• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

    घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मोबाइल र टिभी छाडेर ‘स्केट जोन’

by
२२ भदौ २०८१,
0
मोबाइल र टिभी छाडेर ‘स्केट जोन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । ‘स्केट जोन’ बालबालिका खेल्ने र रमाउने थलो बनेको छ । पाल्पाको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालनमा आएको रामपुर स्केट जोनमा बालबालिका मात्र नभई यतिबेला युवा तथा ज्येष्ठ नागरिकको पनि आकर्षण बढ्दो छ । यहाँ दैनिक खेल्नेको उत्साहजनक रुपमा सहभागिता बढेको छ ।

फुर्सदको समय निकालेर स्केट जोनमा आएर खेल खेल्ने गरेको रामतलुसी नमुना माविमा कक्षा ९ मा पढ्ने छात्रा साकिया बानु बताउँछिन् । उनी विद्यालय खुलेका बेला साँझ बिहान तथा बिदाका दिन दिउँसोमा यहाँ आएर खेल्ने गर्छिन् । ‘खेल खेल्दा शारीरिक तथा मानसिक रुपमा नै आनन्द महसुस हुन्छ, यहाँ खेल खेलेर घर गएपछि लेखपढ गर्न उत्साह थपिएको अनुभूति गरेको छु, समय मिलाएर आइराख्ने गरेको छु’, बानुले भनिन् ।

मदरसा नुरुल आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्ने छात्रा अदिबा अन्जुम पनि घरमा गृहकार्य सकिएपछि पढाइ नबिग्रने गरी एक घण्टाको समय यहाँ आएर खेल्ने गर्छिन् । अनावश्यक समय गाउँघरमा खेलेर, डुलेर, मोबाइल, टिभी हेरेर समय बिताउनभन्दा केही समय यहाँ आएर खेलेपछि आनन्द आउँछ ।’

‘व्यवसाय सुरु भएको करिब तीन महिना भएको छ, रामै्र चलेको छ, बालबालिका, युवा, ज्येष्ठ नागरिक सबै उमेर समूहको आकर्षण बढ्दो छ’, उनले भने, ‘जनघनत्व बढ्दै गएको रामपुरमा स्केट जोन सुरुआत गरेपछि मोबाइल, टिभी हेरेर समय बिताउने बालबालिका समय मिलाएर फुर्सदको समय यहाँ खेल्न व्यस्त बनेका छन् ।’ रामपुरमा पहिलो र नौलो व्यवसाय भएकाले यहाँ खेल्न मात्रै नभई हेर्न पनि आउने गरेका छन् । बालबालिका, युवा, ज्येष्ठ नागरिक सबै उमेर समूहका नागरिक उत्साहका साथ खेल अवलोकन गर्न र खेल्न आउने गरेका छन् ।

टिकटको मूल्य एक घण्टाका लागि रु एक सय ५० कायम गरिएको छ । ग्राहकलाई ध्यानमा राख्दै आगामी दिनमा प्याकेजको कार्यक्रम ल्याउने तयारी रहेको सञ्चालक श्रेष्ठ बताउँछन् । व्यवसाय सञ्चालन गर्न आठ कर्मचारीको व्यवस्था गरिएको छ । यहाँ बिहान ७ देखि साँझ ९ बजेसम्म खेल्ने व्यवस्था छ । खेल खेल्दा सुरक्षाका लागि हेल्मेट, जुत्ता, हातखुट्टामा लगाउने सेफ्टी गार्डको व्यवस्था गरिएको छ । खेल्ने क्रममा चोटपटक लागेमा एक लाखसम्मको दुर्घटना बीमा समेत सञ्चालक श्रेष्ठ बताउँछन् ।

स्केट जोनमा आएर खेल्दा मन भित्रैदेखि आनन्दित हुने गरेको प्रवीण सेन बताउँछन् । उनी बेलाबेलामा यहाँ आएर खेल खेलेर आनन्द लिने गर्छन् । यो खेल स्वास्थ्यका लागि फाइदाजनक रहेको उनको भनाइ छ । ‘स्केट जोन रामपुरमा खुल्नु नै हाम्रो लागि खुसीको कुरा हो, खेल सकिएपछि शरीर फुर्तिलो र मन प्रफुल्ल हुन्छ’, उनले भने । बालबालिका विद्यालय छुट्टी भएपछि घरमा मोबाइल र टेलिभिजनमा व्यस्त हुन्थे ।

केही बालबालिका कुलतमा फस्ने स्थितिलाई यहाँ स्केट जोन सुरुआत गरिएपछि खेल्नतर्फ उनीहरुको ध्यान तानिएको छ । अहिले बालबालिकाको ध्यान बढी मोबाइलमा, टेलिभिजनमा केन्द्रित भएकाले त्यो बानी हटाउन स्केट जोन थालनी गरिको सञ्चालक सन्तोष पोखरेल बताउँछन् । उनी भन्छन्, ‘विद्यालय बिदाको दिन, साँझ सबहान समय मिलाएर बालबालिका आउने गर्छन्, शान्त वातावरण आनन्दले खेल खेलेर फर्कने गरेका छन्, फुर्सदको समय खेलमा बितेको छ ।’ साथै सोही ठाउँमा रामपुर भिआर जोन सञ्चालन गर्ने उनको तयारी छ । २५ लाखको लगानीमा दसै‌भन्दा अघि सञ्चालनमा ल्याउने गरी काम भइरहेको सञ्चालक पोखरेल बताउँछन् ।

Previous Post

मत्स्यकेन्द्रको १३ बिघा जग्गा अतिक्रमणमा पर्दा माछापालनमा समस्या

Next Post

प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिविबीच समझदारीपत्रमा हस्ताक्षर

सम्बन्धित खबर

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी
समाचार

सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

१५ अशोज २०८३,
घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति
समाचार

घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

१५ अशोज २०८३,
Load More
Next Post
सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्राचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In