• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गुल्मीमा किसानलाई बजारसँग जोड्न ‘पैँचो पसल’

by
११ अशोज २०८१,
0
गुल्मीमा किसानलाई बजारसँग जोड्न ‘पैँचो पसल’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी संकलन केन्द्रमा पुग्छन्। केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए ? त्यसको मूल्य कति हो ? निर्धारण गरेर पठाउँदैमा बित्छ ।

किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ । कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन । पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ ।
संकलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ । स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि संकलन केन्द्रमै उपलब्ध हुन्छ । किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट कति मूल्यको सामान लिएर गए भन्ने जानकारी पनि मोबाइलमै आउँछ ।

किसानलाई सामान उपलब्ध गराउँदै उनीहरूको तरकारी खरिदलगायतसम्मको कामको व्यवस्थापन ‘पैँचो पसल’ले गरिदिएको छ । आफूअनुकूलको सेवा सहजै प्राप्त हुँदा किसान पनि खुसी छन् ।

ग्रामीण क्षेत्रमा यो प्रचलन कम हुँदै गए पनि अझै पनि जीवित नै छ । आफूलाई चाहिएको सामग्री एकापसमा सरसापट गरेर लिने र काम चलाउने प्रक्रियालाई पैँचो भनिन्छ । त्यस्तै शैलीमा व्यवसायी धु्रव न्यौपानेलगायतले पैँचो पसलको अवधारणा अगाडि सारेका हुन् ।

पाण्डे यो अभियानमा जोडिनुभएको १० वर्ष भयो । गुल्मी छत्रकोटका अगुवा किसानको परिचयसमेत बनाएका पाण्डे आफैंले पनि वार्षिक १० लाख रुपैयाँ बराबरको तरकारी बिक्री गर्छन् । उनले १२ रोपनी जग्गामा तरकारीखेती गरेका छन् ।

गोलभेँडा, भिन्डी, बोडी, रातो मुला, तीतेकरेला बारीमा फलेका छन् । बजारको कुनै चिन्ता छैन । किसानलाई प्रत्यक्ष रूपमा उपभोक्तासँग जोड्ने र सरल मूल्यमा ताजा तरकारी एवं कृषि उपज उपलब्ध गराउने उद्देश्यका साथ सुरु भएको पैँचो पसलको अवधारणा यतिबेला देशव्यापी हुने क्रममा छ ।

सो अवधारणामा जोडिएका किसानलाई मल, बीउको प्रबन्ध गर्नेदेखि कृषि प्राविधिक उपलब्ध गराउने कामसमेत गरिएको छ । किसानले कुनै समस्या परे, पशुचौपायामा कुनै रोगव्याधी लागे प्राविधिक पुग्छन् र समाधानको उपाय सुझाउँछन् ।

यो अवधारणाबाट लाभान्वित हुनेमा गुल्मीकै सरोज राना पनि एक हुन् । वैदेशिक रोजगारीमा पाएको दुःखकष्ट र हण्डर सबै बिर्सेर आफ्नै थलोमा फर्किएका रानाको दैनिकी यतिबेला तरकारी स्याहार्दै बित्ने गरेको छ । उनले ७ रोपनी जग्गामा तरकारीखेती गरेका छन् ।

‘हामीलाई यसले धेरै फाइदा भएको छ । उत्पादित तरकारी लिन गाउँमै गाडी आइपुग्छ । बिचौलियाले खाइदेला कि, कम मूल्यमा बेच्नुपर्‍यो कि भन्ने कुनै गुनासो छैन’, उनले भने, ‘किसानले उत्पादन गरेको हरिया सागसब्जी उपभोक्ताको भान्छामा सहजै पुगेको छ । यो भन्दा खुसीको कुरा अरु के हुनसक्छ र ?’

उनको बारीमा यतिबेला सिमी, गोलभेँडा फलेका छन् । एक हजार बिरुवा सयपत्रीका छन् । तिहारमा सयपत्रीले राम्रो मूल्य पाउने आशामा रहेका राना बन्दा, काउली मुला, गाँजर पनि लगाउने तयारीमा छन् । इत्तेहाद एयरलाइन्सको जागिरवाल भएर साउदी अरब पुगे पनि ठेकेदारको काम गर्दा उचित पारिश्रमिक नपाएपछि घर फर्केर उनले सुरु गर्नुभएको तरकारीखेतीले गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मबल बढाइदिएको उनी बताउँछन् ।

केन्द्रमा रानाजस्तै ३० जना किसान परिवारले तरकारी उपलब्ध गराउँछन् । गुल्मी सत्यवतीका लोकबहादुर कुँवर पैँचोको अवधारणा राम्रो भए पनि स्थानीय सङ्कलन केन्द्रका मानिसको व्यवहार किसानमैत्री नभएको गुनासो गर्छन् ।

समयमा पैसा नपाएको गुनासो गर्नुहुने कुँवरले पनि तरकारी पैँचोलाई नै बिक्री गर्छन् । उनको सुझाव छ, ‘किसानले प्राप्त गरेको पैसा सहज रूपमा पाउने वातावरण बनाइदिएहुन्थ्यो भन्ने लाग्छ ।’

घरपरिवारलाई चाहिने दाल, चामल तथा अन्य उपभोग्य वस्तु घरमै आइपुग्ने गरेको बताउने कुँवर किसानलाई थप राहत दिनेगरी योजना ल्याउन पैँचोका अभियन्तालाई आग्रह गर्छन् ।

