• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान

by
३ भदौ २०८१,
0
भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर । पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुुसन्धान गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकामा वनस्पति उद्यान निर्माण गरिएको छ । आमचोक–२ यूँमा पर्ने यो स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापति गराउन दाक्बुराङ वनस्पति उद्यान निर्माण थालिएको हो ।

समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको यो स्थानमा आर्थिक वर्ष २०७७/८७ बाट उद्यान निर्माण थालिएको हो । यहाँ वनस्पति विभागको अवधारणाअनुसार उद्यानको निर्माण सुरु गरेको थियो । त्यसयता कोशी प्रदेश सरकारको बजेटमा डिभिजन वन कार्यालयले यहाँ उद्यान निर्माण गरिरहेको छ । उद्यान निर्माणमा तीन आवमा गरी प्रदेश सरकारबाट विनियोजन गरिएको ७८ लाख बजेट खर्च भइसकेको वन कार्यालयले जनाएको छ ।

उद्यानमा खोजी तथा अनुसन्धानका लागि मध्यपहाडी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पति सङ्कलन गरेर रोपन गरिने कार्यालयले जनाएको छ । उद्यानमा पहाडी क्षेत्रको उच्च भागमा पाइने विभिन्न जातका जडीबुटी, रैथाने प्रजाति वनस्पति, विभिन्न जातका लालीगुँरास, सौन्दर्यजन्य बोटविरुवालाई सङ्कलन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले जानकारी दिए ।

दुई सय रोपनी क्षेत्रफल यो स्थानको १० रोपनी क्षेत्रभित्र आवश्यक संरचना निर्माण गरिएको छ । यहाँ प्रशासनिक भवन, अनुसन्धान केन्द्र भवन, प्रदेशद्वार, तीनवटा विश्रामस्थल, शौचालय निर्माण, उद्यानभित्र टायल बिच्छ्याउनेसँगै उद्यान क्षेत्रको घेराबारा गर्ने काम सम्पन्न भएको डिभिजन वनका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । त्यस्तै यहाँ विभिन्न जातका बोटविरुवाको नर्सरी निर्माण गरिएको उनको भनाइ छ । यो आवमा उद्यानको थप विकासका लागि प्रदेश सरकारबाट रु २० लाख विनियोजन भएको उनले जानकारी दिए ।

‘उद्यानको भौतिक निर्माणको काम करिव अन्तिम चरण पुगेको अवस्था छ’, उनले भने, ‘उद्यानमा पर्यटन तथा अनुसन्धानमा सहयोग पुग्ने खालका आवश्यक संरचना निर्माण गरिएको छ । खोजीकर्ताले यहाँ आएर एकसाथ धेरै खालका वनस्पतिको खोज तथा अनुसन्धान गर्न सक्ने छन् ।’

उद्यान निर्माणले यहाँको पर्यटकीय क्षेत्रको संरक्षणसँगै स्थानीयवासीको आयआर्जन वृद्धिमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए । यसको थप विकास तथा संरक्षणमा भने स्थानीय नागरिकसँगै स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उद्यान निर्माणले आन्तरिक तथा बाह्य पर्यटनको विकासमा टेवा पुग्ने उनको धारणा छ ।

‘बहुउद्धेश्यसहित यहाँ वनस्पति उद्यान निर्माण गरिएको छ’, प्रमुख शाहले भने, ‘उद्यान निर्माणले यहाँका नागरिकको जीवनस्तर सुधारमा केही टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । उद्यानले पहाडी क्षेत्रमा पाइने वनस्पतिको खोजी तथा अनुसन्धानमा पनि सहयोग पुग्नेछ ।’ यो स्थानलाई पर्यटकीय गन्तव्यसँगै एक अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यले काम भइरहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । यो ठाउँमा वनस्पति उद्यान निर्माणले गाउँपालिकाको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

‘यहाँको पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न वनस्पतिको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले उद्यान निर्माण भइरहेको छ’, अध्यक्ष राईले भने, ‘यो स्थान पर्यटनको निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो । उद्यान निर्माणले यसको थप उजागर हुन्छ । संरक्षण तथा थप विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक भूमिका खेलिरहेका छौँ ।’

Previous Post

संयुक्त राष्ट्रसंघको साइबर अपराध सन्धि सर्वसम्मतिद्वारा पारित, मानवअधिकार क्षेत्रको असन्तुष्टी

Next Post

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In