• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

    प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

    भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

    सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु

    सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कालीगण्डकी करिडोरको फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

by
२८ जेष्ठ २०८१,
0
कालीगण्डकी करिडोरको फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन ।

करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ । पटकपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडकले पूर्णता पाउन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।

विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै २० प्रतिशतभन्दा बढी काम बाँकी छ । सम्झौता अवधि सकिएको छ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो । सुरुआतमा ठेकेदारले विभिन्न कारण देखाएर काममा ढिलाइ गरेको र अहिले भिरमा बम विस्फोट गरेर चट्टान फुटाउनुपर्ने भएका कारण कामले गति लिन नसकेको हो ।

नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ को लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्र्याक खुलिसकेको छ । मोदीखोलामा मोटरेबल पुल दुई निर्माण भइसकेको छ । मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्ष खुलेको भए पनि सवारीसाधन सहज रूपमा चल्नसक्ने अवस्था छैन ।

पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय इन्जिनियर सुरेन्द्र गौतमका अनुसार मोदीवेणीबाट अर्मादीसम्मको खण्डमा ठूलो भिर रहेको र कडा चट्टान विष्फोटक पदार्थ प्रयोग गरेर फुटाउनुपर्ने भएकाले ढिलाइ भएको हो । विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने ठाउँको माथिपट्टि कुश्मा–कैया झोलुङ्गे पुल छ । विष्फोटक पदार्थ प्रयोग गर्दा पुललाई असर गर्ने भन्दै जिल्ला समन्वय समितिले वैकल्पिक उपाय अपनाउन पत्राचार गरेपछि काम रोकिएको छ ।

उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सनले चट्टान फुटाउन वैकिल्पक उपायको खोजी भइरहेको जनाएको छ । उक्त खण्ड १४ किलोमिटर लामो छ । कार्यालयले ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । यो कम्पनीसँग चौथोपटक थप गरिएको म्याद आगामी असोज ३० मा पूरा हुँदैछ ।

कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । पर्वत खण्डअन्तर्गत सेतीवेणीबाट फलेवाससम्म कालोपत्र भइसके पनि बाँकी १४ किलोमिटरको स्तरोन्नतिका लागि बजेट विनियोजन नभएको आयोजना कार्यालयले जनाएको छ ।

Previous Post

चैते धान खेतीतर्फ आकर्षण बढ्दै

Next Post

तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमण : नौ जनाको मृत्यु, ३३ जना घाइते

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

१९ साउन २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

१९ साउन २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

१९ साउन २०८३,
पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध
समाचार

पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

१९ साउन २०८३,
भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित
समाचार

भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

१९ साउन २०८३,
सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु
समाचार

सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु

१९ साउन २०८३,
Load More
Next Post
तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमण : नौ जनाको मृत्यु, ३३ जना घाइते

तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमण : नौ जनाको मृत्यु, ३३ जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In