• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, २५ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    पूर्वीनाकाबाट आजदेखि मेची भन्सारको सेवा सुरु

    काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

    गुञ्जिन थाले तिहारका गीत

    देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

    जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

    जलवायु सङ्कट विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा विकसित !

    जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

    जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

    पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

    पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

    सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

    सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

धान नफलेपछि माडीका किसान चिन्तित

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१६ कात्तिक २०८३,
0
धान नफलेपछि माडीका किसान चिन्तित
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

नारायणगढ (चितवन), १६ कात्तिकः माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आउनुभएको थियो । यसवर्ष भने नयाँ जातको धान लगाउँदा उहाँको खेतमा धानको बाला नै राम्रोसँग लागेन । खाँदा मिठो र मसिनो चामल दिने नयाँ जातको धान हुने हल्ला सुनेपछि उहाँले बीउ किनेर खेतमा रोप्नुभएको थियो ।

रोपाइँपछि धानमा क्रमशः रोग देखिन थालेपछि उहाँले रोग नियन्त्रणका लागि पटकपटक विषादी प्रयोग गर्नुभयो । तर, धान काट्ने बेला हुँदा खेतमा धानका बोट र खोक्रा बाला मात्रै देखिए । वर्षभरि खान पुग्ने धान उत्पादन हुने अपेक्षामा खेती गर्नुभएका उहाँ अहिले उत्पादन नहुँदा चिन्तित हुनुहुन्छ । “अहिले नयाँ जातको धान लगाउने भनेर लगाएको, नफलेर बर्बाद भइयो । धान काट्दा टटला मात्रै भए, दाना केही भएन”, भण्डारीले भन्नुभयो ।

उहाँले समस्या बीउमै भएको दाबी गर्नुभयो । आफूले लगाएको धानसँगै आसपासका खेतमा सोही जातको धान लगाएका किसानले पनि उस्तै समस्या भोग्नुपरेको उहाँको भनाइ छ । रोपेपछि धानको बोट मर्ने, बाँकी रहेका बोटमा बाला सेतो हुने र दाना नलाग्ने समस्या देखिएको उहाँले बताउनुभयो ।
बीउ बीउ
परम्परागत रूपमा लगाउँदै आएको सावित्री र गोरखनाथलगायतका धानमा यसअघि यस्तो समस्या नदेखिएको भन्दै भण्डारीले दुःख व्यक्त गर्नुभयो । नयाँ जातको धान लगाउने निर्णयले यस वर्षको खेती नै खेर गएको उहाँको भनाइ छ । उहाँले कृषि कार्यालय र बीउ बिक्रेतासँग समस्याबारे जानकारी गराइसक्नुभएको छ ।

माडी नगरपालिका–६, कल्याणपुरकी सावित्री चापागाईंको पीडा पनि उस्तै छ । विदेशमा रहेका श्रीमान्लाई स्वदेशमै फर्केर आफ्नै माटोमा केही गर्न सकियोस् भन्ने उद्देश्यले उहाँले यसवर्ष आफ्नै खेतमा धानखेती गर्नुभएको थियो । पहिले अरूलाई ठेक्कामा दिने गरेको जग्गामा आफैँ खेती गर्दा परिवारका लागि अन्न जुटाउने र आम्दानी गर्ने उहाँको अपेक्षा थियो । तर, धानको अवस्थाले उहाँलाई निराश बनाएको छ । “धान रोपेपछि रातो भयो । पछि बोट मरेर बाला नै नलाग्ने र पोटा मात्रै आयो । हामी त बर्बाद भइयो । यस्तो समस्या त आजसम्म भएको थिएन । न धान भयो, न पराल” , चापागाईंले भन्नुभयो ।

