• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    माङसेबुङमा आज च्याब्रुङ महोत्सव

    माङसेबुङमा आज च्याब्रुङ महोत्सव

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरानसँग सम्झौता ‘धेरै नजिक’ : भान्स

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    माङसेबुङमा आज च्याब्रुङ महोत्सव

    माङसेबुङमा आज च्याब्रुङ महोत्सव

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरानसँग सम्झौता ‘धेरै नजिक’ : भान्स

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

टुटेश्वरनाथको दर्शनका लागि दण्डीयात्रा जारी

by
१७ साउन २०८१,
0
टुटेश्वरनाथको दर्शनका लागि दण्डीयात्रा जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। जिल्लाको चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथ महादेवको दर्शनका लागि श्रद्धालु भक्तजनले थालेका दण्डीयात्रा (पस्रेर अघि बढ्ने) को आज दोस्रो दिन पनि यात्रा जारी छ । निर्जन वनक्षेत्रमा बोलबम गुञ्जदो छ । बुधबार यसवर्षको साउने मेलाअन्तर्गतको दण्डीयात्रा सुरु गरेका श्रद्धालुले पहिलो दिन चार किलोमिटर यात्रा गरेका थिए ।

पस्रदै, उठ्दै फेरि पस्रदै । आपूm पस्रदा (लम्पसार पर्दा) ओगटेको दुरी रेखाङ्कित गर्दै गन्तव्यतिर अघि बढ्दै । सबैको एउटै उद्देश्य शिव दर्शन । सबैको एउटै वाणि ‘बोल बम !’

टुटेश्वरनाथ मन्दिरबाट १८ किमी दक्षिणको माण्डवीगङ्गा (मडहा), बरुणमति (बेलगाछी) र स्वर्णमति (सोनी) नदीको त्रिवेणी सङ्गमबाट श्रद्धालुले पवित्र जलपात्रमा जल भर्दै शिव दर्शनका लागि बुधबार पस्रदै यात्रा सुरु गरेका हुन् ।

बर्दिबास–५ को चुरे शृङ्खलाको पहाडी थुम्कोमा अवस्थित टुटेश्वर मन्दिरलाई मधेसको कैलाश र नेपालको बाबाधाम भनिन्छ । अनादिकालको यो शिवलिङ्गको दर्शनबाट सुख, सन्तोष प्राप्त हुने विश्वासका आधारमा श्रद्धालुले पस्रदै यात्रा गर्ने चलन बसको ३४ वर्ष भएको स्थानीय ७२३ वर्षीय वासुदेव महतोले बताए । “विसं २०४८ साउन १७ गते पहिलो पटक टुटेश्वर दर्शनका लागि दण्डीयात्रा ठगा साहसँग मिलेर दुईजनाले सुरु गरेका थियौँ । यसपटक ३४औँ यात्रा हो”, उनले भने ।

बर्सेनि यात्रामा सहभागी हुँदा आफू सधैँ उर्जावान हुने गरेको महतोको बुझाइ छ । दुईजनाबाट सुरु भएको यात्रामा यसवर्ष करिब ३० बढी श्रद्धालु सहभागी भएको उनले जानकारी दिए । यसपाली साउने औँसीका दिन बिहान सभाप्रहर बित्नुपूर्वको माङ्गालिक बेलामा जल चढाउने तालिका बनाएर यात्रा थालिएको उनको भनाइ छ ।

त्रिवेणीमा ब्राह्मणको स्वस्तिवाचन, पाठबीच यात्रा सङ्कल्प गरेर कम्मरमा जल झुण्ड्याइ पस्रदै अघि बढेका श्रद्धालु भक्तजनले पाँचौँ दिन बिहान सभाप्रहर बित्नअघि टुटेश्वरनाथ शिवलिङ्गमा जल, बेलपत्र र जौँ चढाएर दर्शन गर्ने तालिका बनाएका छन् ।

“हामी पाँचौँ दिन बिहान भोलेबाबाको शरणमा पुग्छौँ”, दिपु यादवले भने, “पहिला हातखुट्टा दुख्ने, राम्री नचाल्ने समस्या थियो । यात्रामा सहभागी हुन थालेपछि हिँडडुल गर्नसक्ने भएको छु । यसवर्षको यात्रा ११ औँ पटकको हो ।”

यादवको प्रारम्भमा बोली लरबरिने समस्या पनि क्रमशः ठिक हुँदै गएको उनका छिमेकी बताउँछन् । शिव दर्शनका लागि कष्टकर यो विधिबाट कुनै शारीरिक कष्ट महसुस नगरिएको यात्रामा सहभागी बताउँछन् ।

“एकपटक लम्पसार पर्दा हातले जति दूरीमा रेखा खिच्न भ्याइन्छ, अर्को पटक त्यही रेखामा लम्पसार परेर यात्रा अघि बढाइन्छ । मिथिलामा बोलीचालीमा ‘दण्डी’ भनिने यस यात्राका श्रद्धालुलाई ‘दण्डीबम’ भनिन्छ । साउनमा यो यात्राका म्ँधइम्ब्ँट शिव दर्शन गरेमा मन शान्ति र स्वस्थ महसुस हुने गर्दछ”, गौशाला–८ का ४५ वर्षीय मायाराम साहले भने । यसवर्ष १०औँ पटकको दण्डीयात्रा थालेको उनले बताए ।

“यो हठयोगी यात्रा हो, नाशवान् शरीरलाई के दुःख के सुख ? शिव दर्शनको लालसाले कहिल्यै कष्ट अनुभव गरिएन”, साहले भने । शान्ति प्राप्ति र भगवान् दर्शनका लागि यात्रा कष्टपूर्ण भए पनि नियमित गर्ने उनको भनाइ छ ।

पवित्रग्रन्थ श्रीमद्भागवत गीतामा भगवान् श्रीकृष्णले ज्ञानयोग, कर्मयोग र हठयोगको ज्ञान अर्जुनलाई दिएको प्रसङ्ग कोट्याउँदै साहले आपूmहरुको यात्रा शिव दर्शन अभिलाषाको ‘हठ’ रहेको बताए । यो यात्रामा धेरैजसो भाकल गरेका भेटिन्छन् ।

“शारीरिक कष्ट भएकाले टुटेश्वरनाथ पुगेर समस्या समाधानका लागि भाकल गरेको थिएँ । शारीरिक स्वस्थता भएसँगै यस वर्ष दोस्रो पटक यो यात्रामा सहभागी भएको हुँ”, गौशाला–४ का ४० वर्षीय श्याम महतोले भने । यस वर्ष नयाँ यात्रा थाल्ने १० जनाभन्दा बढी भेटिएका छन् ।

शारीरिक कष्ट हटेर सुख, शान्ति प्राप्त हुने विश्वासमा यात्रा सुरु गरेको गौशाला–४ का रामजतन महतोले उल्लेख गरे । आजभन्दा ३४ वर्ष अगाडि सुरु भएको यो यात्रामा गौशाला नगरक्षेत्रका विभिन्न बस्तीका श्रद्धालुको उपस्थिति बढी देखिन्छ । पौराणिककालमा राजा जनकका भाइ कुशध्वजकी छोरी माण्डवीले सखीहरुसहित स्नानक्रिडा गर्ने नदीलाई माण्डवीगङ्गा भनिएको यात्री बताउँछन् ।

“यो त्रिवेणीको स्नान सम्पूर्ण पाप नासक छ”, ३४ वर्षअघि दण्डीयात्रा थाल्ने वासुदेव महतोले भने, “पछि यी र यिनका सहायक नदीको नाम बिगार्दै लगेका छन् । अब बर्दिबास र गौशाला नगरपालिकाले यसको संरक्षण र प्रवर्द्धन गर्न पौराणिककालको नाम प्रचलनमा ल्याउनुपर्छ ।” त्रिवेणी सङ्गमका माण्डवीगङ्गा, बरुणमती र स्वर्णमतीलाई ठेकदारले राजमार्ग निर्माणका क्रममा मडहा, बेलगाछी र सोनी नामाकरण गरीदिँदा पौराणिक परिचय ओझलिँदै गएको वासुदेवले गुनासो गरे ।

त्रिवेणीबाट सुरु यो यात्राका दण्डीबम चार दिन बाटोमा रात्रि विश्राम गर्नेछन् । पहिलो दिन गौशाला–८ को स्वर्णमती नदी किनारको शम्भुस्थानमा रात्रि विश्राम गरेका यात्री आज गौशाला–८ को ढल्केवरमा रात्रि विश्राम गर्नेछन् । तेस्रो दिन पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोक र चौँथो दिन टुटेश्वर बस्तीको पुछारमा रात्रि विश्राम गरिने दण्डीयात्रीको भनाइ छ ।

दर्शन गर्ने पाँचौँ दिन बिहानलाई एक किलोमिटर दूरी राखि अघिल्लो दिन राति विश्राम गरिने वासुदेवले जानकारी दिए । यस वर्ष जल चढाउने दिन आइतबार परेको बताउँदै उनले साउनभरि यहाँ दैनिक सयौँ दर्शनार्थी पुग्ने गरेका जानकारी दिए ।

सोमबार विशेष मेला लाग्ने गरेको छ । बाटोमा यात्रीका लागि विभिन्न दाताले भोजन, पानी, सर्वत, चिया र बसोबासका सामान जुटाएका छन् । साउनको यो अलौकिक यात्रामा दाताको सेवा र सहयोगभाव पनि आपूmहरुका लागि उर्जा हुने गरेको यात्रीहरुको भनाइ छ । पस्रदापस्रदै पसिनाले निथ्रुक्क भएका यात्रीलाई कति श्रद्धालुले शीतल जल जिउमा खन्याइ रहेका देखिन्छ । कोही शीतल सर्वत हातमा लिएर सेवाको अवसर पर्खेका देखिन्छन् ।

दिउँसो प्रचण्ड राप हुनेहुँदा यात्रीले प्रत्येक दिन पहिलो प्रहर ९बिहान भाले बासेसँगै० यात्रा गर्ने गरेका छन् । यात्रामा चियाखाजा खाने, भोजन गर्ने र रात्रि विश्रामको निश्चित तालिकाभित्र रहेर अगाडि बढ्ने दण्डीबमले बताएका छन् । टुटेश्वरनाथसँग जोडिएका पौराणिककालका कैयौँं किम्बदन्ती छन् ।

द्वापरयुगमा यो प्राचीन शिवालयमा वनबासका बेला अर्जुनले शिवजीको तपस्या गरी पाशुपतास्त्र प्राप्त गरेका ठाउँका रुपमा रहेको संस्कृतिविद् बताउँछन् । “पाण्डव वनबासमा थिए, कौरवसँगको युद्ध जित्न पाण्डवलाई दिव्यास्त्र आवश्यकता थियो । अर्जुनले यसै प्रयोजनका लागि यहाँ घोर तपस्या गरेर शिवजीलाई प्रशन्न पारी पाशुपतास्त्र प्राप्त गरेका हुन्”, प्राचीन संस्कृतिका अध्येतासमेत रहेका होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले भने । तत्कालीन समयमा कुँदिएका पत्थर र यहाँ भेटिएका अन्य सामग्रीको अध्ययनबाट विद्वानहरुले यो निष्कर्ष बनाएका निकाले उनको भनाइ छ ।

“रामायणकालमा विदेहराज राजा जनकको कर्मभूमि, ज्ञानी ऋषिहरुको तपोभूमि र राजकन्याहरुको विहार गर्ने थलोका रुपमा यो ठाउँलाई चिनाउने गरिएको कार्कीले बताए । किम्बदन्तीमा पौराणिक कथा जोडिए यस क्षेत्रको खोजी विसं २००२ देखि भएको पाइएको छ”, संस्कृतिविद् कार्कीले भने ।

विसं २००२ मा डिठ्ठा गौरीनारायण गिरीले वन फँडानी गरी बस्ती बसाउने क्रममा यहाँ प्राचीन शिवलिङ्ग, पत्थर कुदिएर बनेको बसाहासहित पुरातात्विक महत्वका सामग्री फेला पारेका बर्दिबास–५ का वडाअध्यक्ष कहारमान स्याङ्वाले जानकारी दिए । “त्यसयता विभिन्न समयमा श्रद्धालु भक्तजनको सरसहयोगबाट मन्दिर निर्माण भएको हो”, उनले भने ।

शिवलिङ्ग बसाहा र अन्य पुरातात्विक महत्वका सामग्रीको अध्ययनबाट यसलाई संस्कृति अध्येताहरुले महाभारतकालीन भनेका मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले बताए । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न केन्द्र र प्रदेश सरकारसँग छलफल भइरहेको उनले जानकारी दिए ।

मन्त्री यादवका अनुसार चालु आर्थिक वर्षमा सङ्घ र प्रदेशबाट गरी एक करोड बढी रकम विनियोजन भएको छ । विनियोजित रकम टुटेश्वरको विकासका लागि योजनाबद्ध काम थाल्न सर्वप्रथम विस्तृत परियोजना प्रस्ताव तयार गर्ने र सोअनुसार काम अघि बढाइने उनले जानकारी दिए ।

“टुटेश्वरस्थान अतिप्राचीन धार्मिक सम्पदा हो, यो हाम्रो पहिचान र समृद्धिको आधार पनि हो”, मन्त्री यादवले भने, “अब यहाँ धार्मिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा योजनाबद्ध काम अघि बढ्छन् ।” यस पूण्यभूमिको संरक्षण र सम्बर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

Previous Post

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने

Next Post

राष्ट्रपति पौडेलको युरोप भ्रमणः साढे २ करोड खर्च

सम्बन्धित खबर

जनकपुरमा जानकी जन्मोत्सव सुरु
आर्थिक

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

१६ जेष्ठ २०८३,
रुसी ड्रोन रोमानियामा खस्यो
अन्तर्राष्ट्रिय

रुसी ड्रोन रोमानियामा खस्यो

१६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

१६ जेष्ठ २०८३,
पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय
कृषि

पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

१६ जेष्ठ २०८३,
माङसेबुङमा आज च्याब्रुङ महोत्सव
आर्थिक

माङसेबुङमा आज च्याब्रुङ महोत्सव

१६ जेष्ठ २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता ‘धेरै नजिक’ : भान्स

१६ जेष्ठ २०८३,
Load More
Next Post
राष्ट्रपति पौडेलको युरोप भ्रमणः साढे २ करोड खर्च

राष्ट्रपति पौडेलको युरोप भ्रमणः साढे २ करोड खर्च

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In