काठमाडौं । भक्तपुरमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
उनलाई तत्कालै उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए । मोटरसाइकल पछाडि सवार काभ्रेपलान्चोकका २० को संजिव थापा मगरको मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचार भइरहेको छ । टिपर चालक राज कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