छत्रकोट–४ रुक्सेका रामकृष्ण कँडेलको बारीमा तीते करेला, घिरौला, लौका, सिमी, कागती फलेका छन् । उनी सो गाउँको अगुवा किसानमात्रै नभई संकलन केन्द्रको प्रमुखसमेत हुन् । औसतमा दैनिक सात क्विन्टल बराबरको तरकारी उनको संलन केन्द्रमा जम्मा हुने गरेको छ ।

कँडेल सबै किसानले गाउँघरमै उचित मूल्य पाएको दाबी गर्छन् । कँडेललाई सुरुमा पैँचो पसल अवधारणाप्रति विश्वास लागेको थिएन । ‘मलाई सुरुमा यो नहुने कामजस्तो लाग्थ्यो, पछि बुझ्दै जाँदा सहीजस्तो लाग्यो । पछि तरकारीखेती गर्न थालेँ, गाउँमै सङ्कलन केन्द्र पनि स्थापना भयो’, उनले भने, ‘अहिले सङ्कलन केन्द्रको जिम्मेवारी नै लिएको छु । आफ्नो बारीमा फलेका तरकारी पनि ल्याउँछु । अरु किसानको पनि संकलन गर्छु ।’

हरेक दिन तरकारी जोख्ने, हिसाब राख्ने काम गर्ने गरेको जानकारी दिँदै कँडेलले यो अवधारणाले किसानलाई राहत प्रदान गरेको बताउँछन् । किसानले सबै जानकारी मोबाइलमा नै पाउने भएकाले पनि यो प्रणाली पारदर्शी रहेको उनको भनाइ छ ।

‘बजारमा एकाध दिन बढी मूल्य पाए पनि किसानले अन्यत्र लैजाँदैनन् । पैँचोले हरेक दिन तरकारीको मूल्य निर्धारण गर्छ । मूल्य निर्धारण गर्ने विधिमा माग र आपूर्तिलाई केन्द्रमा राखेर तथ्यांक विश्लेषण गरिन्छ । तय भएको मूल्यका आधारमा किसानलाई उपलब्ध गराइन्छ’, उनले भने, ‘किसानले पैसा नपाएको भन्ने कुनै जायज गुनासो सुन्नुपरेको छैन ।’

गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जाका किसानले उत्पादन गरेको तरकारी, फलफूल, खाद्य उपज पैँचोको आफ्नै बजारमा पुग्छ । रुपन्देही, मणिग्राममा पैँचो बजार सञ्चालनमा छ । यस्तै गुल्मीको रुरुमा प्रशोधन केन्द्र सञ्चालनमा छ ।
प्रमुख न्यौपानेका अनुसार हरेक दिन १२ बजे अर्को दिनको मूल्य निर्धारण गरिन्छ । ‘हामीले विशेष प्रकारको सफ्टवेयर सञ्चालनमा ल्याएका छौँ । त्यसबाट किसानले आफ्नो हिसाब मोबाइलमा नै जानकारी पाउँछन् । कृषि प्राविधिक, पशु प्राविधिक उपलब्ध गराएका छौँ । हामीले किसानलाई केन्द्रमा राखेका छौँ । किसान सबल हुँदै जाँदा हाम्रो व्यवसाय आफैँमा विस्तार हुन्छ’, उनी भन्छन् ।

ग्रामीण क्षेत्रमा उत्पादन हुने हरेक कृषि उपजको बजार विस्तार गर्ने लक्ष्यका साथ सुरु भएको पैँचो पसलले आर्थिक वर्ष २०८०/८१ मा मात्र ४५ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । चालु आर्थिक वर्षमा ७५ करोड रुपैयाँ बराबरको कारोबार पुर्‍याउने लक्ष्य राखेको छ ।

संस्थाका कारण संयुक्त रूपमा काम गर्नुपर्छ भन्ने भावनाको विकास भएको उनको दाबी छ । गुल्मीको पल्लीकोटमा १८ जना महिलाले समूह बनाएर सामूहिक खेती गरेका छन् । त्यसबाट उचित लाभ हासिल गरेका छन् । सरकारले काम गर्ने किसानलाई भन्दा पनि गैरकिसानलाई अनुदान दिएको गुनासो आइरहेको बेला न्यौपाने उत्पादित वस्तु सहज रूपमा बजारमा पुर्याउने वातावरण नबन्दासम्म वास्तविक किसानले राहत नपाउने बताउँछन् ।

अमेरिका, जापान, युरोपका विभिन्न देशका अलावा भारतका विभिन्न सहरमा समेत पैँचो उद्योगबाट उत्पादित सामग्री पुगेका छन् । यस्तै तामा, आँप, सुन्तला, हर्रोबर्रोको पनि उचित बजार विस्तार गरिएको छ ।

गुल्मीको पल्लीकोटका किसानले मात्रै एक करोड बराबरको आँप, सुन्तला, हर्रोबर्रो बिक्री गरेको जानकारी दिँदै उनले व्यवस्थित तवरले सात सय ५३ वटै स्थानीय तहमा सङ्कलन केन्द्र स्थापना गर्ने र किसानलाई विश्वास दिलाउने हो भने कृषिबाटै आत्मनिर्भर बन्न सकिने बताए ।

Previous Post

सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

Next Post

अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि

अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In