• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१५ अशोज २०८३,
0
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

FILE — A lake of meltwater has formed on the tongue of the Rhone glacier near Goms, Switzerland, June 13, 2023. (AP Photo/Matthias Schrader, File)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन् ।

ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकेडेमी अफ साइन्सेजले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीमा रहेको बरफको मात्रा करिब पाँचौँ भागले घटेको छ । ग्लामोसका प्रमुख तथा हिमविज्ञानका प्राध्यापक म्याथियास हसले अल्पाइन हिमनदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताउनुभयो ।

उहाँका अनुसार अहिले अनुभव भइरहेको तापक्रम वृद्धि पूर्ण रूपमा मानवजन्य जलवायु परिवर्तनसँग सम्बन्धित छ । मानव उत्सर्जन र जीवाश्म इन्धनको प्रयोग नभएको भए अहिलेको जस्तो तापक्रम वृद्धि हुने अवस्था नरहने उहाँले बताउनुभयो ।

जाडोयाममा पर्याप्त हिउँ नपर्नु हिमनदीका लागि विशेष चिन्ताको विषय भएको उहाँले बताउनुभयो । हिउँले पुरानो बरफलाई पग्लनबाट जोगाउनुका साथै उच्च उचाइमा नयाँ बरफ बन्न आवश्यक आधारसमेत तयार गर्छ । सन् २०२२ मा अत्यधिक गर्मी, कम हिमपात र सहारा मरुभूमिबाट आएको रातो धुलोका कारण स्विस हिमनदीमा अहिलेसम्मकै तीव्र बरफ क्षय भएको थियो ।

यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विट्जरल्यान्डका हिमनदीबाट करिब २२ खर्ब लिटर पानी बराबरको बरफ गुमेको अनुमान गरिएको छ । यो करिब ९१ लाख जनसङ्ख्या भएको स्विट्जरल्यान्डको वार्षिक पानी खपतको चार गुणा हो । स्विट्जरल्यान्डले आफ्नो आधाभन्दा बढी विद्युत् जलविद्युत्बाट उत्पादन गर्ने भएकाले हिमनदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग पनि जोडिएको छ।

स्विट्जरल्यान्डका हिमनदीमा यस वर्ष हराएको बरफको मात्रा सन् २००३ को भन्दा कम भए पनि कुल बरफको तुलनामा प्रतिशत क्षति बढी भएको विज्ञहरूले बताएका छन् । सन् २००३ मा कुल बरफको ३.५ प्रतिशत घटेको थियो भने अहिले हिमनदीमा बाँकी बरफको मात्रा २३ वर्षअघिको करिब एक तिहाइ मात्र रहेको छ ।

यस वर्ष कतिपय हिमनदीको औसत मोटाइ २.५ देखि चार मिटर र केही हिमनदीको अगाडिको भागमा बरफको मोटाइ १० मिटरसम्म घटेको पाइएको छ । एलालिन, क्लेरिडेन्ट, रोन र आल्प्स क्षेत्रको सबैभन्दा ठूलो एलेट्स हिमनदी तीव्र रूपमा बरफ गुमाउने हिमनदीमा परेका छन् ।

विज्ञहरूका अनुसार हिमनदी पग्लने प्रभाव स्विट्जरल्यान्डमा मात्र सीमित छैन । स्विट्जरल्यान्डलाई युरोपको ‘पानीको टावर’ मानिन्छ र डेन्युब, पो, राइन तथा रोनजस्ता महत्त्वपूर्ण नदीका जलस्रोतमा यसको योगदान छ । विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय, ग्रिनल्यान्ड र अन्टार्कटिकासहितका क्षेत्रमा समेत बरफ र हिमनदीमा ठूलो परिवर्तन देखिएको छ ।

Previous Post

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

Next Post

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
आवाज

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

१५ अशोज २०८३,
Load More
Next Post
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In