• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘आर्थिक सङ्कट’ टार्न भारतको साथ खोज्दै माल्दिभ्सका राष्ट्रपति दिल्ली भ्रमणमा

by
२० अशोज २०८१,
0
‘आर्थिक सङ्कट’ टार्न भारतको साथ खोज्दै माल्दिभ्सका राष्ट्रपति दिल्ली भ्रमणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले ऋण भुक्तानी गर्न नसक्ने जोखिम बढिरहेका बेला देशभित्र उत्पन्न हुन सक्ने आर्थिक सङ्कट टार्नका लागि यसै साता हुने भारत भ्रमणका क्रममा दिल्लीको सहयोग खोज्ने अपेक्षा गरिएको छ।

अघिल्लो वर्षको अन्त्यमा निर्वाचित मुइज्जुको यो पहिलो औपचारिक भारत भ्रमण हो।चुनावी अभियानका क्रममा उनले ‘इन्डिया आउट’ अर्थात् ‘भारतको बहिर्गमन’ अभियान चलाउँदै दिल्लीको प्रभाव कम गर्ने वाचा गरेका थिए।

त्यसयता दूई देशबीचको सम्बन्ध चिसिएको छ तर विज्ञहरूले यो भ्रमणले माल्दिभ्सले आफ्नो विशाल छिमेकीलाई उपेक्षा गर्न नसक्ने सङ्केत दिएको विज्ञहरूले टिप्पणी गरिरहेका छन्।सेप्टेम्बर महिनामा माल्दिभ्सको विदेशी मुद्रा सञ्चिति ४४ करोड डलर (५९ अर्ब ३१ करोड रुपियाँ) रहेको थियो।त्यसबाट उक्त देशले जम्मा डेढ महिनाका लागि मात्र आयात गर्न सम्भव रहेको हुन्छ।

माल्दिभ्सको भारत नीतिमा ‘यू टर्न’
अघिल्लो महिना एउटा अन्तर्राष्ट्रिय संस्था मुडिज्‌ले माल्दिभ्सको ऋण भुक्तानी क्षमता अर्थात् ‘क्रेडिट रेटिङ’ खस्केको जनाएको थियो।उसले माल्दिभ्सले अहिलेको अवस्थामा गर्नुपर्ने भुक्तानी तथा आर्थिक दायित्वहरू बहन गर्न नसक्ने जोखिम बढेको औँल्याएको थियो।भारतको आर्थिक सहयोगले माल्दिभ्सको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउँदै देशलाई टाट पल्टनबाट जोगाउन सक्छ।

भारत भ्रमण गर्नुअघि मुइज्जुले टर्की र चीनको भ्रमण गर्ने निर्णय लिएका थिए।उनले गत ज्यानुअरीमा गरेको चीनको भ्रमणलाई उच्चस्तरको कूटनीतिक धक्का मानिएको थियो।

विगतमा सत्तामा निर्वाचित भएपछि माल्दिभ्सका नेताहरूले सबैभन्दा पहिले दिल्लीको भ्रमण गर्ने गर्थे।त्यसै बेला माल्दिभ्सका तीन अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीकाबारेमा अपमानजनक टिप्पणी गरेपछि भारतमा ठूलो विवाद भएको थियो।युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा प्राध्यापन गर्ने माल्दिभ्सका एकजना विश्लेषक अजिम जहिर भन्छन्, “राष्ट्रपति मुइज्जुको भ्रमण कैयौँ हिसाबले पुरानै दिशातर्फको फिर्ती हो।”

“सबैभन्दा महत्त्वपूर्ण कुरा, यो माल्दिभ्स भारतमा कति निर्भर छ भन्ने कुरा आत्मसात गरिएको भ्रमण हो। यस्तो निर्भरता जो कुनै अन्य देशले परिपूर्ति गर्न सक्दैन।”झन्डै १,२०० वटा टापुहरू रहेको माल्दिभ्स हिन्द महासागरको बीचतिर अवस्थित छ। लामो समयदेखि उक्त देशमा भारतको प्रभाव रहिआएको छ। उक्त देशको जनसङ्ख्या जम्मा ५ लाख २० हजार छ, जुन झन्डै १ अर्ब ४० करोड रहेको भारतभन्दा निक्कै सानो हो।

एउटा सानो टापु राष्ट्र माल्दिभ्स आफ्नो विशाल छिमेकी राष्ट्र भारतसँग खाद्यान्न, पूर्वाधार निर्माण र स्वास्थ्यसेवासहितमा निर्भर छ।

मालेले नीति परिवर्तन गर्नुपर्ने अवस्था किन आयो?
दिल्ली र मालेले आधिकारीक रूपमा यो भ्रमणको अजेन्डामा आर्थिक प्याकेज पनि रहेको खुलाइसकेका छैनन्। तर विज्ञहरूले त्यो छलफलको विषय हुने विश्वास गरिरहेका छन्।

“मुइज्जुको भ्रमणको एउटा प्रमुख प्राथमिकता आर्थिक सहयोग प्राप्त गर्नु हो। त्यस्तो सहयोगमा अनुदान र ऋण भुक्तानीको पुनर्संरचना पर्छन्,” आफ्नो पनहिचान खुलाउन नचाहने एक जना माल्दिभ्सका सम्पादकले भने।

उनका अनुसार कमजोर विदेशी मुद्रा सञ्चितिलाई बढाउन मुइज्जु माल्दिभ्सको केन्द्रीय ब्याङ्कले माग गरेको ४०० मिलियन डलर (५३ अर्ब ९२ करोड रुपियाँ) मुद्रा सटही सम्झौता पनि अघि बढाउन चाहन्छन्।

रेटिङ् एजेन्सी मुडिजले मालेको वित्तीय स्थितिप्रति चिन्ता जनाउँदै वैदेशिक मुद्रा सञ्चिति सन् २०२५ का लागि ६०० मिलियन डलर र सन् २०२६ का लागि झन्डै १ अर्ब डलर रहेको बाह्य ऋण भुक्तानीको रकम भन्दा उल्लेख्य रूपमा न्यून रहेको जनाएको छ।

माल्दिभ्सको सार्वजनिक ऋण झन्डै ८ अर्ब डलर रहेका छ जसमध्ये भारत र चीन प्रत्येकलाई उसले १.४ अर्ब डलर तिर्नुपर्ने स्थिति छ।“मुइज्जुले कैयौँ पटक चीनले ऋण भुक्तानीको समय पाँच वर्षले सारिदिने सङ्केत दिएको बताए पनि बेइजिङबाट आर्थिक सहयोग आएको छैन,” माल्दिभ्सका ती सम्पादकले भने।

अन्य कुनै पनि देश सहयोगका लागि नआइरहेको सन्दर्भमा मुइज्जु अहिले भारतसँग सम्बन्ध सुधारका लागि अग्रसर भएको जस्तो देखिन्छ।“यो भाका फेर्ने र मुइज्जु सरकारका वरिष्ठ अधिकारीबाट आएका नकारात्मक टिप्पणी जसले उल्लेख्य रूपमा भारतीय पर्यटकहरूको आगमनमा प्रभाव पारेको छ त्यसलाई बदल्ने कुरा हो,” जाहिर भन्छन्।

भारतसम्बन्धमा देखिएको चिसोपन
भारतले लामो समयदेखि माल्दिभ्समाथिको आफ्नो प्रभावलाई कायम राख्दै आएको थियो।उक्त देशको रणनीतिक अवस्थितिले भारतलाई हिन्द महासागरको महत्त्वपूर्ण क्षेत्रलाई निगरानी गर्न सहयोग पुर्‍याउँथ्यो। तर चीनसँग नजिकिएका मुइज्जु त्यसलाई फेर्न चाहन्थे।ज्यानुअरीमा मुइज्जु प्रशासनले भारतलाई आफ्नो मुलुकभित्र रहेका ८० जना सैनिकहरू फिर्ता लैजान अल्टिमेटम दिएको थियो।

दिल्लीले उनीहरू त्यहाँ आफूले अनुदान दिएको दूईवटा उद्धार तथा सर्वे हेलिकोप्टर र एउटा डोर्निअर विमानको सञ्चालन र मर्मतका लागि बसेको बताएको थियो।अन्त्यमा दुवै देशले ती फौजहरूको साटो भारतीय गैरसैनिक प्राविधिकहरू विमान सञ्चालन गर्न राख्ने सहमति जनाएका थिए।

सत्ता सम्हालेको एक महिनापछि मुइज्जु प्रशासनले भारतसँग गरिएको एउटा हाइड्रोग्राफिक सर्वेक्षणसम्बन्धी सम्झौताको नवीकरण कार्यान्वयन नगर्ने घोषणा गरेको थियो।विगतको सरकारले हस्ताक्षर गरेको उक्त सम्झौताको उद्देश्य माल्दिभ्सको समुद्री पिँधमा अन्वेषण गर्नु रहेको थियो।