करिब १६ कठ्ठा क्षेत्रफलमा लगाएको धानबाट दुई–चार बोरामात्रै उत्पादन भएको र त्यो पनि खानयोग्य अवस्थामा नरहेको उहाँले बताउनुभयो । सामान्य अवस्थामा उक्त खेतबाट राम्रो उत्पादन हुने अपेक्षा गरे पनि यस वर्ष लगानी र मेहनत खेर गएको उहाँको भनाइ छ । नयाँ जातको धान लगाउने भनेर आसपासका धेरै किसानले बीउ किनेको र उनीहरूको खेतमा पनि उस्तै समस्या देखिएको चापागाईंले बताउनुभयो । नयाँ बीउ पर्याप्त नभएका ठाउँमा लगाइएको केही धानमा भने सामान्य उत्पादन भएको देखिएकाले बीउकै गुणस्तरमा समस्या भएको हुन सक्ने उहाँको आशङ्का छ । यस घटनाले उहाँलाई नयाँ बीउ छनोट गर्दा थप सचेत हुनुपर्ने पाठ सिकाएको छ । अबदेखि बीउ कम्पनीको प्रचार वा एग्रोभेटको सल्लाहमा मात्रै भर नपरी कृषि प्राविधिक र कृषि कार्यालयको सल्लाह लिएर खेती गर्ने उहाँले बताउनुभयो ।

गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपेदेखि नै विभिन्न रोग देखिनु, पाक्ने बेलासम्म बाला नलाग्नु र थन्क्याउने समयमा खोक्रा बाला (टटला) मात्रै भेटिएपछि चितवनको माडीका गोविन्द, सावित्रीलगायतका थुप्रै किसान चिन्तित बनेका छन् । नयाँ जातको धान लगाउँदा उत्पादनमा ठूलो गिरावट आएपछि वर्षभरि खाने अन्न जुटाउनसमेत समस्या हुने चिन्ता थपिएको छ । धानखेतीमा भएको क्षति र समस्याको समाधान खोज्दै किसान अहिले दिनहुँजसो नगरपालिकाको कृषि शाखा धाउन बाध्य छन् ।

माडी नगरपालिका–७, ६ र ५ लगायतका क्षेत्रमा स्थानीय एग्रोभेटबाट बीउ किनेर लगाइएको ‘बायोसीड ३०१’ जातको धानमा समस्या देखिएको हो । धानमा विभिन्न रोग देखिनुका साथै बाला नलाग्ने, बाला लागे पनि सानो हुने र दाना नलागी खोक्रा (टाटला) मात्रै रहने समस्या देखिएपछि किसानले अपेक्षित उत्पादन त परै जाओस्, न्यूनतम उत्पादन र परालसमेत लिन सकेका छैनन् । माडी नगरपालिका कृषि शाखाका अनुसार उक्त जातको धानमा वनस्पतिक अवस्थामा मरुवा (ब्लास्ट) र खैरो थोप्ले रोग देखिएको थियो । रोग नियन्त्रणका लागि कृषि शाखा तथा स्थानीय एग्रोभेटको सल्लाहमा विषादी प्रयोग गरे पनि समस्या नियन्त्रण हुन सकेन । पछि धान पसाउने र बाला लाग्ने समयमा समेत बाला नलाग्ने तथा दाना नलाग्ने समस्या देखिएको हो ।

कृषि शाखा प्रमुख सुरेश सिँखडाका अनुसार किसानको गुनासोपछि गरिएको स्थलगत अनुगमनमा उक्त जातको धानमा बाला नलागेको तथा बाला लागेका खेतमा पनि घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइटजस्ता रोग व्यापक मात्रामा देखिएको थियो । उहाँले भन्नुभयो, “माडी नगरपालिका कृषि शाखामा धानमा समस्या आएको गुनासो प्राप्त भएपछि कृषकको धानबारीमा स्थलगत अनुगमन गर्दा सो जातको धानमा बाला नलागेको तथा बाला लागेको बारीमा पनि घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइटजस्ता रोग व्यापक मात्रामा देखिएको थियो । पछि धान पाक्ने बेलामा दाना नलाग्ने समस्या देखियो । किसान अहिले चिन्तित हुनुहुन्छ । नगरपालिकामा आएर समस्या समाधान गरिदिन आग्रह गर्दै किसानहरू आउनुभएको छ ।”

