• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यौन दुर्व्यवहारको आरोप पछि पर्वतारोही निर्मल पूर्जालाई नेपालमा प्रतिबन्ध लगाउन माग

by
२१ असार २०८१,
0
यौन दुर्व्यवहारको आरोप पछि पर्वतारोही निर्मल पूर्जालाई नेपालमा प्रतिबन्ध लगाउन माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंँ—विवादै विवादमा घेरिएका चर्चित पर्वतारोही निर्मल पूर्जालाई अन्तर्राष्ट्रिय पर्वतारोही समुदाय सहित नेपालका विभिन्न क्षेत्र र व्यवसायबाट कारबाही गर्न माग गरिएको छ ।

पूर्जामाथि यौन दुर्व्यवहार, पर्वतारोहणको नियम तोड्ने र नेपालको छवि धुमिल पारेको आरोपहरू लागेको छ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले आरोही निर्मल पूर्जालाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् ।

हालैको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बजगाईंले पूर्जाले यौन दुव्र्यवहार गरेको र यात्राका क्रममा शेर्पालाई डोरी काटेको आरोप लगाएर नेपालको छविमा आँच पु¥याएको बताए । यस्तै, उनले सगरमाथा आरोहणका लागि नेपाली नागरिकताको दुरुपयोग गरेको आरोप पनि लगाएका छन् ।

बजगाईले न्युयोर्क टाइम्सको समाचारलाई उद्धृत गर्दै निर्मल पूर्जाले दुई जना महिला पर्वतारोहीलाई यौन दुव्र्यवहार गरेको कुरा पनि उठाएका थिए । न्युयोकटाइम्स अनुसार, पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्ट्सा र क्यालिफोर्नियाका अप्रिल लियोनार्डोले पूर्जाले आफूसँगको यात्राको क्रममा यौन दुव्र्यवहार गरेको आरोप लगाएका छन् । उक्त आरोप पछि पर्वतारोहण क्षेत्र संशकित बनेको छ ।

पूर्जामाथि लागेका यस्ता आरोपपछि पर्वतारोही समुदायले महिला पर्वतारोहीको सुरक्षाका लागि आह्वान गर्दै दुई महिलाको समर्थनमा निस्केका थिए । महिलाद्धारासञ्चालित पथप्रर्दशन कमपनी एडब्लुइ एक्सिपिडिशलेपूर्जाले महिलामाथि गरेको यौन हिंसाको समाचारबाट आफूहरु चिन्तित भएका बताएका छन् ।

प्रख्यात पर्वतारोही एड्रियन बालिन्गरले सामाजिक सञ्जालमा यौन दुव्र्यवहार विरुद्ध शून्य सहनशीलता अपनाउन माग गरेका छन् । ‘म सँधै विश्वास गर्छु कि हाम्रो काम हिमालमा जोखिमहरू कम गर्ने हो जहाँ हामी सक्छौं र त्यसपछि इमानदारीपूर्वक हामीले नियन्त्रण गर्न नसक्ने जोखिमहरू स्वीकार गर्छौं, र अगाडी कसरी बढ्ने भनेर निर्णय लिन्छौ!, उनले इन्स्टाग्राममा भने ।

चर्चित अमेरिकी पर्वतारोही एलिसन लेभिनले उक्त समाचार सुन्न आफू एक वर्षभन्दा बढी समयदेखि कुरीरहेको बताएकी छन् । ‘यौन उत्पीडन एक खतरा हो जसललाई हामीले कम गर्न मात्र सक्दैनौं, हामी हाम्रो समुदायमा शून्य सहनशीलता सुनिश्चित गर्न एकसाथ जुट्नुपर्नेछ’, उनले भनिन् ।

यसैबीच, उक्त आरोप पछि पूर्जासँग सहकार्य गरेका धेरै ब्रान्डहरूले उनीसँगको साझेदारी निलम्बन वा रद्द गरेका छन् । एक अमेरिकी आउटडोर ब्याकप्याक कम्पनी ओस्प्रे प्याक्सले आफ्नो प्रायोजन फिर्ता लिएको छ। यस्तै, ग्रिभल र स्कार्पा लगायत अन्य अन्तरराष्ट्रिय ब्रान्डहरूले उनीसँगको सम्बन्ध तोडेका छन् ।

स्कार्पाले एक विज्ञप्तिमा निर्मला पूर्जासँगको अनलाइन र अफलाइन दुबै विज्ञापन र प्रचारात्मक गतिविधिहरू निलम्बित गरेको जनाएको छ। आरोहण उपकरणको इटालियन उत्पादक ग्रिभलले पूर्जामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि नै निर्मल पूर्जाको र उनीसँग विज्ञापन गरिएका उत्पादनका सबै तस्विरहरू आफ्नो इन्स्टाग्रामबाट हटाइसकेको छ । यद्यपी, पूर्जाले यी सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागलाई नेपालको पर्वतारोहण नियम उल्लंघन गरेको आरोपमा निर्मल पूर्जा र उनको आरोहण कम्पनी इलायत एक्पिडिशनलाई कारबाही गर्न सिफारिस गरेको थियो । विभागले मन्त्रालयमा बुझाएको विस्तृत प्रतिवेदन अनुसार निर्मल पूर्जाले यसै वर्ष सगरमाथा क्षेत्रमा आरोहण गर्ने क्रममा आरोहण नियम उल्लंघन गरेको भन्दै नेपाल पर्यटन ऐन–१९७८ को दफा ३८(१) बमोजिम कारबाही गर्नुपर्ने बताएको छ ।

उक्त दफा अनुसार पर्वतारोहण दल वा त्यसको कुनै सदस्यले आरोहण नियम उल्लंघन गरेमा नेपाल सरकारले उनीहरूलाई पाँच वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन वा दश वर्षसम्म नेपालमा पर्वतारोहण गर्न प्रतिबन्ध लगाउन सक्ने उल्लेख छ । नेपालको अग्रेजी दैनिक हिमालयन टाइम्स अनुसार पूर्जामाथि के कारबाही गर्ने भन्ने निर्णय मन्त्रालयको हातमा रहेको छ ।

उनले सगरमाथाको साउथ समिट माथि डोरी काटेको भ्रामक भिडियो फैलाएर नेपालको पर्वतारोहण उद्योगलाई ध्वस्त पार्न खोजेको पर्यटन विभागको प्रतिवेदनमा उल्लेख छ । यसअघि पनि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), आरोहण सञ्चालक संघ नेपाल र नेपाल पर्वतारोहण संघलगायत पर्यटन उद्योग सम्बन्धि संघसंस्थाले आरोहण नियमको अवहेलना गरी नेपालको पर्वतारोहण उद्योगलाई कलंकित गरेको भन्दै पूर्जा र उनको कम्पनीलाई कारबाही गर्न माग गरेका थिए ।

विवादका पर्याय पूर्जा
निर्मल पूर्जाका लागि विवाद नौलौ विषय होइन् । सन् २०१९ मा आमा दाबलामको चुचुरोबाट ठूलो कुवेती झण्डा फहराएकोमा उनी विवादमा तानिए । यस हिमाललाई धेरैले पवित्र मान्छन् ।

त्यस्तै, एभरेष्ट बेस क्याम्पमा विश्वकप फुटबल लगेकोमा उनको आलोचना भएको थियो । कतिपय आलोचकहरूले तेलको धनी कतारको हातमा रहेका नेपालीको दुर्दशा नदेखेको भन्दै आलोचना गरेका थिए । कतारले नेपाली लगायतका आप्रवासी कामदारमाथि दुव्र्यवहार गरेको भन्दै विश्वभर आलोचना भइरहेको छ ।

कतारले २०१० मा २०२२ फिफा विश्वकप आयोजना गर्ने तयारी गर्ने क्रममा आप्रबासी कामदार माथि शोषण गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यम, एम्नेस्टी इन्टरनेशनल र ह्युमन राइट वाचले सार्वजनिक गरेको थियो । सेप्टेम्बर, २०२२ मा, पूर्जाको आरोहण कम्पनी इलाइट एक्पिडिशनको कार्यालयमा विस्फोट भएको थियो ।

उक्त विष्फोटमा परी तीन जनाको मृत्यु भयो र केही घाइते भए । विष्फोटबाट पूर्जाको कार्यालय रहेको घरमा क्षति पुगेको छ भने रु पाँच करोडभन्दा बढीको धनमालको क्षति भएको छ । विष्फोटमा जलेर क्षति पुगेको घरका घरधनीलाई क्षतिपूर्ति नदिएको पुर्जामाथि आरोप छ । यसको सट्टा, उनले घर धनीलाई बेलायतबाट धम्की दिए ।

यसबाहेक, उनीमाथि सगरमाथा आधार शिविर माथि आरोहीहरूका लागि गैरकानूनी रूपमा प्रशिक्षण आयोजना गर्ने, क्याम्प २ बाट अनाधिकृत हेलिकप्टर उडान गरेको र गैरआवासीय नेपाली भएको नाउँमा कर छली गरेको आरोप पनि छ । नेपाली मूलका पूर्जा आफ्नी श्रीमती र बच्चासहित बेलायतमा बस्दै आएका र उनीसँग बेलायती नागरिकता रहेको बताइएको छ ।

पूर्जाको ख्याति
विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल ६ महिना ६ दिनमा किर्तिमानी सफल आरोहण गरेपछि पूर्जााले सन् २०१९ मा ख्याति कमाएकी हुन् । उनले आफ्नो पुस्तक बियोन्ड पसिबल विमोचन गरेपछि उनको ख्याति बढ्यो र नेटफ्लिक्समा १४ पीक्सः नथिङ इज इम्पोसिबल वृत्तचित्र प्रसारण भएपछि उनको चर्चा झनै चुलिएको थियो ।

सन् १९८६ जुलाई २४ गते म्याग्दीको दाना गाउँमा जन्मेका पूर्जाले बेलायती सेनामा १६ वर्ष सेवा गरेका थिए । पूर्जाले सन् २०१२ डिसेम्बरमा पहिलो पटक सगरमाथा आधार शिविरको पदयात्रा गरेका थिए ।त्यसपछि उनले तीन दर्जनभन्दा बढी पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् भने हिमालमा धेरै किर्तिमान राखेका छन् ।

Previous Post

लक्की ज्वेलर्सले किनेको थियो तस्करीको ३३१ किलो सुन

Next Post

जीवन बचाउने थलो बन्दै चारआलीको सर्पदंश उपचार केन्द्र

सम्बन्धित खबर

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
समाचार

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

९ भदौ २०८३,
मेहनत र आम्दानी दुवै गाउँमै
फिचर-ब्यानर

मेहनत र आम्दानी दुवै गाउँमै

९ भदौ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
Load More
Next Post
जीवन बचाउने थलो बन्दै चारआलीको सर्पदंश उपचार केन्द्र

जीवन बचाउने थलो बन्दै चारआलीको सर्पदंश उपचार केन्द्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In