• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

किन बढ्दैछ युवतीहरूमा ‘ब्रेस्ट’ क्यान्सर?

by
१९ असार २०८१,
0
किन बढ्दैछ युवतीहरूमा ‘ब्रेस्ट’ क्यान्सर?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी चर्चित अभिनेत्री हिना खान ‘ब्रेस्ट’ क्यान्सरको सिकार भएकी छन्। सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत् उनले आफूलाई क्यान्सर लागेको बताएकी थिइन्।

उनले लेखेकी थिइन्, ‘यो चूनौतीपूर्ण बिरामीको कारण पनि म ठिक छु। म यो बिरामीविरुद्ध लडिरहेकी छु।’

क्यान्सरबाट छुटकारा पाउनका लागि जस्तोसुकै उपचार गराउन परेपनि आफू तयार रहेको उनले बताइन्।

३६ वर्षकी हिना ‘ये रिश्ता क्या कहलाता है’, ‘कसौटी जिन्दगी की’जस्तो चर्चित टिभी शोमा देखिएकी छन्। त्यसका साथै उनी रियालिटी शो ‘बिग बोस–११’ र ‘खतरों के खिलाडी–८’को हिस्सा बनेकी छन्।

‘ब्रेस्ट’ क्यान्सरको चपेटामा युवतीहरू

पछिल्लो एक डेढ दशकदेखि युवतीहरूमा ब्रेस्ट क्यान्सर देखिन थालेको अखिल भारतीय आयुर्विज्ञान संस्थान यानी एम्समा सर्जिकल आन्कोलोजी विभागका प्रोफेसर डाक्टर एसवीएस देवले बताए।

उनका अनुसार बे्रस्ट क्यान्सरको चपेटामा ४० वर्षभन्दा मुनिका युवतीहरू परिरहेका छन्। त्यसमा पनि सबैभन्दा धेरै २०–३० वर्षका युवतीहरू धेरै छन्।

‘सबैभन्दा कान्छो वर्गको कुरा गर्ने हो भने दुईदेखि तीन प्रतिशत क्यान्सरका बिरामी हुन्छन् र युवा वर्गको कुरा गर्ने हो भने १५ प्रतिशत ४०–४५ वर्षका महिला हुन्छन्। उमेरअनुसार स्तन क्यान्सरको प्रकोप ३० प्रतिशतले बढ्छ र १६ प्रतिशत ४४ देखि ५० वर्ष उमेरका महिलामा पाइन्छ’, उनले बताइन्।

उनको अनुसार पश्चिमी देशहरूका महिलाहरूमा ४० वर्षपछि ब्रेस्ट क्यान्सर देखिन थाल्छ। र, ५०–६० वर्षको महिलामा क्यान्सर बढेको देखिन्छ।

आमा र छोरीको उदाहरण दिँदै उनले भने, ‘५५ वर्षकी आमा र २२ वर्षकी छोरीलाई एकै पटक क्यान्सर भएको थियो र, उनीहरूको अप्रेशन पनि गरियो।’

क्यान्सर विशेषज्ञ डा देवव्रत आर्य पनि यसअघि स्तन क्यान्सरको समस्या धेरैजसो ५० देखि ६० वर्ष उमेर समूहमा हुने गरेको बताउँछन् तर २० वर्षभन्दा माथिका बालिकामा पनि धेरै देखा परेपछि उनी स्वंय आश्चर्यमा परेका छन्। उनका अनुसार यो एक असामान्य कुरा हो।

डा. देवव्रत आर्यले आफ्नो थेसिसको विषय स्तन क्यान्सर भएको बताउँदै भने, ‘तथ्याङ्क हेर्ने हो भने २० देखि ३० वर्ष उमेर समूहका महिलामा ५ देखि १० प्रतिशत स्तन क्यान्सर हुने गरेको पाइएको छ। र यो प्रतिशत निकै ठूलो हो।’

के भन्छ तथ्याङ्क? 

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)–राष्ट्रिय रोग सूचना तथा अनुसन्धान केन्द्र (एनसीडीआईआर)ले राष्ट्रिय क्यान्सर रजिस्ट्री कार्यक्रम प्रतिवेदन २०२० जारी गरेको थियो।

जसमा सन् २०२० मा क्यान्सरका १३.९ लाख घटनाहरू हुने अनुमान गरिएको थियो। उनका अनुसार सन् २०२५ मा यी घटना बढेर १५.७ लाख पुग्नेछन्।

यो अनुमान २८ क्यान्सर अस्पतालका ५८ क्यान्सर दर्ताका आधारमा बनाइएको हो। यी दर्ताका अनुसार १४.८ प्रतिशत अर्थात् ३.७ लाख महिलामा स्तन क्यान्सरको मूल्यांकन गरिएको छ।

सामान्यतया स्तन र पाठेघरको मुखको क्यान्सरका धेरैजसो घटना महिलामा हुने गरेको र महिलामा स्तन क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएको पाइएको छ।

किन बढिरहेको छ क्यान्सर?

