• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डाक्टर सा’ब पनि बेरोजगार !, काम पाए पनि तलब छैन

by
५ भदौ २०८१,
0
सीमा नाकाको हेल्थ डेस्कका कर्मचारी छ महिनादेखि तलबबिहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पोखरास्थित मणिपाल मेडिकल कलेजबाट एमबीबीएस पास गरेकी निष्मा शाक्य (नाम परिवर्तन) ले हरेक सरकारी अस्पतालमा करारमा खुल्दा आवेदन दिन थालेको धेरै भयो। तर उनले हालसम्म कुनै अस्पतालमा नाम निकाल्न सकेकी छैनन्।

त्यसबाहेक उनले कतिपय निजी अस्पतालमा समेत बायोडाटा छाडेकी छिन्। तर कुनै पनि अस्पतालले उनलाई बोलाएका छैनन्।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, केही महिनाअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा करार सेवाका लागि आवेदन दिँदासमेत उनले रोजगारी पाइनन्। ‘बुझ्दै जाँदा थाहा भयो, वीर अस्पतालमा पहुँच भएकाले मात्र रोजगारी पाउने रहेछन् ’, उनले भनिन्,‘पहुँच नहुनेलाई वीर अस्पतालमा मात्र होइन, कुनै पनि सरकारी अस्पतालमा जागिर पाउनै मुस्किल रहेछ।’

निष्मा मात्र होइन, एमबीबीएस तथा एमडी पास भएका धेरै डाक्टरको पीडा यस्तै छ । नेपालमा अध्ययन पूरा गरेका तर राजनीतिक पहुँच नभएका सयौँ डाक्टर बेरोजगार छन्।

नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ। नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर ६० लाख रुपैयाँभन्दा बढी खर्च गरेर एमबीबीएस पास भएका चिकित्सकसमेत बेरोजगार छन्।

एमबीबीएस मात्र होइन, काठमाडौँ उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन्।

डा. एम शाह जडीबुटीमा बस्छन्। ६ महिना कुरेर बल्लतल्ल सानो निजी अस्पतालमा काम गरिरहेका उनलाई अस्पतालले काम अनुसारको तलब सुविधा उपलब्ध गराएको छैन। शाहले अस्पतालले आफूलाई २४ सै घण्टा काममा लगाएर मासिक ३२ हजार रुपयाँ मात्र उपलब्ध गराएको बताए।

‘काठमाडौंमा बसेर ३२ हजार तलबले रोजीरोटी धान्नसमेत कठिन छ’, उनले भने, ‘यो जागिर खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाउको अनुहार जस्तो भएको छ।’ शाहले एमडी अध्ययनका लागि एक वर्षको अनुभव चाहिने भएकाले एक वर्षसम्म निजी अस्पतालले काममा दलाइरहने दुखेसो पोखे।

मेडिकल काउन्सिलका प्रवक्ता डा.सतिशकुमार देवले चिकित्सा आयोगको नियमले गर्दा एमबीबीएसपछि अनिवार्य एकवर्षे अनुभव भएकालाई मात्र एमडी अध्ययन गर्न दिने नियम रहेको बताए। ‘वास्तवमा एकवर्षे अनुभव खोजिँदा धेरै डाक्टर पीडित भएका छन्’, उनले भने, ‘सरकारी अस्पतालमा जागिर पाउँदा त सरकारी नियम अनुसारको तलब, सुविधा पाउँछन् तर निजी अस्पतालले एकवर्षे अनुभवको फाइदा लिएर श्रम शोषण गरिरहेका छ।

Previous Post

विश्वको सबैभन्दा वृद्धा ब्रान्यासको निधन

Next Post

भियतनाममा बाढीका कारण हजारौँ बालबालिका विद्यालय जानबाट वञ्चित

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
भियतनाममा बाढीका कारण हजारौँ बालबालिका विद्यालय जानबाट वञ्चित

भियतनाममा बाढीका कारण हजारौँ बालबालिका विद्यालय जानबाट वञ्चित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In