• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जङ्गली हात्तीबाट अन्न र ज्यान जोगाउन रातभर जाग्राम

by
१७ मंसिर २०८१,
0
जङ्गली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनगढी । कञ्चनपुरको लाल झाडी गाउँपालिकामा तीन महिनादेखि हात्तीले आतङ्क मच्चाई रहेको छ। भदौको दोस्रो सातादेखि लाल झाडी गाउँपालिकाको विभिन्न वार्डहरूमा प्रवेश गरेको हात्तीको बथानले धन जनको क्षति पुर्‍याएको छ।

भारतको दुधुवा नेशनल पार्कबाट नेपाल प्रवेश गरेको करिब ४०, ५० को समूहमा रहेको हात्तीको बथानले लाल झाडी क्षेत्रको घरहरू भत्काउनुका साथै खेतीको नोक्सान गरेको छ। भने लालझाडीका ५० वर्षीय रामदल रानाको हात्ती धपाउने क्रममा हात्तीको आक्रमणबाट मृत्यु भएको छ भने कहियौ किसानले पालेका गाई बस्तु र बाख्राहरू मारेको छ।

यतिबेला लाल झाडी गाउँपालिकाको वार्ड नम्बर १ देखि ५ नम्बर वार्डसम्म पुरै जनजीवन प्रभावित भएको छ। दिउँसोको समयमा हात्तीको बथान लाल झाडी संरक्षित वन अनि शुक्लाफाँटा आरक्षमा गएर बस्ने रात परेपछि बस्तीमा प्रवेश गरी घर भत्काउने , उखु खाने  तोरी र गहुँ माडेर नोक्सान गर्दै आएको छ।

दिनभरि कामले थाकेका स्थानीय बासिन्दा रातीमा आरामसँग सुत्ने बेलामा हात्ती धपाउन गाउँलेहरु जम्मा भएर जाग्राम बस्नुपर्ने बाध्यता भएको लाल झाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए। गाउँपालिकाको साधन स्रोतले भ्याएसम्म हात्ती धपाउने प्रयास गरे पनि हात्तीले गाउँ नछोड्दा स्थानीय बासिन्दाले निकै समस्या भोग्नुपरेको अध्यक्ष रानाले बताए। पालिकाका जेसिबि,ट्याक्टर, लगायतका सवारी साधनहरू प्रयोग गरेर होहल्ला गर्दै स्थानीय बासिन्दाहरूको उपस्थितिमा हात्ती धपाउने काम दिनचर्या जस्तै बनेको उनको भनाई छ।

वितग तीन महिनादेखि लाल झाडी गाउँपालिका स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरू रातभर जाग्राम बस्नुपर्ने बाध्यता भएको पालिका उपाध्यक्ष सपना चौधरी रानाले बताए। कतिखेर कताबाट हात्तीको आक्रमणमा परिने हो भन्ने डरले रातभर स्थानीय जाग्राम बस्ने गरेको उनको भनाई छ। बाढीका कारण प्रभावित लाल झाडी क्षेत्रका बासिन्दा बल्ल तल्ल जीविकोपार्जनकालागि लगाएको उखुबारी नोक्सान गरेपछि स्थानीयलाई छाक टार्ने समस्याको पिरलो हुने गरेको छ। एकातिर ज्यान बचाउन गाह्रो भएको अवस्थामा अर्कोतिर खेती जोगाउन धौ धौ भएपछि स्थानीयहरू निकै सङ्कटमा परेका छन्। हरेक वर्ष भारतको दुधवा नेशनलपार्कबाट आउने हात्तीको आतङ्क बाट कञ्चनपुरको पुनर्वास,बेलौरी र लाल झाडी गाउँपालिका निकै प्रभावित हुने गरेको छ।

हात्तीको घर भत्काउँदा,अन्नपात नष्ट पार्दा र उखु खाएर नोक्सान पारेपछि   स्थानीय बासिन्दाहरू दैनिक गाउँपालिकामा आएर बस्ने बास र खाने गाँसको व्यवस्था मिलाई दिन आग्रह गर्दै आएका छन् । पालिकाको स्रोत साधनको अभावमा स्थानीयलाई पर्याप्त सहयोग गर्न नसकेको गाउँपालिकाका कार्यालय प्रमुख राजबहादुर सार्कीले बताए।

बत्ती नपुगेको बस्तीहरूका स्थानीय बासिन्दाहरूले टर्च लाइटको व्यवस्था गरिदिन गाउँपालिका सँग आग्रह गर्दै आएका छन् । विद्युत् जडान गर्न सक्ने ठाउँमा पालिकाले केही बल्वहरु लागाएर हात्ती लाई धपाउने प्रयास गरे पनि पालिकाका धेरै स्थानमा बत्ती नहुँदा हात्तीको बथान सोही क्षेत्रमा जाने र क्षति गर्ने गरेको स्थानीय बासिन्दा रेख कुमारी रानाले बताए। टर्च लाइट भएको भएपनि रातीको समयमा सुरक्षित स्थानतर्फ भाग्न सजिलो हुने उनको भनाई छ।

हात्तीको आतङ्कको खबर पाएपछि कञ्चनपुरको प्रशासन ,प्रहरी ,वन कार्यालय ,राष्ट्रिय निकुञ्जका प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरूको बैठक बसेको थियो । तर स्थायी समाधानका लागि ठोस निर्णय हुन नसक्दा स्थानीयले राहत महशुस गर्न सकेका छैनन्।

हात्तीको आतङ्कबाट त्रसित बनेका स्थानीय बासिन्दाहरुसंँग भेटघाट गरेर फर्कनु भएका भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले जनताले भोगेको समस्या समाधानका लागि प्रदेश सरकारले केही समाधानका उपायहरू अवलम्बन गर्ने योजनामा रहेको बताए। हात्तीको आतङ्कबाट प्रभावित रहेको लालझाडीको जनजीवनलाई सहजता बनाउने तर्फ आफ्नो ध्यानाकर्षण भएको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बताए। -हेमन्त पौडेल, समाचारपत्र बाट साभार

Previous Post

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा उपस्थित हुनुपर्ने पदाधीकारीको संख्या

Next Post

‘चाडपर्वको विवाद हटाउन वैदिक कालगणना अवलम्बन गरौँ’

सम्बन्धित खबर

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
आर्थिक

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

७ भदौ २०८३,
युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
अन्तर्राष्ट्रिय

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

७ भदौ २०८३,
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
Load More
Next Post
‘चाडपर्वको विवाद हटाउन वैदिक कालगणना अवलम्बन गरौँ’

‘चाडपर्वको विवाद हटाउन वैदिक कालगणना अवलम्बन गरौँ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In