• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रास्वपाको दुई वर्ष: ‘बोल्ड’ निर्णयको अन्तर्य गोप्य, पुराना पार्टीसँगको सहयात्रा ‘असहज’ बनेको त होइन

by
८ असार २०८१,
0
रास्वपाको दुई वर्ष: ‘बोल्ड’ निर्णयको अन्तर्य गोप्य, पुराना पार्टीसँगको सहयात्रा ‘असहज’ बनेको त होइन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा शुक्रवार भिडभाड र चहल पहल थियो।देशका प्रमुख दलका प्रमुख नेताहरू एक पछि अर्को गर्दै रास्वपाको स्थापना दिवसमा सहभागी हुन पुगेको देखियो।

उनीहरूलाई स्वागत र बिदाइ गर्न रास्वपाका नेताहरूलाई भ्याइ नभ्याइ थियो।नयाँ शक्ति बनाउने अभ्यास गर्दै अहिले नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि शुभकामना दिन पुगेकाहरूको भिडमा थिए।उनले सत्ताधारी रास्वपालाई पुराना राजनीतिक पार्टीहरूसँग दीर्घकालीन रूपमा सहकार्य नगर्न सुझाव दिए।

“पुराना शक्तिहरूसँगको सहकार्यलाई तत्कालको रूपमा कार्यनीतिको रूपमा लिनुपर्छ, वैकल्पिक नयाँ शक्तिहरूसँगको सहकार्य र देशलाई साँच्चिकै विकल्प दिने रणनीति बनाउनु पर्छ, त्यस्तो सन्तुलन भयो भने ठिक हुन्छ”, नेता भट्टराईले भने, “नत्र पुरानै शक्तिहरूसँगै बढी नै लसपस गर्न थाल्ने हो भने रणनीतिमा नोक्सान पर्ने र हराउने खतरा हुन्छ।”

सत्ता-यात्रापछि रास्वपाको ‘गति सुस्त’
रास्वपाका महामन्त्री डा. मुकुल ढकालले आफू ३८ वटा जिल्ला पुगेर २०७९ जनाभन्दा धेरैसँग अन्तर्क्रिया गरेर असार ५ गते काठमाण्डू फर्किएको जनाएका छन्।

भ्रमणपछि उनले भनेका छन्, “पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो? गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौँ।”त्यो कुरा स्वीकार गर्दै आफैमा केही परिवर्तन गरी अघि नबढे गाह्रो दिन सुरु हुने उनको टिप्पणी छ।

आरोह र अवरोह विकाशको नियम भएको बताउने नेता बाबुराम भट्टराईले पनि रास्वपाको मूल्याङ्कन गर्दै भनेका छन्: “तर सत्तासँग जोडिएपछि त्यसको गतिमा केही मन्दता आउँछ, त्यो त अलिकति देखिन्छ।”

तर उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेले आफूहरू ‘उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट’ रहेको बताएका छन्।उनले शुभचिन्तकहरूलाई आश्वस्त पार्दै सामाजिक सञ्जालमा भनेका छन्: “घण्टी सिंहदरबार पस्यो, यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो। बाँकी काम हामी गर्छौँ, तपाईँहरू न चिन्ता लिनुहोस्, न पिर गर्नुहोस्।”

तर नेता भट्टराईले आशङ्का गरे जस्तै रास्वपाकै शुभचिन्तक बताउनेहरूले पनि पुराना दलहरूसँगको सहकार्यलाई सहज नमानेको सामाजिक सञ्जालहरूमा बेलाबखत देख्न पाइन्छ।

‘बोल्ड’ निर्णय के हो?
महामन्त्री ढकालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको धारणालाई पनि उनले जिल्लाहरूमा अन्तर्क्रिया गर्दा पाएको त्यस्तै सुझावपछिको निचोडको रूपमा हेरिएको छ।

“पार्टी जोगाउने हो, नेपाली जनताको आशा भरोसा जगाइ राख्ने हो भने हामीले उच्च सचेतनासहित जोखिम लिएरै भए पनि केही बोल्ड निर्णय गरेर जानुपर्छ”, उनले भनेका छन्, “मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किँदैनौँ।”

सरकारबाहिर हुँदा तनहुँ जिल्लाको उपचुनावमा जितेको रास्वपाको सत्तामा हुँदा इलाम उपचुनावमा जमानत समेत जोगिएन।पार्टी नेता तथा पूर्वमन्त्री शिशिर खनालका अनुसार खास गरी इलामको चुनावपछि सर्वसाधारणको मन बुझेर प्रतिवेदन बुझाउने जिम्मेवारी पार्टी सचिवालयले महामन्त्री ढकाललाई दिएको थियो।

कतिपयले हिजो आफैले चर्को आलोचना गरेका पुराना दलका पुराना नेताहरूसँग सत्ता साझेदारी गर्ने सिलसिला अन्त्य गर्नु पर्ने दबाव रास्वपामा बढ्दै गएको ठानेका छन्।

महामन्त्री ढकालले भनेको ‘बोल्ड’ निर्णय त्यसैतर्फ लक्षित त होइन?

ढकालले प्रतिवेदन बुझाएपछि पार्टीले औपचारिक रूपमा समीक्षा गर्ने बताउँदै नेता शिशिर खनाल भन्छन्, “सरकारमा सहभागी भएको विषयमा कतै यो भएन भन्ने छ कतैकतै ठिकै छ भन्ने पनि छ।”

तर तल्लो तहसम्मको साङ्गठनिक संरचनाको बारेमा व्यापक परिमार्जनको कुरा पनि उठिरहेको उनको भनाइ छ। त्यसैले महामन्त्रीको प्रतिवेदनपछि ‘बोल्ड’ निर्णय भनेर उनले गरेको सङ्केत प्रस्ट हुने रास्वपा नेताहरू बताउँछन्।

स्थापनाको छोटो समयमै देशको राजनीतिको एक मुख्य राजनीतिक शक्ति बनाउने श्रेय पाएका सभापति रवि लामिछाने भने बारम्बार विभिन्न खालका विवादमा फस्न पुगेका छन्।

पार्टीले स्थापना दिवस मनाइ रहँदा सर्वोच्च अदालतभित्र सभापति लामिछानेविरुद्धको एउटा रिट निवेदनमाथि बहस चलिरहेको थियो।अदालतले लामिछानेको प्रतिकूल हुने आदेश दिएमा रास्वपाको सत्ता यात्रामा बिराम लाग्ने कतिपयको आकलन पाइन्छ।

बीबीसी

Previous Post

११ महिनामा भित्रियो २९ अर्ब बढीको ११ हजार ४६६ विद्युतीय सवारी

Next Post

पुजा शर्माको ‘दान्भी’ र स्वर्गीय भक्तराजको ‘आचार्य’ फिल्म रिलिज

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
आवाज

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

२२ अशोज २०८३,
Load More
Next Post
पुजा शर्माको ‘दान्भी’ र स्वर्गीय भक्तराजको ‘आचार्य’ फिल्म रिलिज

पुजा शर्माको ‘दान्भी’ र स्वर्गीय भक्तराजको ‘आचार्य’ फिल्म रिलिज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In