• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चीनमा नेपाली युवतीको तस्करी, विवाह र बिलासी जीवनको आसमा नर्कको बास

by
१३ साउन २०८१,
0
चीनमा नेपाली युवतीको तस्करी, विवाह र बिलासी जीवनको आसमा नर्कको बास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चिनियाँ ठगी गिरोह र नेपाली दलालहरूको फन्दामा परि कैयौँ नेपाली महिला तथा युवतीहरू चीनका विभिन्न ठाउँमा बेचबिखन हुने गरेको पाइएको छ ।

नेपाली मानव तस्करी गिरोहद्वारा चिनियाँ पुरुषसँग विवाहको प्रलोभनमा पारेर यस्तो बेचबिखन हुने गरेको हो । विवाहपछि चिनियाँ पुरुषबाट मानसिक, शारीरिक र यौन शोषणको सिकार समेत भएको ती युवतीहरूको पीडादायी विवरण बाहिरिएको छ ।

यसले नेपाली महिला र युवतीहरूको पीडाका साथै उनीहरूलाई चीनमा कसरी यौन शोषण गर्न बाध्य पारिएको छ भन्ने कुरालाई  उजागर गरेको छ।

सम्झना: निम्न मध्यम वर्गीय परिवारबाट आएकी सम्झनाले उच्च शिक्षा सकेपछि ठमेलको एउटा क्याफेमा काम गर्न थालिन् । काम गर्दागर्दै एक चिनजानको मन्छेले उनलाई चिनियाँ नागरिकसँग विवाहको प्रस्ताव ल्याए । उनले सुरुमा अस्वीकार गरिन्।

सधैँ राम्रो आर्थिक अवस्था हासिल गरेर जीवन बिताउने सपना देखेकी सम्झनाले, चिनियाँ नागरिक बनेपछि जीवन चलाउन सहज हुने कुराले उनलाई लोभ्यायो । उनलाई बिहे गरेको पाँच वर्षपछि चिनियाँ रेसिडेन्सी पाउने बताइएको थियो ।

विलासी जीवनको आशामा उत्साहित सम्झनाले चिनियाँ नागरिक र उनको परिवारलाई ठमेलको एउटा रेस्टुरेन्टमा भेटिन् । उनलाई चीन जान चिनियाँ नागरिकसँग विवाह दर्ता गराउनु पर्ने बताइयो । यही सल्लाह अनुसार उनीहरूले सन् २०२३ मार्च २७ मा विवाह दर्ता गराए ।

त्यसपछि नव विवाहित जोडी सन् २०२३ अप्रिल १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन उडे । उनलाई उनको श्रीमानद्वारा दक्षिणी चिनियाँ सहर जिंगताई लगियो । सुरुमा उनीहरूबिचको सम्बन्ध  राम्रो थियो । तर, दश बाह्र दिनपछि उनको श्रीमानले उनको इच्छा विपरीत धेरै पटक यौन सम्पर्क गर्न बाध्य पारे । उनी भन्छिन् – यौन उत्तेजक चक्की खाएर दिनमा ५ – ६ पटकसम्म यौन सम्पर्क गर्थे” ।

उनले  यस्तो पीडादायी गतिविधिको विरोध गर्दा झन् अवस्था बिग्रियो। उनले विवाह गरेको चिनियाँ पुरुषले सम्झनालाई वेश्यावृत्तिमा लगायो । उनले भनिन् “मैले आत्महत्या गर्ने प्रयास गरेँ तर दुर्भाग्यवश म मरिनँ” ।

पछि मात्र सम्झनाले नेपालबाट ५ लाखमा वेश्यावृत्तिको लागि चिनियाँ नागरिकले किनेको थाहा पाइन् । जसरी त्यसरी उनले बेइजिङस्थित नेपाली दूतावासमा सम्पर्क गर्न सफल भइन् । त्यसपछि उनलाई चीनबाट उद्धार गरिएको थियो । 

