• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ

by
२० अशोज २०८१,
0
पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका खेलाडीले मौरिस हर्जोग पदमार्ग र संसारको सातौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरेका छन् । घराम्दीका भलिबल खेलाडीको १९ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलाबाट त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेका फोहर व्यवस्थापन गरेका हुन् ।

कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर जलाइएको सरसफाइ कार्यक्रमको अगुवाई गरेका धनकुमार पाइजाले बताए । यही असोज १७ गते आधार शिविरतर्फ गएको १९ जनाको टोली आज बिहान फर्किएको छ ।

“पर्यटक आगमन बढ्न थालेसँगै मौरिस हर्जोग पदमार्गमा फोहर बढ्न थालेकाले सरसफाइका लागि सन्देश दिन कार्यक्रम गरिएको हो”, पाइजाले भने, “यहाँको सुन्दरतालाई कायम गर्न फोहर व्यवस्थापनप्रति पर्यटकसहित सरोकार भएका सचेत हुनुपर्ने छ । अहिले गरिएको सरसफाइ कार्याक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।”

घराम्दी गाउँको विकास र प्रवर्द्धनमा सहयोग गर्दै आएका हाल बेलायत निवासी पाइजा र फगामीले भ्रमण तथा सरसफाइ टोलीको सबै खर्च व्यक्तिगत रुपमा व्यवस्थापन गरेका थिए । आठ हजार मिटर अग्लो पहिलो मानव पाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं–४ मा पर्दछ ।

फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो ।

मौरीस हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पछिल्लो दुई वर्षयता आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले बताए ।

गत वसन्तयाममा २५ जनाले अन्नपूर्ण आरोहणको अनुमति लिएका पर्यटन विभागले जनाएको छ । चालु शरदयाममा भने कसैले पनि अन्नपूर्ण आरोहणको अनुमति लिएका छैनन् । मौरिस हर्जोग पदमार्गका अभियान्ता गुरुङले दैनिकजसो आन्तरिक पर्यटकहरु आधार शिविर जान थालेका बताए ।

हुमखोला हुँदै गुरासेडाँडा, फुतफेते झरना, सम्धीखर्क, भुसकेत, नारच्याङ पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामाकरण गरिएको उनले जानकारी दिए ।

नारच्याङबाट ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किमी सडकको मार्ग खोलिएको छ । विसं २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सवसमेत आयोजना गरिएको थियो ।

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँको थप आकर्षणको रुपमा रहेको छ ।

होटल तथा लजको सुविधा नभएको यस पदमार्गमा पदयात्रीले आफैँ खाने सामग्री लैजानुपर्छ । पाँच ठाउँमा आश्रयस्थल निर्माण भएका छन् । अष्ट्रेलियामा रहेकी रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा आश्रयस्थल, सार्वजनिक शौचालयलगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको एक करोड बजेट कार्यान्वयनको तयारी भइरहेको बताए । उनले यस क्षेत्रमा पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिने जानकारी दिए ।

Previous Post

‘आर्थिक सङ्कट’ टार्न भारतको साथ खोज्दै माल्दिभ्सका राष्ट्रपति दिल्ली भ्रमणमा

Next Post

एक वर्षसम्म पनि अरुण तेस्रो प्रवेशमार्गका पीडितकाे रकम आएन

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
एक वर्षसम्म पनि अरुण तेस्रो प्रवेशमार्गका पीडितकाे रकम आएन

एक वर्षसम्म पनि अरुण तेस्रो प्रवेशमार्गका पीडितकाे रकम आएन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In