• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
९ भदौ २०८३,
0
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ। ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना सञ्चालनमा आएपछि ३७० घरधुरी लाभान्वित भएका छन् ।

गाउँपालिकाको कार्यालय, एक्सन फर नेपाल र उपभोक्ता समितिको त्रिपक्षीय लागत साझेदारीमा वडा नं २ बाकाचोलमा लुबेरा–बादेल खानेपानी आयोजना र झाँक्रीबास खानेपानी आयोजना तथा वडा नं ७ माक्पामा रोलुखोला नेरुङ खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।

तीनवटै आयोजनामार्फत घर तथा सार्वजनिक स्थानमा ३७२ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष टेककेन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

“तीनवटै खानेपानी आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । सबै घरमा निर्माण गरिएका धाराबाट पर्याप्त स्वच्छ खानेपानी उपलब्ध भएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित खानेपानी आयोजनालाई प्रभावकारी बनाउन अनुगमन तथा मर्मत समिति गठन गरिएको छ । खानेपानी आपूर्ति बन्द भएमा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन हेरालुसमेत नियुक्त गरिएको छ ।

कुल रु एक करोड ३६ लाख ८४ हजार ७८५ लागतमा सम्पन्न बाकाचोलको लुबेरा–बादेल खानेपानी आयोजनाबाट २०४ वटा धारा निर्माण गरिएको छ । गत असार १६ गते सम्पन्न उक्त आयोजनाका लागि उपभोक्ता समितिले रु १३ लाख ६८ हजार ४७८ बराबरको श्रमदान गरेको जनाएको छ ।

त्यस्तै, रु ४२ लाख ७२ हजार ९५८ लागतमा सम्पन्न माक्पाको रोलुखोला नेरुङ खानेपानी आयोजनाबाट ४४ घरमा र सार्वजनिक स्थानमा दुई वटा धारा निर्माण गरिएको छ । उक्त आयोजना गत जेठ ६ गतेदेखि सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

खानेपानी आयोजना सञ्चालन हुनुअघि खानेपानीको समस्या रहेको झाँक्रीबासमा आयोजनामार्फत १२२ वटा धारा निर्माण गरिएको छ । करिब सात किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत झाँक्रीबासमा पानी ल्याइएको हो । उक्त आयोजनाको गत जेठ १२ गते औपचारिक उद्घाटन गरिएको थियो ।

गाउँपालिका अध्यक्ष गीरेन्द्रबहादुर राईले आगामी वर्ष गाउँपालिकाका सबै घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

“सरकारको नीतिअनुसार गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गरिरहेका छौँ । निर्वाचित भएर आएपछि करिब ५० प्रतिशत घरधुरीमा यो सेवा पु¥याइसकेका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकामा तीन हजार ३५५ घरधुरी छन् । बाँकी सबै घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने योजना बनाएर बजेट विनियोजन गरेका छौँ ।”

लामो समयदेखि कुवा तथा खोलाको पानी प्रयोग गर्दै आएका स्थानीय बासिन्दा घरघरमा निर्माण गरिएका धाराबाट स्वच्छ खानेपानी पाउन थालेपछि खुसी भएका छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐँसेलुखर्क गाउँपालिकाको बाकाचोलमा यसअघि कादुरीले सञ्चालन गरेको खानेपानी आयोजना जीर्ण भएपछि नयाँ आयोजना सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका दुई वडामा एकैपटक तीन वटा खानेपानी आयोजना सञ्चालन गर्न विसं २०८२ मङ्सिर २७ गते त्रिपक्षीय सम्झौता गरिएको थियो ।

सम्झौतामा गाउँपालिकाका तर्फबाट अध्यक्ष राई र प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, एक्सन फर नेपालका तर्फबाट कार्यकारी प्रमुख लाक्पाछिरिङ शेर्पा र लेखा संयोजक अजिला लिम्बू तथा उपभोक्ता समितिका तर्फबाट सम्बन्धित वडाका वडाध्यक्षले हस्ताक्षर गर्नुभएको थियो ।

Previous Post

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

Next Post

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
समाचार

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

९ भदौ २०८३,
मेहनत र आम्दानी दुवै गाउँमै
फिचर-ब्यानर

मेहनत र आम्दानी दुवै गाउँमै

९ भदौ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

९ भदौ २०८३,
Load More
Next Post
पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In