पार्वती: सन् २०१९ मा पार्वती वैदेशिक रोजगारीमा जाने योजनामा थिइन् । उनले आशा तामाङकी भाइलाई भेटिन् । पार्वतीलाई भेटेको केटाले आफ्नी बहिनीले चिनियाँ नागरिकसँग विवाह गरेर राम्रो सुखी जीवन बिताइरहेको बताइन् । साथै युवकले उनलाई सिन्धुपाल्चोककी चिनियाँ श्रीमान् भएकी महिलासँग भेटघाट गराउने आश्वासन पनि दिएको थियो । उनलाई बालाजुको माछा पोखरीमा विविरानी तामाङसँग भेटघाट गराए । उनलाई स्थानीय एजेन्ट विविरानी तामाङले प्रलोभनमा पारेकी थिइन् ।

चिनियाँ नागरिक ठमेलमा बसेको विविरानीले पार्वतीलाई बताइन् । उनले यदि उसले तिमीलाई मन परायो भने उसले तिमीसँग विवाह गर्नेछ भनिन्। धेरै पैसा कमाउन सकिने पनि बताइन् । कुराकानी पछि पार्वतीलाई ठमेलको एउटा होटेलमा लगेर चिनियाँ नागरिकलाई भेट गराइयो । उनीहरूले सबै कागजातहरूसहित सबै आवश्यक कुराहरू व्यवस्थित गरे ।

उनीहरू सन् २०१९ जुलाई १३ मा भिजिट भिसामा चीनको शानडोङ गएका थिए । उनीहरूसँगै लमजुङका दुई महिला पनि चीन गएका थिए । उनको भिसा एक महिनाको मात्रै भएकाले उनी १५ दिनको चीन बसाई पछि नेपाल फर्किएकी थिइन् ।

उनको भिसा सन् २०१९ अगस्ट २८ मा छ महिनाको लागि थपियो। त्यसपछि उनी फेरि चीन गइन् र नेपालमा भेटेको चिनियाँ नागरिकको घरमा बस्न थालिन् ।

यस पटक उनीमाथि राम्रो व्यवहार भएन। चिनियाँ नागरिकले उनीमाथि शारीरिक र मानसिक दुर्व्यवहार गर्न थाले । शारीरिक दुर्व्यवहारको साथै बिना उचित खानपिन राति अबेरसम्म काम गर्न बाध्य भइन् । उनी बिरामी भइन् । पछि मात्र चिनियाँ नागरिकले उनलाई नेपाली एजेन्टले १७ लाख ५० हजारमा बेचेको बतायो । चिनियाँबाट निर्मम व्यवहार पछि उनी चीनमै बस्ने अर्की नेपाली महिलाको सहयोगमा त्यो घरबाट भाग्न सफल भइन् । सन् २०१९ सेप्टेम्बर २६ मा अप्रिय र डरलाग्दो अनुभवहरू लिएर उनी नेपाल फर्किन् ।

रोशना: घरपरिवारमा आर्थिक तनावको सामना गरिरहेकी रोशना करिब पाँच वर्षअघि थाङ्का चित्र बनाउन ललितपुरको च्यासलमा सरिन् । त्यहाँ उनको भेट चिनियाँ पर्यटकका लागि गाइड र अनुवादक किरण तामाङसँग भयो । फेसबुकमा जोडिएपछि किरणले रोशनालाई चीनमा धेरै कमाउन सक्ने र चीन जाने भए सबै प्रबन्ध मिलाउन सक्ने प्रस्ताव राखे । सुरुमा उनको इन्कारको बाबजुद किरणले रोशनालाई चीन लैजाने सबै खर्च आफूले गरिदिने सर्तसहित व्यापारको लागि चीन जाने कुरा मनाउन सफल भयो ।

सन् २०२० जनवरी १० मा रोशना किरणसँग चीन उडिन्। चीन पुगेपछि उनीहरूको भेट किरणको साथी एक चिनियाँ नागरिकसँग भयो । त्यसले उनलाई शानडोङ प्रान्तको हेजे सहरमा लिएर गयो । सुरुमा रोशनाप्रति राम्रो व्यवहार गरियो तर केही दिन पछि चिनियाँ व्यक्तिले उनलाई कोठामा बन्द गर्दै पिट्न थाले। रोशनाले किरणसँग मद्दत मागिन् तर किरणले उनलाई फेसबुकमा ब्लक गर्‍यो र ८० हजार रुपैयाँमा बेचेको खुलासा गर्‍यो ।

