• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

फ्रान्सको चुनावी नतिजाले सबै चकित !

by
२५ असार २०८१,
0
फ्रान्सको चुनावी नतिजाले सबै चकित !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । फ्रान्समा संसदीय निर्वाचनमा आश्चर्यजनक नतिजा आएको छ । यी नतिजाहरू कसैले अपेक्षा गरेका छैनन् । चुनावअघि फ्रान्समा दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीले ठूलो जित दर्ता गर्न सक्ने केही मानिसहरूले विश्वास गरेका थिए । एक साताअघिसम्म यो पार्टी पहिलो चरणमा अगाडि थियो ।

सोमबार बिहान नतिजा आउन थालेपछि अर्कै तस्बीर अगाडी आयो । वामपन्थी र केन्द्रिय दलको गठबन्धन न्यू पपुलर फ्रन्ट वा एनएफपीले नेशनल र्यालीलाई रोक्न ठूलो सफलता हात पारेको छ । नयाँ पपुलर फ्रन्ट १८२ सिटसहित पहिलो स्थानमा छ त्यस्तै राष्ट्रपति म्याक्रोन नेतृत्वको गठबन्धनले १६८ सिट, नेशनल र्‍याली र गठबन्धनले १४३ सिट जित्यो । ५७७ सदस्यीय संसदमा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत पाउन सकेको छैन ।

यद्यपि फ्रान्समा कुनै एकल गठबन्धनले सरकार बनाउने सम्भावना कम छ । तर वामपन्थी नेता जीन लुक मेलेनकोनले ठूलो घोषणा गरेका छन् । जीनले आफ्नो गठबन्धनले प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरे । भर्खरै चार युरोपेली देशले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएका छन् । यी चार देशहरू स्पेन, नर्वे, आयरल्याण्ड र स्लोभेनिया हुन् ।

फ्रान्सेली चुनावको नतिजापछि पेरिसका केही क्षेत्रमा हिंसा पनि देखिएको छ । एक्जिट पोलले नेशनल र्‍याली तेस्रो स्थानमा खस्ने र त्यसपछि नतिजा आउने भविष्यवाणी गरेपछि हजारौं मानिस पेरिसको सडकमा उत्रिए । कतिपय ठाउँमा हिंसा पनि भएको छ ।

पेरिसमा सुरक्षा व्यवस्था कडा पारिएको छ र दंगा नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । पेरिसमा वामपन्थी समर्थकहरूले र्‍याली निकालेका छन् । फ्रान्सेली च्यानलहरूमा चुनाव डेटा देखा पर्दा, यसले अति दक्षिणपन्थी मरीन ला पेन र प्रधानमन्त्री पदका उम्मेदवार जोर्डन बर्डेलाका लागि खुसी ल्याएन । वामपन्थीले चुनाव जित्यो । सेन्ट्रिस्ट इमानुएल म्याक्रोन पनि चुनावमा दोस्रो स्थानमा उक्लिए र नेशनल र्‍याली तेस्रो स्थानमा पुग्यो ।

वामपन्थीका जीन लुक मेलेनसनले चुनावी नतिजालाई आफ्नो जित घोषणा गर्न समय खेर फालेनन् । आलोचकहरूले जीनलाई कट्टरपन्थी नेताको रूपमा हेर्छन् । स्टालिन गार्ड स्क्वायरमा जीनले भने, ‘राष्ट्रपतिले नयाँ पपुलर फ्रन्टलाई सरकार बनाउन आग्रह गर्नुपर्छ । जीनले म्याक्रोनले चुनावमा आफू र उनको गठबन्धन पराजय भएको स्वीकार गर्नुपर्ने बताए । तर, नयाँ पपुलर फ्रन्टको जित सरकार गठनका लागि त्यति ठूलो भने छैन ।

फ्रान्समा त्रिशंकु संसद हुने भएको छ । आफ्नै बलमा ५७७ सिट भएको संसदमा सरकार गठनका लागि आवश्यक २८९ सिटमा यी कुनै पनि गठबन्धनले पुर्याउन सकेको छैन । फ्रान्समा यो ठूलो फेरबदलको कारण गठबन्धन राजनीति रहेको बताइएको छ । नेशनल र्‍यालीको विरुद्धमा मत विभाजनबाट बच्न धेरै वामपन्थी र केन्द्रवादी उम्मेदवारहरू चुनावी दौडबाट पछि हटेका छन् । यही कारणले वामपन्थी नेता जीनले एनएफपीको जितलाई अति दक्षिणपन्थी विरुद्धको जित र म्याक्रोनको एजेन्डाको हार भनेका छन् ।

एक साताअघिसम्म नेशनल र्यालीका समर्थक र नेताहरुले बहुमत ल्याउने कुरा गरिरहेका थिए । मरिन ले पेनले भनिन्, ‘दुई वर्षअघि हामीसँग जम्मा सात जना सांसद थिए । आजको नेशनल र्यालीका सांसद संख्याका हिसाबले नम्बर एक पार्टी हो ।

गत निर्वाचनमा नेशनल र्यालीमा ८८ सांसद थिए भने अहिले १४० भन्दा बढी सांसद छन् । जोर्डनले आफ्नो पार्टी गलत गठबन्धनसँग हारेको र यो बेमेल गठबन्धन भएको बताएको छ । दोस्रो चरणको निर्वाचनमा नेशनल र्यालीलाई जित्न नदिन दुई सयभन्दा बढी उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका थिए । फ्रान्सको यस संसदीय निर्वाचनमा मतदानको प्रतिशत ६६.६३ प्रतिशत थियो ।

यो सन् १९९७ को चुनावपछिको कीर्तिमानी मतदान हो । म्याक्रोनले संसद भंग गरी मे महिनामा चुनाव घोषणा गरेका थिए ।

Previous Post

उपर्दाङ्गगढीको कोतघर पुनः निर्माण गरिँदै

Next Post

डुबानमा परेकाको उद्धारमा सुरक्षा फौज

सम्बन्धित खबर

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
Load More
Next Post
डुबानमा परेकाको उद्धारमा सुरक्षा फौज

डुबानमा परेकाको उद्धारमा सुरक्षा फौज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In