• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट

by
२४ भदौ २०८१,
0
संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत।दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको लुमरेङकोट संरक्षणको पर्खाइमा छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधार अभावमा ओझेलमा परेको हो ।

नेपाल एकीकरणपूर्व चौबीसे राज्यकालमा शक्तिशाली मानिने लुमरेङकोटमा अहिले पनि हातहतियारदेखि तरबारको आक्रमणबाट बच्न ढालका रूपमा प्रयोग हुने सामग्री रहेका छन् । ती ऐतिहासिक तथा पुरातात्विक सामग्री संरक्षण अभावमा हराउने खतरा बढेको छ ।

भुरे राजाको दरबार रहेको लुमरेङकोट बाइसे चौबीसेकालमा शक्तिशाली मानिन्थ्यो । यहाँ अहिले मन्दिर र सत्तल रहेको छ । सत्तलको एउटा दराजमा युद्धमा प्रयोग भएका दरबार, खुँडा, गैँडाको छालाबाट बनेका ढाल रहेका छन् । तर यी सामग्री रङरोगन गरिएकाले तिनको ऐतिहासिकता हराएको छ ।

कुनै–कुनै हतियारमा सन् १७३४ एडी लेखेको समेत भेटिएको स्थानीय अगुवा धनबहादुर थापाले बताए । पुरातात्विक महत्त्व बोकेका यस्ता सामग्री हराउन थालेपछि स्थानीयस्तरबाट संरक्षणको प्रयास थालिएको उनको भनाइ छ ।

तत्कालीन समयमा लुमरेङकोटका राजा चन्द्र सिंह निकै पराक्रमी थिए । उनका छोरा चतुर सिंह र भानुप्रताप सिंह रहेका बेला कुनै राज्यले आक्रमण गरेर नियन्त्रणमा लिन नसकेको इतिहास छ । पैंयुकोटे राजाले जासुसी गरेर चन्द्र सिंहका छोरा विहादीको फाँटमा रोपाइँ गर्न गएको मौकामा लुमरेङकोटमा आक्रमण गरेका थिए ।

आक्रमणमा परेर चन्द्रसिंहको कोटमै मृत्यु भएको थियो भने एकजना छोराको बीच भागमा र अर्का एक जनाको रोपाइँ गर्ने स्थानमा मृत्यु भएको इतिहास भएको थापाले जानकारी दिए । रोपाइँका बेला बाजा बजाउन प्रयोग भएको दमाहा स्थानीय दमाई जातिको घरमा अझै भेटिन्छन् । त्यसपछि लुमरेङकोटको अस्तित्व समाप्त भएर पैँयुकोटमा सरेको थियो ।

पर्वतको बिहादी, पैँयु गाउँपालिकाको अग्लो भूभागमा रहेको कोटबाट टाढा टाढाका दृश्य हेर्न सकिन्छ । यहाँ वनभोज खान विभिन्न ठाउँबाट मानिसहरु आउने गर्छन् । गत वर्ष यहाँबाट प्याराग्लाइडिङको सफल परीक्षणसमेत गरिएको छ । यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बताए । वनभोज र प्याराग्लाइडिङको गन्तव्य बनाउन गाउँपालिकाले प्रयास गरिरहेको उनले बताए ।

यहाँ रहेका ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीको संरक्षण गर्न पालिकाले काम गरिरहेको जनाएको छ । यसलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य बनाउने प्रयास भइरहेको अध्यक्ष गुरुङको भनाइ छ ।

Previous Post

नदी किनार सम्बन्धी फैसलाले धेरै मारमा पर्ने मेयर्स फोरमको निष्कर्ष

Next Post

विद्युतीय हिंसाविरुद्धको अभियानमा मिस युनिभर्स नेपालकी प्रतियोगी अस्मी ढकाल

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
विद्युतीय हिंसाविरुद्धको अभियानमा मिस युनिभर्स नेपालकी प्रतियोगी अस्मी ढकाल

विद्युतीय हिंसाविरुद्धको अभियानमा मिस युनिभर्स नेपालकी प्रतियोगी अस्मी ढकाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In