हमासका राजनीतिक ब्यूरो प्रमुख इस्माइल हानिया ‘इजरायली कारबाही’मा इरानको राजधानी तेहरानमा मारिएका छन्।
आफ्ना प्रमुख नेताकाे तेहरानमा हत्या भएको प्यालेस्टाइनी समूह हमासले बुधबार बिहान जारी गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख छ।
हानिया इरानी राष्ट्रपति मसुद पेजेस्कियानको मंगलबारको उद्घाटन समारोहमा भाग लिन तेहरान गएका थिए।
युद्ध सुरु भएदेखि नै इजरायली हमलामा हानियाको परिवारका ६० भन्दा बढी सदस्य मारिएका थिए।













