• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

    युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टीभी च्यानलहरूका लागि ठूलो खतरा बन्दै युट्यूब

by
१८ मंसिर २०८१,
0
टीभी च्यानलहरूका लागि ठूलो खतरा बन्दै युट्यूब
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : संसारभर युट्यूबको लोकप्रियता बढ्दै गएको छ। पहिलोपटक अमेरिकामा मानिसहरूले टीभी वा सिनेमा हेर्नभन्दा यूट्यूबमा धेरै समय बिताए।

युट्यूबले डिज्नी, प्यारामाउन्ट, फक्स च्यानल, नेटफ्लिक्स र अमेजन जस्ता ओटीटी प्लाटफर्मलाई पनि पछाडि छाडिदियो। तर केही महिनामा युट्यूब फेरि दोस्रो स्थानमा झर्‍यो। सर्वेक्षणअनुसार बेलायतमा १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत मानिस टेलिभिजनमा कार्यक्रमको सट्टा युट्यूब हेर्न रुचाउँछन्।

विश्वभर मासिक करिब तीन अर्ब मान्छेले युट्यूब हेर्छन्। तीमध्ये अधिकांश २५ देखि ३५ वर्षबीचको उमेरका छन् र उनीहरू टीभीको मुख्य दर्शकभन्दा कम उमेरका छन्। युट्यूब एप्स, भिडियो गेम कन्सोल र स्मार्ट टीभीमा उपलब्ध छ।

‘युट्यूबमा मान्छेले विभिन्न खालका सामग्री भेटाउँछन्। यो अहिले सबैभन्दा लोकप्रिय अनलाइन प्लाटफर्म र विज्ञापन कम्पनीहरूका लागि उपभोक्तासम्म पुग्ने सबैभन्दा ठूलो माध्यम भएको छ, ‘युट्यूबको क्रिप्टोकरेन्सी राइज टु वर्ल्ड डोमिनेशन’ पुस्तकका लेखक मार्क बर्गन भन्छन्‚ ‘यो भिडियोहरूको सबैभन्दा ठूलो क्याटलग बनेको छ। मानिसले युट्यूबमा धेरै कुरा खोज्न र हेर्न सक्छन्।’

युट्यूबको सुरुवात

अनलाइन भिडियो शेयरिङ प्लाटफर्म युट्यूबको सुरुवात सन् २००५ मा भएको थियो र यसमा अपलोड गरिएको पहिलो भिडियो मात्र १९ सेकेन्डको थियो, जुन यसका सहसंस्थापकले क्यालिफोर्नियाको सान डिएगोमा रहेको प्राणी संग्रहालयभित्र घुम्दै गर्दा रेकर्ड गरेका थिए। त्यसको एक वर्षपछि गुगलले १.६५ बिलियन डलरमा युट्यूब किन्यो। सबैभन्दा धेरै भारतमा करिब ४० करोड मानिसले युट्यूब हेर्छन् र युट्यूब एक सयभन्दा बढी देशमा उपलब्ध छ।

मार्क बर्गनका अनुसार ब्राजिल, इन्डोनेसियालगायत धेरै नयाँ उदीयमान बजारमा टीभी च्यानललाई प्रतिस्थापन गरेको युट्यूब त्यहाँ मनोरञ्जन र समाचारको मुख्य स्रोत बनिसकेको छ। पहिले मनोरञ्जन उद्योग र विज्ञापन कम्पनीले युट्यूबलाई गम्भीरतापूर्वक लिएनन्।

विस्तारै हलिउड, टीभी उद्योग, नेटफ्लिक्स र अमेजनका लागि खतरा बनेको युट्यूबले आफ्नै मौलिक शो बनाउन थाल्यो र नेटफ्लिक्स जस्ता उपभोक्ताबाट सब्सक्रिप्शन शुल्क लिन थाल्यो। बर्गनका अनुसार सन् २०१६ मा युट्यूबले मौलिक र महँगो सामग्री बनाउन थाल्यो तर यसले नेटफ्लिक्स जस्ता कम्पनीको लगानीसँग प्रतिस्पर्धा गर्न सकेन। नयाँ चरणमा युट्युबले आफ्नो स्थिति धेरै बलियो बनाएको छ।