तर किन बढिरहेको छ भारतमा क्यान्सरको संख्या? त्यसको जवाफमा देव भन्छन् कि भारतमा मानिसहरूको जनसंख्या बढी छ। र, रोग पनि बढिरहेको छ। त्यसमा पनि युवा बढी छन्, त्यसैले पनि उनीहरू क्यान्सर बढी देखा परेको छ।

यहाँ प्रश्न उठ्छ कि क्यान्सर र जनसंख्याको बीचमा समानुपातिक सम्बन्ध मात्र हो कि होइन?  त्यसको जवाफमा डाक्टर भन्छन् कि ब्रेस्ट क्यान्सरको घटना बढेको छ। तथ्याङ्कले देखाउँछ कि बीस वर्षमा घटनाहरू २० प्रतिशतले बढेको छ र यो क्यान्सर रजिस्ट्रीले पुष्टि गरेको छ।

उनका अनुसार स्तन क्यान्सर बढ्नुको ठ्याक्कै कारण थाहा खुलेको छेन। तर युवाहरूको केसमा भने मुख्य कारण जीवनशैली रहेको छ। र, दोस्रो कारण आनुवंशिक हो, जसमा परिवारमा कसैलाई क्यान्सर भएको छ आउने पुस्तामा क्यान्सर हुने सम्भावना बढ्छ।

त्यही कुरालाई अगाडि बढाउँदै उनले भने, ‘सबैभन्दा कम उमेरका अर्थात् २० देखि ३० वर्ष उमेरका महिलामा स्तन क्यान्सर हुनुको कारण जीवनशैलीभन्दा पनि आनुवंशिक हो।’

प्रजनन क्षमतामा प्रभाव

क्यान्सर उपचारका क्रममा दिइने केमोथेरापीले महिलाको प्रजनन क्षमतामा असर पार्ने चिकित्सकहरू बताउँछन्।

तसर्थ उपचारको क्रममा महिलाले सन्तान जन्माउन सक्ने भए कति वर्षपछि गर्भ रहन सुरक्षित रहन सकिन्छ भन्ने कुरा हेरिन्छ।

डाक्टरहरू भन्छन् कि २०–३० वर्ष भनेको केटीहरूको विवाह हुन लागेको वा विवाह भइसकेको उमेर हो। विवाहित, साना छोराछोरी वा विवाहित जोडीले सन्तान जन्माउने योजनामा ​​छन् भने त्यसले प्रजनन क्षमतामा असर पर्न सक्छ।

जब बिरामी दुई–तीन वर्षमा निको हुन थाल्छ, तब तिनीहरूले बच्चाको योजना बनाउन सक्छन्।

स्तन क्यासरको लक्षणहरू

स्तनमा गाँठो आउनु क्यान्सरको सामान्य लक्षण मध्ये एक हो। स्तनमा कुनै किसिमको गाँठो देखिए तुरुन्तै स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सुझाव छ।

स्तनमा कुनै प्रकारको सुन्निएको देखिएमा त्यसप्रति लापरवाह हुनुहुँदैन। यदि त्यो स्तनको कुनै भागमा वा पूरै स्तनमा देखा पर्दछ भने, सावधान रहनुपर्छ।

स्तनको छालामा कुनै पनि प्रकारको परिवर्तन देखिन्छ, जस्तै जलन हुने, छाला रातो हुनु वा कडा हुनु, छालाको बनावटमा परिवर्तन। छाला भिजेको महसुस हुनु पनि क्यान्सरको लक्षण हुनसक्छ।

निप्पलबाट कुनै तरल पदार्थ बाहिर निस्किएको देखिनु, भित्र तिर डुबेको वा दुखाइ भएमा चिकित्सकको सल्लाह लिनुपर्छ।

कहिलेकाहीँ युवतीहरूलाई क्यान्सरका यी लक्षणहरू पहिचान गर्न चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ, जस्तै लक्षण राम्ररी महसुस नहुने, सानो ट्युमर पत्ता लाग्दैन र कहिलेकाहीँ म्यामोग्राफीमा पनि पत्ता लाग्दैन। तर कुनै पनि प्रकारको परिवर्तन वा माथिका लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

डा. देवले यो उमेरमा स्क्रिनिङको विषयलाई अस्वीकार गरे पनि यसबारे जति जनचेतना फैलाइयो, त्यति नै कम हुने उनको भनाइ छ।

Previous Post

प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

Next Post

एकभन्दा बढी सहकारी संघसंस्था सञ्चालक भए ३० दिनभित्र छाड्न निर्देशन

सम्बन्धित खबर

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
मनोरञ्जन

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

१३ जेष्ठ २०८३,
तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
आर्थिक

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

१३ जेष्ठ २०८३,
रुसले बनायो नयाँ इबोला खोप
फिचर-ब्यानर

रुसले बनायो नयाँ इबोला खोप

१३ जेष्ठ २०८३,
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
Load More
Next Post
एकभन्दा बढी सहकारी संघसंस्था सञ्चालक भए ३० दिनभित्र छाड्न निर्देशन

एकभन्दा बढी सहकारी संघसंस्था सञ्चालक भए ३० दिनभित्र छाड्न निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In