कागती र ल्वाङको पानी स्वास्थ्यका लागि रामबाण उपाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In