‘अब मानिसहरू खाना बनाउनदेखि केही वस्तुको मर्मतसम्मको भिडियो हेर्न युट्यूब प्रयोग गर्छन्। मानिसलाई चाहिने अधिकांश भिडियो यहाँ सजिलै उपलब्ध छन्। युट्यूबका आफ्नै स्टारहरू छन् जसको लोकप्रियता हलिउड स्टारहरूभन्दा कम छैन’‚ उनी भन्छन्।

निगरानी

केही बाहेक, युट्यूबका अधिकांश सेवा निःशुल्क छन्। युट्यूबले जो कोही पनि स्टार बन्न सक्छ भनेर प्रमाणित गरिदिएको छ। ‘ठूलो संख्यामा भिडियो अपलोड भइरहेका छन्, जसका कारण तिनीहरूमाथि नियन्त्रण पनि चुनौतीपूर्ण बन्दै गएको छ’, मार्क भन्छन्‚ ‘यदि सरकारले युट्यूब नियन्त्रण बाहिर गइरहेको महसुस गरेमा यसका लागि खतरा पनि निम्तन सक्छ।’

नयाँ पुस्ताका लागि युट्यूबको उपयोगिता सन्दर्भमा लेखिएको एक पुस्तकका लेखक क्रिस स्टोकेल वाकरका अनुसार युट्यूबमा आपत्तिजनक सामग्री अपलोड गर्ने वा आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिविरुद्ध मुद्दा दायर गर्न सकिन्छ।

सन् २०१९ मा गुगल र युट्यूबले तेह्र वर्षमुनिका बालबालिकाका अभिभावकको अनुमतिबिना डेटा सङ्कलन गरेको आरोपमा मुद्दा चलाइएको थियो र सम्झौताअन्तर्गत यी कम्पनीहरूले १७ करोड डलर तिरेका थिए। वाकर युट्यूबलाई मध्यपूर्वका धेरै देशमा प्रतिबन्धित वा आलोचना गरिएको बताउँछन्। युट्यूबमा सेक्स, यौनहिंसा र लागूपदार्थ दुर्व्यसनसँग सम्बन्धित भिडियो छन्, जसको पश्चिममा त्यति धेरै आपत्ति नजनाइए पनि मध्यपूर्वका देशको संस्कृतिको विरुद्ध मानिन्छ।

हालै युरोपेली संघले अनलाइन सुरक्षा सुनिश्चित गर्न र टेक्नोलोजी कम्पनीहरूको प्रतिस्पर्धा विरोधी व्यवहार रोक्न दुई नयाँ कानून लागू गरेको छ। तर युट्यूबमा ठूलो परिमाणमा सामग्री अपलोड हुने भएकाले ती कानुन कार्यान्वयनमा समस्या छ। क्रिस स्टोकेल वाकर भन्छन्‚ ‘युट्युबमा हरेक मिनेट पाँच सय घण्टाको सामग्री अपलोड हुन्छ। यसको अनुगमनमा धेरै कठिनाइ छन्।’

टिकटक चुनौती ?

अमेरिकाको कार्नेगी मेलन युनिभर्सिटीमा सूचना प्रणालीका प्रोफेसर राहुल तेलंग भन्छन्‚ ‘पहिले टीभी उद्योगले युट्यूबबाट खतरा हुनसक्ने सोचेका थिएनन् तर अहिले यो हलिउडदेखि नेटफ्लिक्स र डिज्नीसम्मका धेरै च्यानलको बलियो प्रतिस्पर्धी बनेको छ।’

युट्यूबको सबैभन्दा ठूलो फाइदा के हो भने यसले आफ्ना प्रयोगकर्ताले सिर्जना गरेको सामग्री उपलब्ध गराउँछ जसले के ट्रेन्ड हुन्छ वा लोकप्रिय हुन्छ र के हुँदैन भनेर सोच्नुपर्ने बाध्यता सिर्जना गर्दैन। टीभी कम्पनीहरू र ओटीटी प्लाटफर्महरूले आफ्नो सामग्रीमा धेरै पैसा लगानी गर्नुपर्ने, समय लिने र कहिलेकाहीँ मानिसलाई त्यो सामग्री मन पनि नपर्ने हुँदा यसबारे धेरै सोच्नुपर्छ। तर युट्यूबमा यस्तो समस्या हुँदैन अर्थात् यसले कुनै जोखिम उठाउँदैन।

