• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

    पिरोमा ‘गुलियो’ खुसी

    पिरोमा ‘गुलियो’ खुसी

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छ’

by
८ अशोज २०८१,
0
‘नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिएकी छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा. राणाले सोमबार न्युयोर्कमा महिला राजनीतिक नेताहरूको एक उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै विगत सम्झँदा निकै कहालीलाग्दो अवस्था भएपनि पछिल्ला बर्षहरुमा नेपालले यस क्षेत्रमा प्रगति गरिरहेको बताइन् ।

उनले भनिन् ‘सबैभन्दा पहिला त खुसीको कुरा म के सुनाउन चाहन्छु भने नेपालको वर्तमान संविधानले महिलाको प्रजनन अधिकार र सुरक्षित मातृत्वको विषयलाई मौलिक हकअन्तर्गत नै राखेको छ । संविधानको मौलिक हकमा यो व्यवस्था राख्ने एसियाका थोरैमध्येको नेपाल पनि एक देश हो । महिलालाई दिइएको प्रजनन अधिकारका क्षेत्रको यो सबैभन्दा बलियो कानुनी प्रावधान हो भन्ने मलाई लाग्दछ ।’

बिगतमा असुरक्षित गर्भपतनका कारण नेपालका कैयौँ महिलाको ज्यान जाने गरेको, उनीहरु कानुनी कारबाहीको भागिदार बन्नुपरेको र कैयौँ महिला जेल पर्ने गरेको प्रसङ्ग पनि उनले सुनाइन् ।

उनले भनिन् ‘एक समय त यस्तो पनि थियो कि जेलमा परेका एक सयजना महिलामध्ये आधाभन्दा बढी त भ्रुण हत्याको अभियोगमा थिए । तर पनि यसमा पुरुषहरुको दोष या अपराध भने कतै देखाइँदैनथ्यो । हामीले ती महिलाको पक्षमा वकालत गर्यौं र उनीहरूलाई जेलमुक्त गरायौँ । अहिले त्यस्तो अवस्था छैन । महिलाहरूले सुरक्षित रुपमा गर्भपतन गराउने अधिकार पाएका छन् र सुरक्षित छन् ।’

महिलाहरूको यो अवस्थाका विरुद्धमा आफूहरू विगत लामो समयदेखि सङ्घर्ष गरेको अनुभव पनि उनले सुनाइन् ।

उनले भनिन् ‘नेपालका महिलाको अवस्था यस्तो भएपछि हामीले महिलाको प्रजनन अधिकारका पक्षमा अभियान नै चलायौँ । संयोगबीच मेरा श्रीमान शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बने र विशेषगरी यस विषयमा मेरो नेतृत्वमा नेपालका सबै पार्टीका महिलाले ‘लबिङ’ गरेका थियौँ । त्यसपछि सुरक्षित गर्भपतन र महिलाको प्रजनन अधिकारसम्बन्धी कानुनी प्रावधान आयो ।’

वर्तमान संविधानमा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वसम्बन्धी अधिकारको व्यवस्था राख्नका लागि आफूहरुले गरेको सङ्घर्षको कथा सुनाउँदै मन्त्री डा राणाले भनिन् ‘संविधान तयार पारिरहेको तत्कालीन संविधानसभाका छ सय एकमध्ये हामी दुई सय ७३ सदस्य त महिला नै थियौँ । हामीले तयार पारेको पहिलो मस्यौदा नै गायब पारिएछ । कुनै पुरुष सांसदले त्यो गायब पारेहोलान् भन्ने लाग्यो । पछि सबै पार्टीका महिला सांसद एक भयौँ र दबाब दिएर त्यसलाई पारित गराएरै छोड्यौँ ।’

उनले विकसित राष्ट्रहरुका तुलनामा नेपालको कूल ग्राहस्थ्य उत्पादन अत्यन्तै थोरै भए पनि मानव विकास सूचकाङ्कमा भने नेपालले प्रगति गरिरहेको प्रसङ्ग उल्लेख गर्दै महिलाको प्रजनन अधिकार, सुरक्षित मातृत्व र अन्य धेरै यस्तै महिला अधिकारका कारण यो सम्भव भएको धारणा पनि राखिन्।

Previous Post

को हुन् श्रीलंकाका नयाँ राष्ट्रपति दिसानायके ?

Next Post

न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’

सम्बन्धित खबर

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आवाज

अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

१८ असार २०८३,
पिरोमा ‘गुलियो’ खुसी
आवाज

पिरोमा ‘गुलियो’ खुसी

१८ असार २०८३,
ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
आवाज

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

१८ असार २०८३,
फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
आवाज

फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
आवाज

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

१८ असार २०८३,
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
समाचार

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

१८ असार २०८३,
Load More
Next Post
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’

न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In