काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो सरसामान खरिद नगर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भड्किलो सामान खरिद नगर्न निर्देशन दिएको जानकारी दिए।
मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सर सामान खरिद नगर्न निवास व्यवस्थापन शाखालाई निर्देशन दिएका हुन्।
सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेपछि एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। उनले आज बेलुका ४ बजे शपथ लिने कार्यक्रम छ।













