• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यसरी हट्यो २० वर्षदेखिको जुगेपानी पहिरोको सास्तीे

by
१८ भदौ २०८१,
0
यसरी हट्यो २० वर्षदेखिको जुगेपानी पहिरोको सास्तीे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा । गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ । गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको हो ।

तनहुँ सडक डिभिजन कार्यालयले गत वैशाख महिनामा पहिरो रोकथामको सबै काम सम्पन्न गरेसँगै यसपटकको बर्खामा कुनै समस्या नभएको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । ‘बर्खामा पानी पर्नेबित्तिकै सधैँजसो सडक भासिने, माटो बग्ने र सवारीसाधन आवागमन अवरुद्ध हुने गरेको भए पनि त्यहाँको पहिरोले यसपटक अहिलेसम्म कुनै दुःख दिएन’, उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा पहिरो रोमथाममा भएको देखिन्छ, यसपालिको बर्खामा यात्रीले विगतका वर्षमा जस्तो हैरानी भोग्नुपरेको छैन ।’

जुगेपानीमा करिब एक सय मिटर सडक हरेक वर्ष बर्खामा पानी परेपछि जमिन भासिने, माटो बग्नेलगायत समस्या हुँदै आएको थियो । भू–गर्भविद्सहितको इन्जिनियर टोलीले पहिरो नियन्त्रणका लागि गहिरो अध्ययन गरी करिब एक वर्ष लगाएर नियन्त्रणको काम सम्पन्न गरेको हो ।

पहिरो रोमथाममा आएपछि गोरखा सदरमुकामबाट उत्तरी गोरखाको धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बासिन्दालाई आवतजावत सजिलो भएको छ । जुगेपानीको पहिरो रोमथाम गर्न तनहुँ सडक डिभिजन कार्यालयमार्फत तीन करोड ४५ लाख ४१ हजार नौ सय ९८ खर्च भएको कार्यालयले जनाएको छ । कार्यालयले बोलपत्र प्रक्रियामार्फत पहिरो रोमथाम गर्न निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

विशेष प्रविधिबाट जमिनलाई सुक्खा बनाएर जमिनको पानीलाई पाइपमार्फत निकासा गरी जुगेपानी पहिरो नियन्त्रणको काम गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर हरिबहादुर लामाले जानकारी दिए । आउँदो एक वर्षसम्मका लागि पहिरो गइरहेको ठाउँमा सडक ग्राभेल मात्र छाडिएको र थप ‘सेटल’ भएपछि सडक कालोपत्र गरिने उनको भनाइ छ ।

Previous Post

वडा अध्यक्षको रहस्यमय मृत्युको छानविनमा सहयोग गर्न माग

Next Post

अस्पताल भवन निर्माण नसकिँदा सेवा प्रवाहमा समस्या

सम्बन्धित खबर

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण
फिचर-ब्यानर

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

१२ जेष्ठ २०८३,
अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण
फिचर-ब्यानर

अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

१२ जेष्ठ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

१२ जेष्ठ २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
समाचार

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

१२ जेष्ठ २०८३,
Load More
Next Post
अस्पताल भवन निर्माण नसकिँदा सेवा प्रवाहमा समस्या

अस्पताल भवन निर्माण नसकिँदा सेवा प्रवाहमा समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In