• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रहरीद्वारा चाडपर्वलक्षित विशेष निगरानी, ४८ हजार प्रहरी परिचालन

by
१५ कार्तिक २०८१,
0
प्रहरीद्वारा चाडपर्वलक्षित विशेष निगरानी, ४८ हजार प्रहरी परिचालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन् ।

नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी पनि बढाइसकेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी बताए । आगलागी, नाचगान, देउसीभैलो र जुवातासका कारण हुने हारजित र झैझगडा, मदिरा खाएर रातीमा होहल्ला गरेर समाजलाई नै प्रभावित पार्ने तथा आपराधिक घटना हुनसक्नेतर्फ मध्यनजर गरी सुरक्षामा उच्च निगरानी गरिएको उनले बताए ।

देशैभरका जिल्लाका सुरक्षा समतिको बैठक बसेर जिल्लाको शान्तिसुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलोको समय तोक्ने, हूल हुज्जत गर्ने समूहको निगरानी गर्ने, मादक पदार्थ खाएर सवारीमा हिँड्ने हुनाले सडक जाँचलाई थप सदृढ पारिएको प्रहरीले जनाएको छ ।

प्रवक्ता कार्कीले भने, “पटाका र पटाकाजन्य पदार्थ विस्फोटक पदार्थका रुपमा रहेकाले कसैले पड्कायो हामी पनि पड्काउँ न त भन्ने हुनसक्छ, यो गतिविधि विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाही हुन्छ । ओसारपसार भण्डारण बिक्री वितरण र प्रयोग सबैमा प्रतिबन्ध छ । तीन महिनादेखि १ वर्षसम्मको कैद सजायसम्म हुनसक्छ, क्षतिको क्षतिपूर्ति पनि भराइन्छ, त्यसैले यसमा भुलेर पनि कोही संलग्न हुनुहुँदैन ।”

अर्को सामाजिक सञ्जालमा उच्छृङ्खल कुराहरु राख्ने विषयमा पनि प्रहरीले अनुगमन बढाएको छ । उनले भने, “प्रहरीलाई के थाहा हुन्छ र भन्ने उद्देश्यले विगतमा गरेको पाइयो । फौजदारी कसुर हुने भएकाले समयमै ध्यान दिनु हुन अनुरोध छ । हामी तपाईंहरुको तिहार शान्तिपूर्ण होस् भनेर खटिएका छौँ, शान्तिपूर्ण रुपमा तिहार मनाउन अनुरोध गर्छु ।”

उनका अनुसार तिहारमा प्राविधिक रुपमा निगरानी बढाइएको छ । भिडियो, साामाजिक सञ्जला, सिसिटिभीसहित सादा पोशाकमा प्रहरी परिचालन गरेर सुरक्षा निगरानी गरिरहको पनि प्रहरीले जनाएको छ ।

सवारी चालकको अवस्था हेर्ने र कारबाही भइरहेको छ । दसैँअघि नै सुरक्षा योजना सार्वजनिक गरिएको थियो । त्यही कार्यान्वयनमा रहेको छ । यसअघि नै सामाजिक सञ्जालबाट पनि सार्वजनिक आह्वान गरिएको छ । यसपालि तिहारमा ४८ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको बताउँदै प्रवक्ता कार्कीले कोही प्रहरीलाई बिदामा नपठाइने बताए ।

“किरिया, बिरामीलगायत अत्यावश्यक काममा बिदामा पठाइन्छ, सामान्य अवस्थामा कोही प्रहरी बिदामा बस्दैनन्, सबै तिहार सुरक्षामा हुन्छन्, यो स्पष्ट निर्देशन नै छ”, उनले भने ।

यसपालि दसैँमा भन्दा केही यातायात सहज रहेको तर कच्ची सडक, निर्माणाधीन सडक भएकाले जोखिम रहेको छ । ती सडकहरुमा समेत निगरानी बढाइएको र सुरक्षा टोली नै परिचालन गरेर यातायात सहज पारिने जनाइएको छ ।

जथाभावी लापरबाहीपूर्ण तरिकाले, नशाको तालमा गाडी चलाउने अवस्थालाई पूर्णरुपमा निस्तेज पार्न सूक्ष्म निगरानी पनि भइरहेको छ । जुवा र जुवाजन्य गतिविधिमा कडा निगरानी गरिएको छ । गैरकानुनी गतिविधि गरेर हिरासतमा पुग्दा र अपराध मुद्दा लागेर तिहार नै नमिठो हुने हो की, कानुनी कारबाहीमा परिने हो कि, यसतर्फ ध्यान दिन कार्कीले अनुरोध गर्नुभएको छ ।

बढी भाडा लिने अवस्थाको अन्त्य गर्न पनि निगरानी गरिएको र त्यस्ता गतिविधि भए तत्काल प्रहरीमा खबर गर्न अनुरोध पनि गरिएको छ । सोही अनुसार ट्राफिक प्रहरी समेत परिचालित भएका छन् ।

