विधि
– पेटको बलमा सुत्नुहोस् । हातलाई अगाडि फैलाएर हत्केलाहरुलाई जमिनमा सीधा राख्नुहोस् । खुट्टा सीधा र पैताला पछाडि तन्किएको होस् । टाउको दुवै हातको बीचमा राख्नुपर्छ ।
– श्वासभित्र भरेर हातलाई अगाडि तथा खुट्टालाई पछाडि तान्नुहोस् । पृष्ठ भाग वा पछाडिको भागमा कम्पन हुन्छ । श्वासलाई बाहिर छोड्दै शरीरलाई हलुका छाड्नुहोस् । यसरी तीनचार पटक दोहो¥याउन सकिन्छ ।
लाभ
– मेरुदण्ड, यसबाट निस्कने नशाहरु र हड्डीहरुलाई फाइदा पु¥याउँछ ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट













