• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौतम अडानीमाथिको घुसखोरी अभियोगमा बहस गर्ने-नगर्ने विषयमा भारतीय संसद्‌मा विवाद

by
११ मंसिर २०८१,
0
गौतम अडानीमाथिको घुसखोरी अभियोगमा बहस गर्ने-नगर्ने विषयमा भारतीय संसद्‌मा विवाद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतमा आजदेखि शुरु भएको संसदको हिउँदे सत्र प्रधानमन्त्री नरेन्द्र मोदीनिकट अर्बपति व्यवसायी गौतम अडानीमाथिको घुसखोरी अभियोगमा बहस गर्ने–नगर्ने विषयमा विवाद बढेपछि एक घण्टा पनि नचली स्थगित भएको छ ।

माथिल्लो सदन राज्यसभाका अध्यक्ष तथा उपराष्ट्रपति जगदीप धनखडले अडानी मामिलामा छलफलका लागि आफूले १३ वटा सूचना पाए पनि नियम संगत नभएकाले छलफल अगाडि नबढाउने बताउनु भएको थियो । लगत्तै विपक्षी इण्डिया गठबन्धनका नेता तथा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले सो विषयमा छलफल गराउन माग गर्नु भएको थियो । तर अध्यक्ष धनगढले सो विषयमा बोल्न नदिने बताएपछि केही सांसदहरुले विरोधमा नाराबाजी गरेका थिए । त्यसपछि अध्यक्ष धनखडले शुरुमा केही समयका लागि र पछि गएर पर्सी पुन: बस्ने गरी सदन स्थगित गर्नुभएको थियो ।

उता संसदको तल्लो सदन लोकसभामा पनि यस्तै विवाद भएपछि सभामुखले सदन स्थगित भएको घोषणा गर्नुभएको थियो । दुवै सदनको बैठक अब बुधवार बस्नेछ । भारतमा विपक्षी दलहरुले धेरै अघिदेखि नै मोदी सरकारमाथि अडानी र उनको व्यवसायलाई संरक्षण राखेको आरोप लगाउँदै आएका छन् ।

गत साता अमेरिकाको न्युयोर्कमा अडानी र उनका भतिजा सागर अडानी सहितका सात जनामाथि सौर्य उर्जा परियोजना निर्माणको ठेक्का हात पार्न सरकारी अधिकारीहरुलाई साढे २६करोड अमेरिकी डलर घुस दिन सहमति जनाएको अभियोगमा मुद्दा दर्ता गरिएको थियो । अडानीमाथि लगाइएको उक्त आरोपको विषयमा भारत सरकारले केही टिप्पणी गरेको छैन भने भाजपाले भने यसको सामना र प्रतिरक्षा गर्ने काम अडानी समूहको भएको जनाएको छ ।

संघीय अभियोजकहरुले अडानी र उनका भतिजा सागरविरुद्ध अरेष्ट वारन्ट जारी गरिसकेका छन् भने अमेरिकी धितोपत्र तथा विनिमय आयोगले पनि २१ दिने सम्मन जारी गरिसकेको छ । अडानीविरुद्ध मुद्दा परेपछि उनका कम्पनीका शेयरमूल्यमा भारी गिरावट आएको छ भने शेयरको बजार मूल्य अरबौं डलर घटेको रोयटर्सले उल्लेख गरेको छ।

Previous Post

सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी,५ दिन अघिदेखि बुकिङ गर्दापनि टिकट पाउन मुस्किल

Next Post

रवि लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे आदेश

रवि लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In