माल्दिभ्सका तीनजना सहायक मन्त्रीहरूले मोदीका बारेमा विवादास्पद टिप्पणी गर्ने क्रममा उनलाई ‘जोकर’, ‘आतङ्कवादी’ र ‘इजरेलको पुच्छर’ भनेका थिए।त्यसले भारतमा आक्रोश उत्पन्न गरायो र सामाजिक सञ्जालहरूमा माल्दिभ्सलाई बहिस्कार गर्नका लागि माग गरियो।

मालेले ती प्रतिक्रियाहरू व्यक्तिगत रहेका र त्यसले सरकारको धारणालाई प्रतिनिधित्व नगर्ने जनाएको थियो। तीनै जना मन्त्रीहरूलाई मन्त्रिपरिषद्‌बाट निलम्बन गरिएको थियो।त्यसबेला मुइज्जुले भनेका थिए, “हामी सानो होउँला तर त्यसले तपाईँलाई हामीलाई थिचोमिचो गर्ने अधिकार दिदैँन।”उक्त टिप्पणीलाई भारतमा सामाजिक सञ्जालहरूमा व्यक्त भएका आलोचनाको अप्रत्यक्ष जबाफका रूपमा हेरिएको थियो।

अहिलेको नीति कस्तो?
मुइज्जुको प्रशासनले एउटा चिनियाँ अनुसन्धान पानीजहाज ‘शियाङ याङ हङ ३’ लाई रोकिने अनुमति दियो जसले दिल्लीलाई असन्तुष्ट बनाएको थियो।कतिपयले उक्त पानीजहाजको उद्देश्य तथ्याङ्क सङ्कलन गर्ने रहेको भन्दै त्यसलाई पछि चिनियाँ सेनाले पनडुब्बी कारबाहीहरूमा प्रयोग गर्नसक्ने समेत टिप्पणी गरेका थिए।

यसै वर्षको जुन महिनामा तेस्रो कार्यकालका लागि निर्वाचित प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा मुइज्जु सहभागी भएपछि सम्बन्धमा सुधारको सङ्केत देखिएको थियो।अगस्ट महिनामा भारतीय विदेशमन्त्री एस जयशङ्करले माल्दिभ्स भ्रमण गरेपछि दुइपक्षीय सम्बन्धलाई नयाँ दिशा दियो।

“माल्दिभ्स हाम्रो ‘छिमेक पहिला’ नीतिको एउटा आधारशिला हो,” उनले मालेमा भनेका थिए।“ठ्याक्कै मेरा प्रधानमन्त्री नरेन्द्र मोदीको शब्दमा भन्नुपर्दा भारतका लागि छिमेक प्राथमिकता हो र छिमेकमा पनि माल्दिभ्स प्राथमिकता हो,” उनको भनाइ थियो।

दिल्लीका लागि माल्दिभ्सको सम्बन्धमा देखा पर्दै गरेको परिवर्तन सकारात्मक हो।हालै बाङ्ग्लादेशमा भारतसँग मित्रवत् सम्बन्ध रहेको सरकारको नेतृत्व गरेकी पूर्व प्रधानमन्त्री शेख हसिना पदबाट हट्न बाध्य भएकी थिइन्।

अर्को छिमेकी नेपालमा भारतीय नीतिहरूको आलोचना गर्ने गरेका केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन्।मुइज्जुले भारतलाई चिढाउनु ठिक विकल्प नभएको बुझेका छन् र उनको त्यो सुझबुझमा विशेष कारणहरू छन्।अघिल्लो वर्ष माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकहरूको सङ्ख्या ५० हजारले घटेको थियो। त्यसले गर्दा माल्दिभ्सले १५ करोड डलर नोक्सानी बेहोर्नु पर्‍यो।

मुइज्जुलाई के थाहा छ भने यदि उनले भारतबाट आर्थिक सहयोग प्राप्त गरेनन् भने, माल्दिभ्स रौनक गुमाएको स्वर्ग बन्नसक्छ। त्यही भएर उनको भारत भ्रमण महत्त्वपूर्ण छ।बीबीसी

Previous Post

नेप्से परिसूचकमा ५६ अङ्कको बृद्धि

Next Post

पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ

सम्बन्धित खबर

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप
समाचार

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

२६ बैशाख २०८३,
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
Load More
Next Post
पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ

पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In