• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

समुद्रले निल्दै नाइजेरियाली बस्ती

metakhabar by metakhabar
२ भदौ २०८३,
0
समुद्रले निल्दै नाइजेरियाली बस्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै सङ्कटमा परेको छ । हरेक वर्ष समुद्रतट साँघुरिँदै गएको छ भने समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमिनमा छरिएका छन् । घर गुमाएका परिवारहरू भित्री भूभागमा पुनःनिर्माण गरेर बस्न थाले पनि केही समयमै समुद्रले फेरि उनीहरूको बस्तीलाई चपेटामा पार्ने गरेको छ ।

डुङ्गाबाट मात्र पुग्न सकिने बालुवाको साँघुरो भूभागमा हिँड्दै ३५ वर्षीय थोम्पसन अकिङबोयले भन्नुभयो, “हामी मानिसहरूका घरमाथि हिँडिरहेका छौँ ।” करिब १० हजार मानिसको बसोबास रहेको आयटोरो सन् १९४७ मा सामुदायिक स्वामित्वमा आधारित समाज निर्माण गर्न चाहने कम्युनिस्ट विचारबाट प्रभावित इसाईहरूको समूहले स्थापना गरेको थियो ।

तर सन् २००० को दशकदेखि बस्तीमा तटीय क्षरण तीव्र हुँदै गएको छ । इलाजे जिल्लाका अन्य १९ समुदाय पनि यसबाट प्रभावित छन् । नगर योजना विशेषज्ञ बार्नाबास ओगिरिमा जेम्सको अध्ययनअनुसार सन् १९८७ देखि २०२२ सम्म आयटोरोको तटरेखा हरेक वर्ष औसत १५ मिटर पछाडि सरेको छ ।

सन् २०२४ मा प्रकाशित ‘साइन्टिफिक रिपोर्ट’ को अध्ययनले पश्चिम अफ्रिकाको गिनीको खाडीमा समुद्री सतह हरेक वर्ष करिब ३.९ मिलिमिटरले बढिरहेको र यो विश्वव्यापी औसतभन्दा १०.५ प्रतिशत बढी रहेको जनाएको थियो ।

आयटोरोका परम्परागत राजा ओलुवाम्बे ओजाग्बोहुन्मीले १४ वर्षअघि खिचिएको तस्बिर देखाउँदै भन्नुभयो, “त्यतिबेला यहाँ भवनहरू थिए । अहिले तीमध्ये कुनै पनि बाँकी छैनन् ।” उहाँका अनुसार दरबारमा पहिले करिब १०० कोठा थिए, अहिले करिब एक दर्जन मात्र बाँकी छन् । समुद्र नजिकिएको उहाँको शयनकक्षमा राति छाल पर्खालमा ठोक्किएको आवाज सुनिन्छ ।

“यो हाम्रो भूमि हो । हामी कहाँ जाने ? यो निकै जटिल अवस्था हो”, उहाँले भन्नुभयो ।

अप्रिलमा आएको आँधीका कारण समुद्रको सतह बढ्दा दरबारका बासिन्दा एक सातासम्म घरभित्रै थुनिएका थिए । राजाका व्यक्तिगत सहायक तथा माछा मार्ने अकिङबोयका अनुसार सन् २०१९ मा समुद्रले उहाँका बुबाको घर बगाएपछि आफूले जोगाउन सकेको एउटै वस्तु विश्वविद्यालयको प्रमाणपत्र थियो । केही परिवार तीन पटकभन्दा बढी स्थानान्तरण भइसकेका छन् ।

लागोस विश्वविद्यालयका ल्यान्डस्केप आर्किटेक्चर अनुसन्धानकर्ता ओलुवासेगुन बाबातुन्डे एसानका अनुसार तीव्र सहरीकरणसँगै बाढीका मैदान, दलदल र तटीय क्षेत्रसमेत मानव बसोबास तथा औद्योगिक गतिविधिका लागि प्रयोग भइरहेकाले समस्या थपिएको हो । उहाँले तटीय क्षेत्रमा कडा नियमनसँगै म्यानग्रोभ र नरिवलका रूख रोपेर प्राकृतिक अवरोध विकास गर्न सुझाव दिनुभयो ।

समुद्री पानीको अतिक्रमणले आयटोरोको स्वास्थ्य र शिक्षामा समेत असर पारेको छ । बस्तीको एकमात्र स्वास्थ्य केन्द्र पानीको चपेटामा परेको छ । स्वास्थ्यकर्मी ओमोमी ओलुवासेनले पानी कहिलेकाहीँ झ्यालसम्म पुग्ने गरेको बताउनुभयो । समुद्री पानीका कारण खानेपानी प्रदूषित हुँदा टाइफाइड र झाडापखालाजस्ता पानीजन्य रोगको जोखिम बढेको उहाँले बताउनुभयो ।

४५ वर्षीय शिक्षक सन्डे अकिन्जोयका अनुसार विद्यालयहरू पनि घरहरूजस्तै पटक–पटक स्थानान्तरण गर्नुपरेको छ । “यसले बालबालिकामा मनोवैज्ञानिक असर पारेको छ । उनीहरूको पढाइमा ध्यान केन्द्रित गर्ने क्षमता निकै घटेको छ”, उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनसँगै समुद्री सतह बढ्दै जाँदा आयटोरोजस्ता नाइजेरियाली तटीय बस्तीमा घर, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको सङ्कट झन् गहिरिँदै गएको छ ।

Previous Post

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

Next Post

बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

metakhabar

metakhabar

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In