• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ६ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

    कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

    कुहिरो र सूर्योदय हेर्न मानुङकोट

    बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

    बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

    सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

    सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

    खलामा धान भर्दै स्थानीय सरकार

    खलामा धान भर्दै स्थानीय सरकार

    अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु

    अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२२ असोज २०८३,
0
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
5
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ, २२ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।

अस्ट्रेलियाको मेलबर्नमा आज भएको उक्त द्विपक्षीय भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा दुवै मन्त्रीले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान तथा जनस्तरको सुदृढ सम्बन्धमा आधारित दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा उहाँहरूले जोड दिनुभयो । सो अवसरमा अस्ट्रेलियाका विदेशमन्त्री वङले नेपालमा हालै गएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुनःनिर्माणका प्रयासमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताउनुभयो ।

मन्त्री वङले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा गर्नुभयो । यसअघि अस्ट्रेलियाले आपतकालीन प्रतिकार्यका लागि प्रतिबद्ध गरेको ११ मिलियन अस्ट्रेलियन डलर सहयोगमा उक्त रकम थप हुनेछ । नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभ कार्यमा केन्द्रित रहने बताइएको छ ।

मन्त्री खनालले विपद्को समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त शीघ्र तथा उदार मानवीय सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । संकटका समयमा प्राप्त यस्तो ऐक्यबद्धताले नेपाल र अस्ट्रेलियाबीचको दीर्घकालीन सद्भाव तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रतिबिम्बित गरेको उहाँले बताउनुभयो ।

भेटवार्तामा जलवायु परिवर्तनबाट नेपाल र प्रशान्त क्षेत्रका मुलुकमा परेको साझा जोखिमका विषयमा पनि छलफल भएको थियो । मन्त्री खनालले अन्तरराष्ट्रिय तहमा अस्ट्रेलियाको नेतृत्वदायी भूमिकाको उपयोग गर्दै, विशेषगरी आगामी कोप–३१ को सन्दर्भमा, हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असमान र गम्भीर प्रभावलाई विश्वसामु थप प्रभावकारी रूपमा उजागर गर्न आग्रह गर्नुभयो ।

मन्त्री खनालले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण तथा विपद् तयारी र जलवायु–उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा नेपाल–अस्ट्रेलिया सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी दुई मन्त्रीबीच शैक्षिक सहकार्य विस्तारका विषयमा पनि छलफल भएको थियो । नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (टीभीईटी) संस्था स्थापना गर्ने तथा अस्ट्रेलियाका विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा स्थापना गर्ने विषयमा पहल अघि बढाउने सम्भावनाबारे विचार आदानप्रदान भएको थियो ।

मन्त्री खनालले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज तथा अर्थतन्त्रमा नेपाली विद्यार्थी र नेपाली डायस्पोराले पु¥याउँदै आएको योगदानबारे उल्लेख गर्दै हालैका विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनका क्रममा वास्तविक तथा योग्य नेपाली विद्यार्थीका लागि अनुकूल र न्यायोचित व्यवस्था गर्न आग्रह गर्नुभयो ।

भेटवार्तामा नेपाल–अस्ट्रेलिया आर्थिक साझेदारीलाई थप विस्तार गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो । व्यापार तथा प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन प्रवद्र्धन र श्रम गतिशीलतालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल भएको थियो ।

त्यसैगरी, नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत दुई पक्षबीच कुराकानी भएको थियो । प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

अस्ट्रेलियाका विदेशमन्त्री वङले नेपालसँगको साझेदारीलाई आगामी दिनमा थप सुदृढ गर्न अस्ट्रेलिया प्रतिबद्ध रहेको बताउँदै प्राथमिकताका क्षेत्रमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुवै पक्षले उच्चस्तरीय नियमित आदानप्रदानलाई निरन्तरता दिने तथा भेटवार्तामा भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न निकट सहकार्य गर्ने सहमति जनाएका छन् । दुई देशका जनताको पारस्परिक हितमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ र बहुआयामिक बनाउने विषयमा समेत दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।

News-RSS

अघिल्लो समाचार

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

अर्को समाचार

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात
आर्थिक

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

६ मंसिर २०८३,
आवाज

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

६ मंसिर २०८३,
बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला
जीवन शैली

बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

६ मंसिर २०८३,
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
जीवन शैली

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

६ मंसिर २०८३,
खलामा धान भर्दै स्थानीय सरकार
आर्थिक

खलामा धान भर्दै स्थानीय सरकार

६ मंसिर २०८३,
अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु
अन्तर्राष्ट्रिय

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु

६ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

६ मंसिर २०८३,

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

६ मंसिर २०८३,
बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

६ मंसिर २०८३,
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

६ मंसिर २०८३,
खलामा धान भर्दै स्थानीय सरकार

खलामा धान भर्दै स्थानीय सरकार

६ मंसिर २०८३,
अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु

६ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन