• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चक्लाबन्दीपछि १,८५० रोपनी बाँझो जग्गा हराभरा

by
३० भदौ २०८१,
0
चक्लाबन्दीपछि १,८५० रोपनी बाँझो जग्गा हराभरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । चक्लाबन्दीमा गरिएको अधिकांश बाँझो जग्गा फलफूल खेतीले हराभरा हुन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउन गरिएको चक्लाबान्दी कार्यक्रम प्रभावकारी बनेको छ ।

तरकारी खेती बाहेक ओखर, कागती, सुन्तला, स्याउ र किबीखेती अधिकांश बाँझो जग्गा सदुपयोग गरी चक्लाबान्दी कार्यक्रमअन्तर्गत विस्तार गरिएको छ । बागलुङमा बाँझो जग्गाको उपगोगिता बढाउन ल्याइएको चक्लाबान्दी कार्यक्रम सफल भएको छ । चक्लाबन्दी कार्यक्रमअन्तर्गत चार वर्षयता सुन्तला एक सय ४० रोपनी, ओखर चार सय ४०, तरकारी चार सय, कागती दुई सय ५०, स्याउ पाँच सय ४० र किबी ८० रोपनी क्षेत्रफलमा विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिए । चक्लाबन्दीमा खेती गरेको तरकारी र सुन्तलाबोहक अन्य जग्गा खेतीयोग्य भएर पनि बाँझो रहेको उनले बताए ।

‘एउटा चक्लाबन्दी कार्यक्रमका लागि १० लाख खर्च हुन्छ, १५ स्थानमा चक्लाबन्दी सम्पन्न भइसकेको छ, चालु आर्थिक वर्षमा तीन स्थानमा चक्लाबन्दीका लागि ३० लाख बजेट विनियोजन भइसकेको छ’, निमित्त प्रमुख पौडेलले भने, ‘ओखरसहित फलफूलखेतीको अधिकांश खेतीयोग्य जग्गा पछिल्लो समय बाँझो रहेको थियो, अहिले त्यही बाँझो जग्गामा चक्लाबन्दीका कारण कागती, स्याउ तथा ओखरका बिरुवा हुर्किरहेका छन् ।’

चक्लाबन्दीका कारण कृषिमा आधुनिकीकरण गर्न सकिने, यन्त्रको प्रयोगले खेती गर्न सकिने र धेरै उत्पादन गर्दा बजारको समस्या नहुने भएकाले किसान चक्लाबन्दीमा आकर्षित भएका हुन् । चक्लाबन्दी कार्यक्रमअन्तर्गत जैमिनी नगरपालिका–२ मा सुन्तलाखेती, महाशिला गाउँपालिका–१, बागलुङ नगरपालिका–९ र जैमिनी नगरपालिका–३ मा ओखरखेती, बागलुङ नगरपालिका–८ सिगाना, जलजला गाउँपालिका–७ र कुश्मा नगरपालिका–११ मा तरकारीखेती, ढोरपाटन नगरपालिका–९ स्थित नवी, मसलगायत गाउँमा स्याउखेती, बागलुङ नगरपालिका–१२ मा कागतीखेती र निसीखोला गाउँपालिका–४ थापागाउँमा किबीखेती विस्तार गरिएको छ ।

बाँझो जग्गालाई एउटै पलट बनाउने, जग्गाकोे खण्डीकरण मिलाउने र एकल बाली लगाउने कामलाई चक्लाबन्दीका रूपमा लिने गरिन्छ । बाँझो जग्गामा एकीकृत खेती गर्न किसानलाई चक्लाबन्दी कार्यक्रमले आकर्षित गरेको ढोरपाटन नगरपालिका–९ का चिरनकुमार घर्तीले बताए । बाँझिन थालेको एक सय रोपनी जग्गा चक्लाबन्दी गरेर एक हजार दुई सय स्याउका बिरुवा लगाएको बताए ।

बसाइँसराइले क्रमशः गाउँका जग्गा बाँझो पल्टिने, जग्गाको खण्डीकरणका कारण यन्त्रिकीकरण गर्न नसकिने तथा एकल बालीका लागि उपयुक्त जग्गाको अभावका कारण चक्लाबन्दीको योजना ल्याइएको छ । चक्लाबन्दी कार्यक्रममा समावेश हुनका लागि फर्मको ६० रोपनी र समूहको एक सय रोपनीभन्दा माथि जग्गा हुन आवश्यक छ । चालु आवमा तीन स्थानको चक्लबान्दीका लागि रु ३० लाख बजेट विनियोजन भएको र तिहारपछि चक्लाबन्दी कार्यक्रमको छनोट गरिने छ ।

जोन कार्यक्रमले बाख्रा र आलु उत्पादनमा वृद्धि
बागलुङमा प्रधानमन्त्री कृषि परियोजनामार्फत सञ्चालन भएको आलु र बाख्रा जोन कार्यक्रमले उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ देखि आलु र आव २०७८/७९ देखि बाख्रा जोन सञ्चालन हुँदै आएको छ । उच्च पहाडी क्षेत्रमा आलु र बाख्रापालनको सभावना तथा प्रशस्त चरन क्षेत्र भएको ठाउँमा बाख्रा जोन क्षेत्र बनाएर उत्पादनमा वृद्धि भइरहेको छ । प्रधानमन्त्री कृषि परियोजनामार्फत आलु जोन कार्यक्रमले बागलुङका पाँच पालिकाका केही वडालाई समेटिएको छ भने बाख्रा जोन कार्यक्रमले तीन पालिकाका केही वडालाई समेटिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिककीरण प्ररियोजनाका निमित्त वरिष्ठ कृषि अधिकृत नाराण पौडेलले आलु जोन कार्यक्रमले १२ प्रतिशत उत्पादनमा वृद्धि गराएको र बाख्रा जोन कार्यक्रमले ५५ प्रतिशत उत्पादनमा वृद्धि भएको बताए । आलु र बाख्रा जोन कार्यक्रमले आलु र मासु उत्पादनमा समेत वृद्धि गराउन सफल भएको छ । बागलुङको उच्च पहाडी क्षेत्रमा पाइने आलु निकै स्वादिष्ट भएकाले यहाँको आलुको उत्पादन बढाउन आलु जोन सञ्चालन गरिएको हो ।

ढोरपाटन नगरपालिका, बडिगाड, ताराखोला, गलकोट नपा, निसीखोला गाउँपालिकाको केही वडा समेटेर सञ्चालन गरिएको आलु जोनले आलुको उत्पादनमा १२ प्रतिशले बढाएको तथ्याङ्क छ । ढोरपाटन नगरपालिका, बडिगाड, ताराखोला, गलकोट नपा, निसीखोला गाउँपालिकाको केही वडा समेटेर सञ्चालन गरिएको आलु जोनले आलुको उत्पादनमा १२ प्रतिशले बढाएको तथ्याङ्क छ ।

‘बागलुङमा क्रमशः अलैँची जोन, गाई तथा भैँसी जोन र त्यसपछि धान जोनको कार्यक्रम ल्याउने लक्ष्य रहेको छ, चालु आवमा अलैँची जोन बनाउन बजेट विनियोजन गरेका छौँ, जैमिनी नगरपालिका, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा गलकोट सहित आठ स्थानीय तहलाई समेटेर अलैँची जोन बनाउने तयारी छ’, निमित्त प्रमुख पौडेलले भने ।

यस्तै बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही वडालाई समेटेर आव २०७८/७९ देखि सुरु भएको बाख्रा जोन कार्यक्रमले मासुको उत्पादनमा ५५ प्रतिशतले वृद्धि गरेको निमित्त प्रमुख पौडेलले जानकारी दिए । बाख्रा जोन सुरु हुँदा २६ हजार छ सय ७५ बाख्रा रहेकामा हाल बाख्राको ४१ हजार पाँच सय १३ पुगेको छ । आलु जोन बागलुङका पाँच पालिकाको छ सय १० हेक्टर क्षेत्रफलमा फैलएको छ । बाख्रा जोन कार्यक्रमले तीन पालिकाको २९ बाख्रा फार्मलाई समेटिएको छ । जोनअन्तर्गत बीउपुँजी, यन्त्रिककीरण, खोर सुधार तथा बजारीकरणका लागि परियोजनाले सघाउँदै आएको पौडेलको भनाइ छ ।

आलु जोन कार्यक्रममा तीन समूहमार्फत सञ्चालन भइरहेको छ भने बाख्रा जोन कार्यक्रम २६ निजी उद्यमी, दुई सहकारी र एक समूहले सञ्चालन गर्दै आएको छ । आलु र बाख्रा जोन प्रभावकारी बन्दै गएपछि बागलुङ र पर्वतका केही पालिकालाई समेटेर अलैँची जोन बनाउन थालिएको छ ।

Previous Post

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

Next Post

सिमलतालबाट त्रिशूली किनारमा ट्रक खस्यो

सम्बन्धित खबर

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
आवाज

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

२४ असार २०८३,
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
जीवन शैली

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

२४ असार २०८३,
आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
आवाज

आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

२४ असार २०८३,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
Load More
Next Post
सिमलतालबाट त्रिशूली किनारमा ट्रक खस्यो

सिमलतालबाट त्रिशूली किनारमा ट्रक खस्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In