उनको अवस्था बिग्रियो  तर उनले माया मगरलाई टिकटकमा सम्पर्क गरिन् र मायाले  बेइजिङस्थित नेपाली दूतावासलाई सो कुराको जानकारी गराइन् । सान्डोङ प्रहरीसँगको समन्वयमा घरमा छापा मारेर दुर्व्यवहार रोकियो । तीन महिना बाहिर काम गर्न अनुमति पाए पनि रोशनाको कमाइ र कागजात चिनियाँ परिवारले जफत गरेको थियो ।

नेपाली दूतावास र शानडोङ प्रहरीको सहयोगमा उनको भिसाको म्याद थप भयो र सन् २०२० को अक्टोबरमा उनीलाई सकुशल नेपाल फर्काइएको थियो ।

टीकामाया :  निम्न आर्थिक वर्गको परिवारमा जन्मेकी टीकामाया पनि एसएलसी सकेर काम गर्ने भिसामा ओमान गएकी थिइन् । मध्यपूर्वमा रहँदा आफ्नी आफन्त सरिता तामाङमार्फत सुन्दरी राईसँग फेसबुक जोडिन पुगिन् ।

सुन्दरी राईले टीकामायालाई आफू विगत दश वर्षदेखि चिनियाँ नागरिकसँग विवाह गरेर चीनमा खुसीसाथ बस्दै आएको कुरा भनिन् । सुन्दरी राईको मार्फत टीकामायालाई चिनियाँ नागरिकबाट विवाहको प्रस्ताव आएको थियो ।

सम्पन्न जीवनको प्रलोभनमा लोभिएकी टिकामाया सन् २०२३ नोभेम्बर १० मा ओमानबाट काठमाडौँ फर्किन् । सुन्दरी राईमार्फत टीकामायाले चिनियाँ नागरिकसँग भेट गरिन् । उनले विवाह गर्नु अगाडी परिवारलाई सबै कुरा जानकारी गराउनु पर्ने भनिन् । तर चिनियाँ पक्ष र सुन्दरी राईले चिनियाँ पुरुषसँग बिहे गर्न उनको परिवारले नदिने बताउँदै उनलाई त्यसो गर्नबाट रोकिएको थियो ।

सबै प्रक्रिया पूरा भएपछि टीकामाया चीनमा बिहे गर्ने आशामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिकसँग चीन उडिन् । उनलाई चीनको हार्बिनमा लगियो, जहाँ उनीहरूले विवाह गरे ।

एक हप्तापछि चिनियाँ युवकले उनीमाथि बलात्कार गर्न थाले। त्यसपछि मात्र उनले आफू १ लाख ५० हजारमा बेचिएको थाहा पाइन् । टिकटकमा भेटेका एक नेपालीको सहयोगमा उनी सन् २०२३ जुन २३ मा चीनबाट भाग्न सफल भइन् ।

माथि उल्लेख गरिएका चार वटै कथामा पीडितहरूलाई बेचबिखनमा फसाउन एउटै तरिका प्रयोग गरिएको देखिन्छ । नेपालका चीनसँग सीमा जोडिएका जिल्लाहरूका ग्रामीण पहाडी क्षेत्रका न्यून आय भएका परिवारका कमजोर महिला र केटीहरूलाई चिनियाँ नागरिकसँग विवाह गर्ने सर्तमा नेपाली दलालहरूले चीनमा आकर्षक रोजगारी र राम्रो जीवनको प्रस्ताव गर्ने गरेको खुल्न आएको छ। स्थानीय अधिकारीहरूलाई घूस दिएर नेपाली दलालहरूले चाहिने कागजातहरू तयार पार्छन् र त्यसपछि नेपाली महिलाहरूलाई चीन लगेर चिनियाँ नागरिकहरूलाई सुम्पने गरेको माथिको घटनाले देखाएको छ ।