उपत्यका सुरक्षामा उच्च निगरानी

काठमाडौँ उपत्यका प्रहरीले उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का लागि एकीकृत रुपमा सुरक्षा योजना लागू गरी निगरानी बढाइएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले यसपाली दसैँ अघि लागू गरिएको चाडपर्व लक्षित सुरक्षा योजना लाभदायी देखिएको बताए ।

उहाँनले भने, “आपराधिक घटना र दुर्घटनाबाट हुने क्षति कम भएको छ । तिहारमा पनि सोही अनुसारको सुरक्षा निगरानी गरिएको छ । संयुक्त सुरक्षा योजना लागू गरिएको छ ।”

विस्फोटक पदार्थ भित्रिन नदिन उपत्यका भित्रिने नाकामा जाँचमा कडाइ, देउसीभैलोमा निगरानी स्थानीय प्रशासनसँग समन्वय गरेर ठाउँ जोखिम हेरेर सुरक्षाकर्मी परिचालन भएका छन् । जुवातास, अवैध मदिरा उत्पादन बिक्री रोक्न प्रहरी पूर्ण रुपमा परिचालन गरिएको छ ।

केही अघि मात्रै पटाका भित्र्याउने दुई जनालाई मुद्दा चलाइएको र उनीहरुबाट तीन बोरा पटाका बरामद गरिएको घिमिरेले बताए । उपत्यकामा ५ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालित रहेको र आवश्यकता अनुसार रिजर्भ फोर्स तयार गरेर राखिएको पनि उहाँले बताए ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन्।

उनले जुवातास, लड्गुरबुर्जा खेल्ने÷खेलाउने, भुइँचम्पा, पटका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, विक्री वितरण गर्ने जस्ता कार्य नगर्न÷नगराउन पनि अनुरोध गरेका छन् । उनले देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न सार्वजनिक आह्वान नै गरेका छन् ।

यस्तै अन्य जिल्लाले पनि सुरक्षा अवस्थालाई ध्यानमा राखेर आवश्यक निर्देशन र अनुरोध सार्वजनकि गरी तिहारलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेका गृह मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यका ट्राफिकको ठाउँठाउँमा जाँच अभियान

काठमाडौँ उपत्यका ट्रफिक प्रहरीले चाडबाड लक्षित गरेरएक हजार पाँच सय ट्राफिक प्रहरी परिचालन गरी निगरानी गरिरहेको छ । १४ स्थानमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ । ट्राफिक कम्युनिकेसन एप बनाइएको छ । त्यसमार्फत लामो दूरीमा दुईजना चालक राखेको छ कि छैन भनेर उपत्यकाको नाकामै निगारनी गर्न थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

उनका अनुसार त्यही एपमा प्रहरीले फोटो खिचेर हालेपछि ट्र्याक गर्न सकिनेछ । लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) परीक्षणमा जनशक्ति थपेर कडाइ गरिएको छ ।

क्युआरटी र टिआरएस टोली परिचालन गरिएको छ, यो करिडोर व्यवस्थापनका लागि भएको उनले बताए । उपत्यका भित्रिने १० नाकाहरुमा विशेष जाँच गर्न थालिएको छ ।

प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराकै कमाण्डमा २५ जना सहभागी कमाण्ड पोष्ट नै स्थापना गरी ट्राफिक व्यवस्थापनको काम गरिरहेको छ ।

जस्तोसुकै घटनाको ‘रेष्पोन्स’ दिनका लागि उक्त कमाण्ड पोष्ट निर्माण गरिएको हो । नियमित अनुगमन जारी रहेको तथा सम्मानजन व्यवहारमाथि समेत निगारनी भइरहेको उनले बताए ।

यातायात सहज पार्ने प्रयास

तिहारमा घर जाने यात्रुका कारण केही दिनदेखि यातायातमा समेत चाप बढेको छ । तर पनि दसैँमा जस्तो सास्ती खेप्न भने नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

“सडकको जोखिमपूर्ण अवस्था कायम हुँदाहुँदै पनि हामीले यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउनका लागि अहिले सवारी साधान थप गरेका छौँ, यसपालि ढुक्कले तिहार मनाउन जान पाउने वातावरण निर्माण गरेका छौँ”, उनले भने ।

दैनिक रुपमै यात्रुहरुले टिकट काटेर जानसक्ने अवस्था रहेको पनि उपाध्यक्ष सिटौलाले बताए । उनले भने, “अग्रिम बुक गर्नुपर्ने बाध्यता छैन तर अग्रिम बुक गर्दा यातायात सिट व्यवस्थापनमा भने सहज हुनेछ ।” भाइटीकाकै दिनसम्म कोही यात्रुलाई अलपत्र पार्ने अवस्थामा यातायात व्यवसायी नरहेको उनले बताए ।

Previous Post

क्षयरोगका बिरामीको सङ्ख्या सर्वाधिक उच्च : विश्व स्वास्थ्य संगठन

Next Post

क्यानाडा : आदिवासी बालबालिका बेपत्ताबारे थप अनुसन्धान आवश्यक

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post
क्यानाडा : आदिवासी बालबालिका बेपत्ताबारे थप अनुसन्धान आवश्यक

क्यानाडा : आदिवासी बालबालिका बेपत्ताबारे थप अनुसन्धान आवश्यक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In