• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

    हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारको सय दिन : ‘नीतिगत सुधार र श्रम कूटनीति विस्तारमा श्रम मन्त्रालयको फड्को’

by
१० कार्तिक २०८१,
0
सरकारको सय दिन : ‘नीतिगत सुधार र श्रम कूटनीति विस्तारमा श्रम मन्त्रालयको फड्को’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत र कानुनी सुधार, आन्तरिक रोजगारी प्रवर्द्धन, वैदेशिक रोजगार व्यवस्थापन तथा सुशासन प्रवर्द्धन र श्रम कूटनीतिका क्षेत्रमा फड्को मारेको दाबी गरेको छ ।

श्रममन्त्री शरत्सिंह भण्डारीले आफूले जिम्मेवारी सम्हालेको सय दिनका अवधिमा सेवा प्रवाहमा विकेन्द्रीकरण र सुधार, आन्तरिक रोजगारी प्रवर्द्धन, योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार, व्यावसायिक सीप विकास तथा तालिम एवं श्रम सम्बन्ध र व्यवासयजन्य सुरक्षाका क्षेत्रमा महत्त्वपूर्ण प्रगति हासिल भएको बताए ।

सेवा प्रवाहका क्रममा देखिएका जटिलता अन्त्य गर्न विभिन्न ऐन कानुन संशोधन गर्न लागिएको जानकारी दिँदै मन्त्री भण्डारीले यस अवधिमा नीतिगत सुधारको पक्षलाई बढ्ता जोड दिइएको बताए । “मन्त्रालयले प्रवाह गर्दै आएको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न समिति गठन गरेर अध्ययन थालिएको छ”, उनले भने, “सेवा प्रवाहमा देखिएका जटिलता समाधानको बाटोमा अघि बढिरहेका छौँ ।”

नीतिगत र कानुनी सुधार

मन्त्रालयले श्रम स्वीकृति नभएका नेपाली श्रमिकको श्रम स्वीकृति र महिला श्रमिकको पुनः श्रम स्वीकृतिमा सहजीकरण गर्न नीतिगत निर्णय गरिएको जनाएको छ । यसअवघिमा स्थानीय तहबाट तालिम सञ्चालन गर्न युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८१ स्वीकृत, अभिमुखीकरण तालिममा देखा परेका समस्या न्यूनीकरण गर्न अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ मा संशोधन तथा स्थानीय तहबाट महिलालाई श्रम बजारमा पहुँच बढाउन महिला लक्षित क्लब सञ्चाल गर्ने मापदण्ड, २०८१ स्वीकृत भएको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क तालिम सञ्चालन गर्ने संस्थाका लागि आवश्यक न्यूनतम मापदण्ड (पहिलो संशोधन), २०८० संशोधन, प्रधानमन्त्री रोजगार कार्यक्रम पुनः संरचना तथा आगामी कार्यदिशासम्बन्धी नयाँ निर्देशित र कार्यस्थलमा आधारित तालिम सञ्चालनसम्बन्धी निर्देशिकाको मस्यौदा तयार भएको छ । उच्चस्तरमा भएका द्विपक्षीय भ्रमणको आदानप्रदानबाट श्रम कूटनीतिका क्षेत्रमा ठूलो फड्को मारिएको मन्त्रालयले जनाएको छ ।

प्रम रोजगार कार्यक्रम र आन्तरिक रोजगार प्रवर्द्धन

मुलुकमा आन्तरिक रोजगारी प्रवर्द्धन गरी बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको मन्त्रालयले यस अवधिमा आन्तरिक रोजगार महाशाखा स्थापनाको तयारी गरेको छ । न्यूनतम रोजगारीका लागि सूचीकृत बेरोजगार व्यक्तिका लागि ६२ हजार दुई सय ५९ जनाको कार्यस्थल सामूहिक बीमा गरिएको छ ।

सूचीकृत बेरोजगार व्यक्तिलाई कार्यस्थलमा आधारित ज्यालासहितको सीपमूलक तालिम सञ्चालनका लागि कार्यविधि संशोधन गरी स्थानीय तहमा पठाइएको तथा स्थानीय तहले ‘कामका लागि पारिश्रमिकमा आधारित आयोजना’बाट विभिन्न विपद्मा तत्काल पुनः निर्माण र राहत उपलब्ध गराउन सक्नेगरी कार्यविधिमा संशोधन गरिएको मन्त्रालयले जनाएको छ । आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा सञ्चालन गर्न आवश्यक रणनीति तयार भइरहेको छ ।

वैदेशिक रोजगार व्यवस्थापन

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रम स्वीकृतिको व्यवस्था मिलाइएको छ । वैदेशिक रोजगार विभाग र इजाजतपत्रवाला संस्थालाई सातै प्रदेशमा शाखा विस्तार गर्न सहजीकरण गरिएको छ ।

दक्षिण कोरियाको श्रम सम्झौताको पुनरवलोकनका लागि संयुक्त कार्यदलले अन्तिम रूप दिएको छ । मलेसिया र स्पेनसँगको श्रम सम्झौतालाई अन्तिम रूप दिई सम्बन्धित सरकारलाई पठाइएको, संयुक्त अरब इमिरेट्स (युएई) सँग घरेलु कामदार व्यवस्थापनका लागि नमुना आयोजना सञ्चालन गर्नेसम्बन्धी द्विपक्षीय श्रम समझदारीको अन्तिम मस्यौदा तयार भएको मन्त्रालयले जनाएको छ ।

यसबीचमा ओमानसँगको द्विपक्षीय श्रम सम्झौताका लागि उच्चस्तरीय छलफल भई प्रारम्भिक मस्यौदा ओमान पठाइएको तथा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कर्जा उपलब्ध गराउने सम्बन्धमा कार्यविधिको अन्तिम मस्यौदा तयार भएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु भएमा उपलब्ध हुने क्षतिपूर्ति रकमलाई रु सात लाखबाट वृद्धि गरेर रु १० लाख पुर्‍याएको छ । यस्तै, वैदेशिक रोजगारीका क्रममा वा नेपाल फर्किएको एक वर्षसम्म मृत्यु भएमा पनि सोही बराबर क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको छ ।

आकर्षक सामाजिक सुरक्षा ‘स्किम’

योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकको आकर्षण बढाउन विभिन्न ‘स्किम’ थप गरिएको छ । सामाजिक सुरक्षा योगदानकर्ता र योगदाकर्ताको श्रीमानरश्रीमती (वैदेशिक रोजगारमा रहेका श्रमिक तथा अनौपचारिक र स्वरोजगार श्रमिकको हकमा १८ वर्षका सन्ततिसम्मको पनि) वार्षिक रूपमा रु एक लाख २५ हजारसम्मको औषधि उपचार खर्च दिने गरी विस्तार गरेको छ ।

यस अवधिमा कोषमा एक लाख ५० हजार श्रमिक र तीन सय रोजगारदाता आबद्ध गर्ने लक्ष्य राखिएकामा एक लाख ९८ हजार श्रमिक र चार सय ६६ रोजगारदाता सूचीकृत भएका मन्त्रालयले जनाएको छ ।

Previous Post

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, आन्दाेलनकाे नयाँ रणनीति तय गरिने

Next Post

कोप-२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै

सम्बन्धित खबर

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
आवाज

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

१० बैशाख २०८३,
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
आवाज

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

१० बैशाख २०८३,
पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
आवाज

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

१० बैशाख २०८३,
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
आर्थिक

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

१० बैशाख २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

१० बैशाख २०८३,
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
आर्थिक

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

१० बैशाख २०८३,
Load More
Next Post
कोप-२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै

कोप-२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In