राम्रो जागिर दिने वाचा, राम्रो जीवनको आश्वासन, विवाहको प्रस्ताव, सम्पन्न जीवन स्तरको सपना जस्ता प्रलोभनमा पारेर यी दलालहरूले परिवारका सदस्यहरू र महिलाहरूलाई विश्वास दिलाउन सफल हुन्छन् । यौन बेचबिखनलगायत दुर्व्यवहारको दलदलमा फसेपछि मात्र पीडितहरूले यी वाचा र आश्वासनहरू झूटो हुन् भनी थाहा पाउँछन् ।

पीडितहरूले चीन पुगेपछि मात्र आफूलाई के भयो भन्ने बुझ्छन् । तर त्यतिन्जेल ढिलो भइसकेको हुन्छ । बेइजिङमा नेपाली अधिकारीहरूसँग भेट र पहुँच नपाउने भएकाले उनीहरू केही गर्न सक्ने अवस्थामा  हुँदैनन् ।

नेपाल प्रहरीले एकपछि अर्को गर्दै तस्करी र्‍याकेटको पर्दाफास गर्न सफल हुन्छन् तर पक्राउ पर्नेहरू प्रायः नेपाली दलाल मात्र नै हुन्छन् । अपराधमा संलग्न चिनियाँ नागरिकहरू भने प्राय छुट्छन् । अनुसन्धानमा संलग्न प्रहरीहरूले चिनियाँ पक्षलाई कारबाही गर्न असफल भएको यो पहिलो घटना भने होइन ।

उदाहरणका लागि सन् २०१५ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चीन र कोरिया विवाह र्‍याकेटको पर्दाफास गर्‍यो, जुन त्यस समयको सबैभन्दा ठुलो तस्करी योजनाहरू मध्ये एक हो । सुरुमा नेपाल प्रहरीले अपराधको गम्भीरता बारे अनुसन्धान गर्ने वाचा गरेको  भए पनि  प्रहरीले संलग्न चीनी नागरिकहरूलाई पत्ता लगाउन भने सकेन ।

चिनियाँ पक्षबाट समन्वय र सहयोगको अभावका साथै अपराध अन्तर्राष्ट्रिय र सङ्गठित प्रकृतिको भएकोले अपराधीलाई पक्राउ गर्न कठिन भएको नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् ।

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीले भन्छन् – ‘पीडितले नेपालको सीमा पार गरेपछि उनीहरूको खोजी गर्न र न्याय दिन गाह्रो हुन्छ’ । यसका साथै यस विषयमा चिनियाँ पक्षसँग समन्वय, सहयोग र सञ्चारको अभाव रहेको ठकुरी भन्दछन् । पूर्व नायब महानिरीक्षक ठकुरीका अनुसार चीन पक्षले नेपाली अनुसन्धान अधिकारीलाई जति सहयोग गर्नुपर्ने हो त्यति सहयोग कहिले पनि गर्दैन ।

नेपाल प्रहरीले २०१५ मा काठमाडौँमा विवाह ब्युरो चलाउने र युवा युवतीहरूलाई कोरियाली र चिनियाँ पुरुषसँग विवाह गराउने गिरोहको पर्दाफास गर्दा ठकुरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक थिए । त्यो घटनाको अनुसन्धान प्रक्रियामा नेपाल प्रहरीले पर्याप्त साथ र सहयोग नपाएको ठकुरीले स्मरण गराए ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता उपरीक्षक गौतम मिश्रका अनुसार हालसम्म नेपाली युवतीलाई विवाहको प्रलोभनमा पारेर वेश्यावृत्तिमा बेच्ने ६ वटा मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन् । यी मध्ये चार चिनियाँ नागरिक संलग्न रहेको मुद्दा छन् ।

प्रवक्ता उपरीक्षक गौतम मिश्रका भन्छन् – “ समुदाय र परिवारको असहयोग र डरका कारणले पीडितहरू प्रहरीकहाँ आउँदैनन्” । प्रवक्ता मिश्रको अनुसार प्रहरीमा मुद्दा दर्ता पछि पनि पीडितहरूले आर्थिक प्रलोभनमा परेर उजुरी फिर्ता लिने गर्छन् र अदालतमा बयान फेर्ने गर्दछन्” ।

नुवाकोटका एक स्थानीयको अनुसार गत वर्ष नुवाकोटको दुर्गम गाउँकी एक स्थानीय महिला एक वर्षभन्दा बढी बेपत्ता भइन् । यस वर्षको फेब्रुअरीमा उनी दुई चिनियाँ नागरिकसँग गाउँमा फेरी देखा परिन्। एक चिनियाँ पुरुषसँग आफूले विवाह गरेको र उनीसँगै आएका अर्का चिनियाँ नागरिक उनका आफन्त भएको गाउँलेहरूलाई जानकारी गराएकी थिइन्।

केही दिनपछि उनी आफ्ना आफन्त र छिमेकीहरूलाई नगद र राम्रो जीवनको लागि चिनियाँ पुरुषहरूसँग आफ्ना छोरीहरूलाई विवाह गर्न मनाउँदै गरेको भेटियो। उनीहरूको यो योजनाबारे प्रहरीले सूचना पाएको थियो । तर प्रहरी पुग्नु भन्दा पहिले नै उनीहरू गाउँबाट भागिसकेका थिए ।

चिनियाँ तस्करी गिरोहले स्थानीय स्तरमा कसरी काम गर्छ भन्ने कुराको यो एउटा उदाहरण मात्र हो। तिनीहरूले समुदाय भित्र अनौपचारिक बिचौलियाहरू भर्ती गर्छन्। यी मध्यस्थकर्ताहरू प्रायः समुदायद्वारा चिनिएका र विश्वास गर्ने व्यक्तिहरू हुन्छन् । जस्तै आफन्तहरू, छिमेकीहरू, साथीहरू, समुदायका नेताहरू, वा प्रभावशाली व्यक्तित्वहरू।

पछिल्लो समय स्थानीयलाई समृद्ध जीवन देखाएर लोभ्याउन चिनियाँ पुरुषसँग विवाह गरिसकेका वा विवाह गरेको देखाउने महिलालाई पनि यस गिरोहले परिचालन गर्न थालेको छ ।

स्थानीयका अनुसार विपन्न गाउँलेहरूलाई लोभ्याउन स्थानीय तहमा प्रशस्त नगदसहित राम्रा लुगा लगाएका महिलाहरूलाई गिरोहले परिचालन गर्न थालिसकेको छ ।

अमेरिकी सरकारको २०२३ को मानव बेचबिखनको प्रतिवेदनले चीनमा केही जबरजस्ती विवाहका घटनाहरू उल्लेख गरेको छ । जसमध्ये धेरै घटनाहरूको सुरुवात विकट गाउँबाट भएको र यी घटनाहरूमा  यौन बेचबिखन र जबरजस्ती श्रमको उल्लेख छ । यसमा हुने कारबाहीहरू विरलै पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्ने र दोषी फैसलामा परिणत हुन्छन् । चीन र दक्षिण कोरियामा नेपाली कम्पनीमार्फत पुरुषसँग विवाह गर्न राजी हुने केही नेपाली महिलालाई घरेलु दासत्वमा बाध्य पारिएको सन् २०२२ को मानव बेचबिखन प्रतिवेदनले जनाएको छ ।

(पीडितहरूको सुरक्षा र उनीहरूको पहिचानको सुरक्षाको लागि सबै नामहरू परिवर्तन गरिएको छ।)

(डेमोक्रेसि मिडिया नेटवर्कमा प्रकाशित लेखबाट )

Previous Post

प्रहरीले रोक्दारोक्दै महाकाली नदीमा हामफालिन् धनिसा

Next Post

भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
मकवानपुरमा बस दुर्घटना : २० जना घाइते

भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In