• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लुम्बिनी प्रदेश सरकार युवामैत्री बजेटको तयारीमा

by
१६ जेष्ठ २०८१,
0
लुम्बिनी प्रदेश सरकार युवामैत्री बजेटको तयारीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज(बाँके) । लुम्बिनी प्रदेश सरकारले आगामी नीति कार्यक्रम र बजेटलाई युवामैत्री बनाउने तयारी गर्न थालेको छ । सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले प्रदेश सरकारले आगामी नीति कार्यक्रम र बजेट युवामैत्री बनाउने छलफल भइरहेको जानकारी दिए ।

मङ्गलबार नेपालगञ्जमा प्रदेश युवा परिषद् लुम्बिनीले आयोजना गरेको कार्यक्रममा उनले त्यसका लागि आफू गृह जिल्लाका युवाहरूसँग नीति र छलफलदेखि योजना तर्जुमा प्रक्रियामा युवाहरूको सहभागिता खोजेको उल्लेख गरे । लुम्बिनी प्रदेशको आगामी नीति युवामैत्री हुने र युवाले उठान गरेका सवाललाई समेट्ने आश्वासन दिँदै मन्त्री खत्रीले युवालाई देशमै सम्भावना छ र केही गर्न सकिन्छ भन्ने आशा जगाएर मानसिक रूपमा युवालाई तयार गर्नुपर्ने बेला भएको बताए । त्यसका लागि लुम्बिनी प्रदेश सरकारले सम्भावनाको खोजी गरेर नीति तथा कार्यक्रम, सोअनुसारको बजेट ल्याउने कुरामा सरकार प्रतिबद्ध भएको उनले बताए ।

मन्त्री खत्रीले गाउँका दूरदराजमा बालबालिका र वृद्धवृद्धा मात्र रहने संस्कृतिको अन्त्य गर्न प्रदेश सरकार सचेत रहेको जानकारी दिए । आगामी नीति तथा कार्यक्रममा थोरै विद्यालय धेरै विद्यार्थीको नीति ल्याउने र थोरै विद्यार्थी भएका विद्यालयलाई गाभ्ने गरी कार्यक्रम ल्याइने उनले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक विश्वविद्यालयका उपकुलपति डा.विनोद ढकालले सम्भावना बोकेको लुम्बिनी प्रदेशको विकासका लागि सरकार गम्भीर हुनुपर्ने बताए । उनले शिक्षामा विश्वविद्यालयबाट दीक्षित भएलगत्तै मुलुक बाहिर जाने सोचको विकास हुनु गलत भएको उल्लेख गरे । सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश युवा परिषद्ले प्रदेश सरकारको नीति तथा कार्यक्रममा आफ्नो सहभागिताका लागि नेपालगञ्जमा कार्यशाला गरेर सवालहरू उठान गर्न खोजेको बताइएको छ ।

कार्यशालामा प्रदेश युवा परिषद् लुम्बिनीका कार्यकारी उपाध्यक्ष गोविन्दबहादुर खत्री, सदस्य रिया क्षेत्री, जिल्ला युवा समिति बाँकेका अध्यक्ष खेमराज शर्मा, गैसस महासङ्घ बाँकेका कार्यवाहक अध्यक्ष निर्मला सुनारलगायतले प्रदेश सरकारसँग आगामी नीति तथा कार्यक्रममा युवामैत्री कार्यक्रम र बजेट ल्याउन आग्रह गरे ।

Previous Post

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

Next Post

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आग्रह

सम्बन्धित खबर

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
आर्थिक

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

८ असार २०८३,
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
आवाज

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

८ असार २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
Load More
Next Post
हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आग्रह

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In