‘अर्को महत्वपूर्ण कुरा के हो भने यूट्यूबलाई हामीले के हेरिरहेका छौँ भनेर राम्ररी थाहा छ। राहुल तेलंग भन्छन्‚ ‘नेटफ्लिक्स वा अन्य परम्परागत टेलिभिजन च्यानलहरू मात्र सामग्री सिर्जना र प्रस्तुत गर्छन् तर युट्यूबलाई हामीले विगतमा के हेरेका छौं र मन पराएका छौं भन्ने थाहा छ।’ यही जानकारीको आधारमा यसले विज्ञापन पनि दिन्छ र नयाँ भिडियो सुझाउँछ।

युट्यूबले परम्परागत टीभीबाट कुनै खतरा देख्दैन तर यसले भिडियो सेयरिङ एप टिकटकको बढ्दो लोकप्रियतालाई नजिकबाट नियालिरहेको छ। ‘टिकटकले मानिसलाई कसरी मनोरञ्जन गर्ने भनेर बुझेको छ। केही प्रयोगकर्ताले टिकटकमा रिलहरू हेरेर ६-७ घण्टा बिताउने अध्ययनबाट पत्ता लगाएको छु’‚ तेलंग भन्छन्‚ ‘अब सबैले प्रयोगकर्ताको ध्यानाकर्षण गर्न चाहन्छन्। त्यस्ता एपहरूले युट्यूबलाई चुनौती दिन सक्छन् तर युट्यूबमा यति धेरै विविधता र रोचक सामग्री छ कि यो हाल बजारको नेतृत्व गरिरहेको छ र यसलाई त्यो ठाउँबाट सार्न धेरै गाह्रो छ।’

गत वर्ष युट्यूबले विज्ञापनमार्फत ३१.५ बिलियन डलर कमाएको थियो अर्थात् आफ्नो अभिभावक कम्पनी गुगल्को तुलनामा विज्ञापनबाट १० प्रतिशत बढी कमाइ गरेको थियो। युट्यूबले ठूलो सफलता प्राप्त गरेको छ र विश्वका कैयौँ बजारमा जमेको छ। उसले सामग्री बनाउनमा पनि ठूलो लगानी गरिरहेको छ।

‘युट्यूबले सामग्री सिर्जना गर्न विश्वव्यापी २० अर्ब डलर खर्च गरेको छ, जुन ठूलो रकम हो’‚ ब्रसेल्सको ब्रिए युनिभर्सिटीका प्रोफेसर डाक्टर मार्लिन कोमोरोभस्की भन्छन्‚ ‘युट्यूबले प्रयोगकर्ताहरूले सिर्जना गर्ने सामग्रीमा बढी ध्यान दिएर टीभी च्यानललाई ठूलो चुनौती खडा गरेको छ।’

यूट्यूब दैनिक हेर्नु करोडौँ मानिसको बानी भइसकेको छ। युट्यूबको विज्ञापनबाट आम्दानी बढ्दै गएको छ भने कन्टेन्ट निर्माणमा लगानी बढिरहेको छ। यसको सामग्री सधैं इन्टरनेटमा उपलब्ध छ जसका कारण मानिसहरूले टीभीको सट्टा युट्यूब बढी हेर्न थालेका छन्।

बिबिसीबाट

Previous Post

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

Next Post

हमासले बन्दी रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थिति सामना गर्नुपर्ने ट्रम्पको चेतावनी

सम्बन्धित खबर

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा
समाचार

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

२६ बैशाख २०८३,
युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो
अन्तर्राष्ट्रिय

युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

२६ बैशाख २०८३,
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

२६ बैशाख २०८३,
हर्मुज तनावबीच युद्धविराम विस्तार
अन्तर्राष्ट्रिय

स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

२६ बैशाख २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
फिचर-ब्यानर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

२६ बैशाख २०८३,
शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता
आवाज

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

२६ बैशाख २०८३,
Load More
Next Post
हमासले बन्दी रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थिति सामना गर्नुपर्ने ट्रम्पको चेतावनी

हमासले बन्दी रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थिति सामना गर्नुपर्ने ट्रम्पको चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In