• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सम्झौता अनुसार भाडादर कायम गर्न उद्योगीको माग

by
२८ मंसिर २०७९,
0
सम्झौता अनुसार भाडादर कायम गर्न उद्योगीको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २८ मंसिर । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिले पोखरा औद्योगिक क्षेत्र भित्र रहेको जग्गाको भाडादर सात सय प्रतिशतले वृद्धि गरेपछि उद्योगीहरु आन्दोलित बनेका छन् ।

संचालक समितिको बैठकले वि.स. २०७५ श्रावण १ गते देखी वृद्धि भाडादर लागु गर्ने भनी गरिएको एकपक्षीय निर्णय तत्काल खारेज गर्न उद्योगीहरुले माग गरेका हुन् । औद्योगिक क्षेत्र भित्रका उद्योगीहरुको संस्था पोखरा औद्योगिक क्षेत्र उद्योग संघद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उद्योगीहरुले अस्वभाविक रुपमा वृद्धि गरिएको भाडादर कुनै पनि स्वीकार नहुने बताएका छन् ।

ऐन कानून विपरीत उद्योगी तथा देशको अर्थतन्त्रलाई नै धरासायी बनाउने गतल मनासयले गरिएको भाडा वृद्धि तत्काल फिर्ता लिन उनीहरुले माग गरेका छन् । पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय पोखराले प्रतिरोपनी जग्गाको भाडादर प्रतिवर्ष ८ हजार तीन सय २८ रुपैयाँ लिँदै आएको र वि.स. २०७५ श्रावणदेखी छुटेको भन्दै प्रतिरोपनी वार्षिक ५४ हजार रुपैयाँ भाडादर निर्धारण गरी पत्र पठाइएको प्रति उनीहरुले आपत्ति प्रकट गरेका हुन् ।

उद्योगीहरुले गत असारसम्मको भाडा बुझाँइसकेको बताएका छन् । पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख किशोर कुमार पाण्डेले तत्कालीन संचालक समितिले वि.स. २०७५ श्रावणदेखी जमिनको भाडा वृद्धि गरेको र त्यतिवेलाका उद्योगमन्त्री मात्रिका यादबको एकल निर्णयले कार्यान्वयन नगर्नु भनेका कारण वृद्धि भाडादर उठाउन नसकिएको र हाल त्यही समयदेखिको वृद्धि भाडा बुझाउन पत्र लेखिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेका बेला उद्योगहरुलाई बचाउन सहजीकरण गर्नुको साटो ७ सय प्रतिशत सम्म भाडा वृद्धि गरिनु उद्योगहरुलाई बन्द गराउने नीति संचालक समितिको रहेको बताउनुभयो । साथै उहाँले उक्त भाडादर खारेजीको माग गर्दै समान र वैज्ञानिक भाडादर कायम हुनुपर्ने र व्यवस्थापन पक्षले निर्णय फिता नलिए संघले थप सशक्क्त आन्दोलन गर्ने समेत चेतावनी दिनुभयो ।

व्यवस्थापन कार्यालयबाट गत कात्र्तिक २९ गते असार २२ को निर्णयको हवला दिँदै २०७५ साउन १ देखि कायम गरिएको करिब ७ सय प्रतिशत सम्मको भाडवृद्धि र प्रत्येक आर्थिक वर्षमा ५ प्रतिशतले वार्षिक भाडा वृद्धिसहितको रकम दाखिला गर्न भनेपछि उद्योगीहरुले झस्किएको भनाई श्रेष्ठको छ ।

उद्योगहरु संचालन गर्ने क्रममा प्रत्येक दुई दुई वर्षमा १५ प्रतिशतका दरले भाडा वृद्धि गर्ने सम्झौता रहेको भनाई उद्योगीहरुको छ । उक्त सम्झौता अनुसारको भाडा बुझाउन हामी तयार रहेको प्रदेश उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद शर्मा न्यौपानेको भनाई छ ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं संघका सल्लाहकार गोकर्ण कार्कीले बैंकिङ तरलता, कोभिड लगायतका कारण उद्योगी व्यवसायीहरु समस्यामा रहेका वेला राज्यले दुःख दिने काम गरेको बताए । वैज्ञानिक भाडादर कायम भए व्यवसायीहरु भाडा तिर्न तयार रहेको उहाँको भनाई छ ।

संघका प्रथम उपाध्यक्ष रुद्रलाल श्रेष्ठले कच्चा पदार्थदेखि हरेक बस्तुमा महंगी बढेर उद्योग धन्दाहरु सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो गर्नुभयो । संघका द्धितीय उपाध्यक्ष दीपेन्द्र बस्ताकोटीले उद्योग तथा कलकारखानाहरुको सुरक्षाका लागि बस्दासमेत त्यसलाई बाहिर अतिरञ्जित गरिएको गुनासो गर्नुभयो ।

विरोध स्वरुप संघले पहिलो चरणको आन्दोलन अन्तर्गत मंसिर २५ गते सबै उद्योगमा एकल भाडादर तथा वार्ता र सहमतिमा उद्योगमैत्री भाडादर निर्धारणको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेको थियो । वि.सं. २०३१ सालमा नेपाल सरकारको लगानीमा स्थापना भएको औद्योगिक क्षेत्र ५ सय १ रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल पोखार औद्योगिक क्षेत्रमा ७७ वटा उद्योग संचालनमा रहेको र ३ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएको सो अवसरमा बताइएको छ । यो क्षेत्रको राजश्वमा बार्षिक करिब ५० करोड योगदान रहेको जानकारी उद्योगीहरुले दिए ।

Previous Post

पोखरामा मुटुरोग उपचार केन्द्र संचालनमा

Next Post

गण्डकी प्रदेश सभा सदस्य बराललाई बधाइ तथा सम्मान

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post

गण्डकी प्रदेश सभा सदस्य बराललाई बधाइ तथा सम्मान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In