• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपर्दाङ्गगढीको कोतघर पुनः निर्माण गरिँदै

by
२५ असार २०८१,
0
उपर्दाङ्गगढीको कोतघर पुनः निर्माण गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुग्लिन (चितवन) । इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनः निर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनःनिर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनः निर्माण गरिने भएको हो ।

 इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले कोतघर पुनः निर्माण गर्न आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड बजेट विनियोजन गरिएको  जानकारी दिए। पुरातत्त्व विभागको मापदण्डअनुसार पुरानै संरचनामा कोतघर बनाइने उनले बताए ।  उनले भने, “पुरातत्त्व विभागको समन्वयमा पुरानै संरचनाअनुसार  भग्नावशेष अवस्थामा रहेको कोतघर पुनः निर्माण गर्दैछौँ, जसका लागि रु एक करोड बजेट विनियोजन गरेका छौँ ।”

उनका अनुसार उपर्दाङ्गगढीमा पुरानो संरचनालाई असर नपुग्ने गरी  यसअघि  गोलघर, टिकट काउन्टर, वनभोजस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतीक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको छ । पर्यटकको मागअनुसार फोटो खिच्न आकर्षकस्थल बनाउन गढीको बाहिर भागमा ‘आइ लभ गढी’ लेखेको संरचना निर्माण गरिएको छ ।

यसैबीच गाउँपालिकाले उपर्दाङ्गगढीको तोप खोजी गरिरहेको बताए । अध्यक्ष गुरुङले भने, “यहाँको तोप कहाँ छ, त्यसबारेमा खोजी भइरहेको छ, नेपाली सेना र पुरातत्त्व विभागसँग यसबारे कुराकानी भइरहेको छ, तोप जहाँ भए पनि हामी गढीमै फर्काउँछौँ ।”

सन् १९६० सम्म उपर्दाङ्गगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख भएअनुसार तत्कालीन बाइसेचौबीसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गरेका थिए । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ ।

यसैबीच गाउँपालिकाले पर्यटन विकासका लागि त्रिभुज परियोजनाको कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले उपर्दाङ्गगढी, सिराइचुली र इच्छाकामना मन्दिरलगायत पर्यटकीय क्षेत्रलाई जोड्नेगरी ‘इच्छाकामना त्रिभुज परियोजना’ अघि सारेको हो ।

उपर्दाङ्गगढी क्षेत्रको ऐतिहासिक र पुरातात्त्विक महत्त्व  झल्किनगरी भौतिक संरचना निर्माण गरी पुरातात्त्विक तथा ऐतिहासिक सङ्ग्रहालयका रूपमा विकास गरिने अध्यक्ष  गुरुङले बताए । सिराइचुली क्षेत्रमा प्राकृतिक सौन्दर्य र पदमार्ग इच्छाकामना मन्दिर क्षेत्रमा धार्मिक सम्पदाको विकास र विस्तारलाई जोड दिइने उनले बताए ।

 लामो झरना, बालगौरी पाथीभरा मन्दिर, महादेवस्थान, हात्तीबाङ, कुरिनघाट शिवालयजस्ता धार्मिक ऐतिहासिक पुरातात्त्विक एवं पर्यटकीयस्थलको भौतिक संरचना निर्माणमा थप लगानी गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष गुरुङ बताए ।

Previous Post

सुन तस्करीको प्रतिवेदन गुपचुप राखेर ‘हाइप्रोफाइल’ आरोपीलाई उन्मुक्ति

Next Post

फ्रान्सको चुनावी नतिजाले सबै चकित !

सम्बन्धित खबर

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
Load More
Next Post
फ्रान्सको चुनावी नतिजाले सबै चकित !

फ्रान्सको चुनावी नतिजाले सबै चकित !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In