स्थानीय एग्रोभेटसँग बुझ्दा माडी क्षेत्रमा उक्त जातको करिब तीन हजार केजी बीउ बिक्री वितरण भएको र करिब एक सय हेक्टर क्षेत्रफलमा खेती गरिएको पाइएको कृषि शाखाले जनाएको छ । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको पञ्जीकरण विवरणअनुसार उक्त धान १२९ दिनमा पाक्ने उल्लेख छ । तर, असार १५ देखि मसान्तसम्म रोपिएको धानमा असोज मसान्तसम्म पनि धेरै किसानको खेतमा बाला ननिस्किएपछि बीउको गुणस्तरमाथि प्रश्न उठेको हो । उक्त जातको धान लगाएका अधिकांश किसानको खेतमा समान प्रकृतिको समस्या देखिएकाले बीउमै कैफियत हुन सक्ने आशङ्का गरिएको सिँखडाले बताउनुभयो ।

समस्याबारे कृषि शाखाले कृषि विकास कार्यालय, भरतपुर र प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई जानकारी गराएको छ । प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत भएको छ । अहिले कृषि शाखाले किसानबाट क्षतिको विवरण सङ्कलन गरिरहेको छ भने बीउ कम्पनीका प्रतिनिधिलाई बोलाएर क्षतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको सिँखडाले बताउनुभयो ।

अनुसन्धानपछि क्षतिको यकिन गरिने

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माडीका केही क्षेत्रमा नयाँ जातको धानमा समस्या देखिएको जानकारी प्राप्त भएको बताउनुभयो । किसानको गुनासो र स्थानीय कृषि शाखाबाट प्राप्त जानकारीका आधारमा समस्याको अनुसन्धान गरी बीउ कम्पनीबारे बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो ।

बीउ बिक्री गर्ने एग्रोभेटले कहाँबाट बीउ ल्याएको हो भन्ने विवरण सङ्कलन गरी आवश्यक प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ । किसानले बीउ खरिद गर्दा त्यसको स्रोत, गुणस्तर र उपयुक्तताबारे ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले एग्रोभेटको सल्लाहमा मात्रै भर नपरी कृषि प्राविधिक तथा सम्बन्धित कृषि कार्यालयसँग परामर्श गरेर खेती गर्न सुझाव दिनुभयो । धानमा देखिएको समस्या रोगका कारण मात्रै हो वा बीउको गुणस्तरमा समेत कैफियत छ भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुने उहाँले बताउनुभयो । प्रभावित किसानले ब्यहोरेको क्षतिको विवरण सङ्कलन र बीउको गुणस्तर परीक्षणबाट मात्रै समस्याको वास्तविक कारण तथा क्षतिको परिमाण यकिन हुनेछ ।

अघिल्लो समाचार

आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन

अर्को समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

पूर्वीनाकाबाट आजदेखि मेची भन्सारको सेवा सुरु
आर्थिक

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

२४ कात्तिक २०८३,
गुञ्जिन थाले तिहारका गीत
आवाज

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

२४ कात्तिक २०८३,
जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती
अन्तर्राष्ट्रिय

जलवायु सङ्कट विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा विकसित !

२४ कात्तिक २०८३,
जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड
अन्तर्राष्ट्रिय

जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

२४ कात्तिक २०८३,
पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड
अन्तर्राष्ट्रिय

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

२४ कात्तिक २०८३,
सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता
अन्तर्राष्ट्रिय

सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

२४ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

पूर्वीनाकाबाट आजदेखि मेची भन्सारको सेवा सुरु

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

२४ कात्तिक २०८३,
गुञ्जिन थाले तिहारका गीत

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

२४ कात्तिक २०८३,
जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

जलवायु सङ्कट विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा विकसित !

२४ कात्तिक २०८३,
जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

२४ कात्तिक २०८३,
पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

२४ कात्तिक २०८३,
सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

२४ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन