• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वास्थ्य बीमा कार्यक्रम : ‘उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन’

by
२८ साउन २०८१,
0
स्वास्थ्य बीमा कार्यक्रम : ‘उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन’

Male doctor measuring woman blood pressure with tonometer

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । मजदूरी गरेर परिवार चलाउँदै आएका भरतपुर महानगरपालिका-३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बिमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आए ।

उनले भने, ‘स्वास्थ्य बिमाका बारेमा आफूलाई ज्ञान नहुँदा वडा कार्यालयको सहयोगमा बिमा कार्यक्रम समावेश भएको हुँ ।’ अहिले उपचारमा लाग्ने खर्चको जम्म १० प्रतिशतमात्र आफूले व्यहोर्नुपर्ने भन्ने सुन्दा दंग परे। लाइन लामो भए पनि आफू उपचार गराएरै जाने उनले बताए । माडी नगरपालिका-७ बाट उपचारका लागि भरततपुर अस्पताल आएका देवराज बराल पैसा हुने र नहुने दुवैलाई स्वास्थ्य बिमाले फाइदा गरेको बताए । उनले भने, ‘ग्रामीण क्षेत्रमा थोरै पैसा हुनेहरूका लागि स्वास्थ्य बिमा फलदायी छ ।’

पहिला आफूलाई पनि बीमा गर्दा के हुन्छ भन्ने लागेको भए पनि बिमाबाट उपचार सेवा लिँदा आफ्नो पैसाको बचत हुने गरेको उनले जानकारी दिए । उनले भने, ‘हामीजस्तालाई बीमा कार्यक्रम प्रभावकारी छ । उपचार गर्दा लाग्ने रकम बच्ने गरेको छ ।’

भरतपुर महानगरपालिकाका केदार पन्थले विगत तीन वर्षदेखि बिमामार्फत उपचार गराउँदै आएको बताए । अस्पतालको टिकट काउन्टर अगाडि भेटिएका उनी पेटमा समस्या भएर अस्पताल आएका हुन् । उनले भने, ‘स्वास्थ्य बिमा कार्यक्रमले धाने जति उपचार गर्न पाइएको छ ।’

थोरै रकममा धेरै सेवा लिन पाइएको जनाउँदै उनले खुसी व्यक्त गरे । आफूले सहुलियतामा उपचार गर्न पाएको जनाउँदै उनले थोरै पैसाले हुने भएकाले सबै यो कार्यक्रममा जोडिन सके राम्रो हुने बताए ।

यहाँको भरतपुर अस्पतालमा आउने अधिकांश बिरामी स्वास्थ्य बिमामा जोडिएका हुन्छ न्। गत आर्थिक वर्षमा यस अस्पतालमा दुई लाख ६० हजारपटक बिमाका बिरामीको उपचार गरिएको अस्पतालको बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले जानकारी दिए । उनले भने, ‘बिमा गरेका कमजोर आर्थिक अवस्था भएकाहरूलाई उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन ।’

आव २०७९/८० मा अस्पतालमा बिमामार्फत दुई लाख ५० हजार छ सय १७ पटक उपलब्ध गराइएको पौडेलले जानकारी दि ए। एउटै व्यक्ति धेरैपटक पनि बिमामा आउने गर्दछन् । पौडेलका अनुसार सो वर्ष ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ रकम भुक्तानी अस्पतालले पाएको थियो ।

बिमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने गराएको उनले बताए । चालु आर्थिक वर्षको साउनदेखि स्वास्थ्य बिमामा जोडिएको चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा बिमाले विपन्नका लागि उपचारमा ठूलो सहयोग गरेको बताउँछन् ।

अति विशिष्टिकृत सेवा लिन केही खर्चिलो हुने भए पनि स्वास्थ्य बिमा भएसँगै ग्रामीण क्षेत्रबाट उपचारका लागि ‘रेफर’ लिएर बिरामी आउन थालेको उनले बताए । उनले भने, ‘बिमा नहुँदा उपचारका लागि खर्च अभाव भयो भन्दै धेरै गुनासो आउँथ्यो, बिमा सुरु भएसँगै यस्तो समस्या कम भएको छ ।’ स्वास्थ्य बिमाले गर्दा पैसा अभावमा रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य भएको प्रमुख प्रशासक देवकोटाको भनाइ छ ।

Previous Post

प्रिती आलेको “दुनियालाई” बोलको तीज गीतको व्यापक चर्चा

Next Post

३१ महिनायताकै उच्च बिन्दुमा नेप्से, २७ अर्ब बढीको कारोबार

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
३१ महिनायताकै उच्च बिन्दुमा नेप्से, २७ अर्ब बढीको कारोबार

३१ महिनायताकै उच्च बिन्दुमा नेप्से, २७ अर्ब बढीको कारोबार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In