१. एस.एल.सी. बोर्डको प्रतिस्थापन गरेको संस्था कुन हो ?
– राष्ट्रिय परीक्षा बोर्ड
२. टेक्निकल स्कुलले सर्वप्रथम ओभरसियरको तालिम कति सालमा दिइएको थियो ?
– वि.सं. १९९९
३. नेपालको शैक्षिक इतिहासमा पहिलो कानुनी प्रयास कुन थियो ?
– शिक्षा इतिहास, १९९६
४. स्रेस्ता पाठशालामा पढ्ने विद्यार्थीको परीक्षा सञ्चालन गरी परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई प्रमाणपत्र दिने अड्डालाई के भनिन्थ्यो ?
– पास जाँच अड्डा
५. नेपालमा विद्यालय निरीक्षणको सुरुवात कहिलदेखि भएको हो ?
– वि.सं. १९९८
६. पाठ्यक्रम विकास केन्द्रको स्थापना कहिले भएको हो ?
— वि.सं. २०२८
७. वि.सं. १९६७ मा जाँच पास अड्डाका रुपमा स्थापना भएको अड्डा पछि परीक्षा नियन्त्रण कार्यालयका रुपमा स्थापना गरिएको थियो । कहिलेदेखि जाँच पास अड्डालाई परीक्षा नियन्त्रण कार्यालय बनाइयो ?
— वि.सं. २०१८
८. नेपालमा कन्या पाठशालाको स्थापना वि.सं. १९८० मा भएको थियो । कहिलेदेखि कन्या हाईस्कुलको स्थापना भएको थियो ?
– वि.सं. २००४
९. वि.सं. १९९० मा एस.एल.सी. बोर्डको स्थापना हुँदा नेपालमा कतिओटा हाईस्कुल थिए ?
– २
१०. अरुका कुरा छोड आफ्ना छोरालाई अँग्रेजी पढाउ भन्ने भनाइ कसको हो ?
– जङ्गबहादुर राणा
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट