• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    यस्तो छ आजको मौसम

    आज घर घरमा फूलपाती भित्र्याइँदै

    आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेहनत र आम्दानी दुवै गाउँमै

metakhabar by metakhabar
९ भदौ २०८३,
0
मेहनत र आम्दानी दुवै गाउँमै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । यहाँको पाटन नगरपालिका–१० हतासका मदनराज भट्टको मुख्य आम्दानीको स्रोत बनेको छ, फलफूल र तरकारी खेती । घरका लागि मात्रै तरकारी उत्पादन गर्दै आएका भट्ट एक दशकयता व्यावसायिक रूपमा सक्रिय छन् ।

उत्पादन राम्रो हुने र बजारको समस्या नभएकाले भट्ट परिवार नै पूर्ण रूपमा कृषि पेसामा आबद्ध छन् । “श्रीमती र दुई छोरासहित व्यावसायिक कृषि पेसामा आबद्ध छौँ ”, भट्टले भने, “व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी हुँदा खुसी छौँ ।”

विसं २०७२ देखि व्यावसायिक रूपमा सुरु गर्नुभएको भेडेखुर्सानी खेती अहिले विस्तार भएर १६ रोपनी क्षेत्रफलमा पुगेको छ । “बजारको विस्तार भएसँगै भेडे खुर्सानी खेती व्यावसायिक रूपमा गरिरहेका छौँ”, उनले भने।

बजारमा उचित मूल्य पाएको वर्ष भेडेखुर्सानीबाट मात्रै रु आठ लाखसम्म आम्दानी हुने गरेको भट्टले बताए । आधुनिक कृषि प्रविधि, विशेष गरी मल्चिङ प्रविधि तथा कृषि उपकरणको प्रयोगले उत्पादनसँगै आम्दानी बढ्दै गएको उनको अनुभव छ ।

“कृषिलाई परम्परागत रूपमा मात्र नभई व्यवसायका रूपमा अघि बढाउनसके राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने, “बीउबिजन, ढुवानीलगायत अन्य खर्च कटाएर भेडेखुर्सानीबाटै रु चार लाखसम्म बचत हुने गरेको छ ।”

भट्ट परिवारले सञ्चालन गर्दै आएको मल्टी एग्रो फार्ममा करिब ४० रोपनी क्षेत्रफलमा तरकारी तथा फलफूलखेती भइरहेको छ । भेडेखुर्सानी, किवी, कागती, सुन्तला खेतीसँगै कुखुरा तथा बङ्गुरपालन गर्दै आएका छन्।

सुरुका दिनमा प्राविधिक ज्ञानको अभावमा केही कठिनाइ भए पनि अहिले किबीखेती क्रमशः विस्तार हुँदै गएको भट्टका छोरा दिपक बताउँछन् । बजारको केही चुनौती भए तापनि पाँच रोपनीमा किवी खेती गरिएको उनले बताए । “बजार र प्राविधिक ज्ञानको अभाव छ । युट्यब हेरेर व्यवसाय सञ्चालन गरेको हुँ”, दीपकले भने, “विसं २०७६ देखि सुरु गरिएकामा अहिले पाँच रोपनी क्षेत्रफलमा विस्तार गरी किबीका २०० बोट लगाएका छौँ ।”

दैनिक पन्ध्र सय बढी अण्डा उत्पादन

दुई वर्षयता दीपकले कुखुरा पालन व्यवसाय पनि थप्नुभएको छ । रु १० लाखको लगानीमा आधुनिक खोर निर्माण गरी कुखुरा पालन व्यवसाय थपिएको उनले जानकारी दिए ।

“अण्डा उत्पादनका लागि लेयर्स जातका दुई हजारबढी कुखुरा छन्”, दीपक भन्छन्, “दैनिक एक हजार ६०० अण्डा उत्पादन हुने गरेको छ । बैतडीसहित बझाङ र दार्चुलाका विभिन्न बजारमा जाने गरेको छ ।”

बजारको अभाव नभए पनि ढुवानीको समस्या हुने गरेको कृषक भट्ट परिवारको भनाइ छ । व्यवसाय विस्तारको योजना भए तापनि दाना, अण्डा, बीउबिजनलगायत उत्पादित तरकारी बजारसम्म पुर्याउन सकस हुने गरेको दीपकको भनाइ छ ।

मेहनत गरे गाउँमै राम्रो आम्दानी

कृषि व्यवसायबाट वार्षिक रु एक करोडभन्दा बढीको कारोबार हुने भए पनि उत्पादन लागत, दाना, मल, औषधि, श्रम तथा ढुवानीलगायत खर्च कटाउँदा बचत भने अपेक्षाकृत कम हुने गरेको परिवारको भनाइ छ । सबै खर्च कटाएर वार्षिक रु ३० लाखसम्म खुद नाफा हुने गरेको दिपक बताउँछन् ।

“बाहिर गर्नुपर्ने मेहनत गाउँमै गरे आम्दानी राम्रो हुने दीपक बताउँछन् । “यहाँ केही पनि छैन भन्दै सयौँ नेपाली रोजगारीको खोजीमा विदेशिने गरेका छन्”, उनले भने, “तर गाउँमा पनि थुप्रै अवसर छन् । यतै मेहनत गर्यौँ भने विदेशकोभन्दा राम्रो कमाई हुन्छ ।”

व्यवसाय विस्तार गर्ने योजनामा रहेका भट्टले सरकारको साथ खोजेका छन् । उनले सडकको सहज पहुँच र बजारको थप व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रहसमेत गरे ।

Previous Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Next Post

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

metakhabar

metakhabar

सम्बन्धित खबर

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
आवाज

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

१ कार्तिक २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
समाचार

यस्तो छ आजको मौसम

१ कार्तिक २०८३,
आज घर घरमा फूलपाती भित्र्याइँदै
आर्थिक

आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

१ कार्तिक २०८३,
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
फिचर-ब्यानर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

३० अशोज २०८३,
नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
जीवन शैली

नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

३० अशोज २०८३,
Load More
Next Post
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In