• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

६ बर्षअघि नमुना सदरमुकाम बनाउन शिलान्यास, अहिलेसम्म छैन सुरसार

by
२० भदौ २०८१,
0
६ बर्षअघि नमुना सदरमुकाम बनाउन शिलान्यास, अहिलेसम्म छैन सुरसार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण अलपत्र बनेको छ । जिल्लाको कावासोती नगरपालिका–३, मा नमुना सदरमुकाम निर्माण हुने क्षेत्रमा रहेका रूख कटान नहुँदा सो काम अगाडि बढ्न नसकेको हो । आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माण अघि बढाउनुपूर्व रूख कटानको आदेश पर्खिरहेको कार्यालयका इञ्जिनियर द्रोण कट्वालले बताए ।

नवलपुरको सदरमुकाम निर्माणका लागि यहाँ एक सय ८४ बिघा जग्गा सरकारको नाममा ल्याइएको छ । उक्त जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनाका साथ विसं २०७६ वैशाख ७ गते नमुना सदरमुकामको शिलान्यास गरिएको थियो । शिलान्यासको भएको छ वर्षको अन्तरालमा अहिले भवन निर्माणको काम अघि बढ्न थालेको छ । पहिलो चरणमा हाल विनियोजन गरिएको रु ८० करोडको लागतमा जिल्ला प्रशासन कार्यालयसहित अन्य दुई वटा भवन निर्माणको काम अघि बढाउन थालिएको छ । यस कामका लागि चौधरी कन्स्ट्रक्सन रौतहट छनोट भएको छ ।

सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले असोजदेखि स्थलगत रुपमा नमुना सदरमुकाम निर्माणको काम अघि बढाउने तयारी गरेको छ । तर निर्माणको प्रक्रिया अघि बढाउन थाल्दा यहाँ रहेका रूख कटानको आदेश भने अझै आई नसकेको इञ्जिनियर कटवालले बताए । ‘हाल निर्माण गर्न थालिएको भवनको ठाउँमा रूख पर्दैनन् कि भन्ने हो, तर उक्त आदेश आए काम गर्न सहज हुने थियो’, इञ्जिनियर कटवालले भने । रुख कटानको आदेश नआए निर्माणको काम प्रभावित हुनसक्ने उनले बताए ।

नमुना सदरमुकाम निर्माणस्थलमा ठूला पाँच सय ५२ र साना ९० गरी छ सय ४२ रूख रहेका छन् । नमुना सदरमुकाम निर्माणस्थलमा रूख हटाउने मापदण्डअनुसार प्रक्रिया अघि बढेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले बताए । आवश्यक निर्णयका लागि सबै कागजातसहित वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेको उनले बताए । मन्त्रालयको निर्णय पछि रूख कटान अघि बढ्ने उनले बताए । वन तथा वातावरण मन्त्रालयले जतिसक्दो चाँडो निर्णय गरिदिन्छ उति चाँडो काम अघि बढाउन सहज हुने सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका इञ्जिनियर कट्वालले बताए ।

हाल तीन वटा कार्यालय भवन निर्माण सुरु हुने साथै यस वर्ष थप अन्य भवन निर्माणको प्रक्रिया अघि बढ्ने उनले बताए । नमुना सदरमुकाम निर्माणको थालनी गर्न ढिलो भइसकेको र जतिसक्दो चाँडो स्थलगत रुपमा काम सुरु गर्नुपर्ने यसै क्षेत्रका पूर्व सांसद तिलक महतले बताए । जिल्लाकै गौरवको आयोजनाका रुपमा रहेको नमुना सदरमुकाम निर्माण गर्ने कामलाई चाँडो सुरु गराउन सम्बन्धित सरोकारवालाले आवश्यक पहल गरिदिनुपर्ने उनले बताए ।

‘जिल्लाका सबै कार्यालय अहिले पनि भाडामा रहेका छन्, साँघुरा ठाउँबाट सेवा दिइरहेका छन्, यसले सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ, यी सबै समस्याको समाधान भनेकोजति सक्दो चाँडो भवन निर्माण गर्नु हो’, उनले भने । नमुना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिमेट स्टेडियम, कर्मचारीका लागि आवसगृह, अतिथिगृह, सभाहल, पुस्तकालय, खाजा घरलगायत संरचना निर्माण हुनेछन् ।

प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ । एक सय ८४ बिघा क्षेत्रमध्ये ४१ प्रतिशत भूभागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनअनुसार अन्य भूभाग कंक्रिटविहीन राखिनेछ । आयोजना निर्माणस्थलमा हरियाली क्षेत्र राखिनेछ । गण्डकी प्रदेशका ११ जिल्ला परिदृश्य गर्ने ११ खण्डको एक लाख १८ हजार नौ सय १९ वर्ग मिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ ।

Previous Post

गण्डकीमा एक महिनामा १९ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

Next Post

हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post
हसिना सरकारका आठ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In