अनियन्त्रित आहारविहारका कारण शरीरमा बोसो र मासु अस्वाभाविक रुपमा बढेर बढी मोटोपन हुन्छ । मोटोपन आफैमा रोग नभए पनि यसले मधुमेह, हृदयरोग, उच्च रक्तचाप, अनिद्रा, बाँझोपन र मैथुन शक्तिमा ह्रास जस्ता समस्या ल्याउँछ ।
घरेलु उपचार
– मोटोपन बढाउने प्रमुख कारण खानामा नियन्त्रण नगरी मोटोपन घटाउन सकिन्न । त्यसैगरी मोटोपन घटाउन व्यायाम गर्नु नै उत्तम विकल्प हो । बिहान–बिहान दौडनु, साइकल चलाउनु, पौडी खेल्नुजस्ता कार्यले मोटोपन घटाउन सहयोग पु¥याउँछ ।
– दैनिक चार–पाँच लिटर पानी पिउनाले पनि क्यालोरी घटाउँछ ।
– बिहान उठ्नेबित्तिकै एक गिलास तातो पानीमा एउटा कागती निचोरेर त्यसमा एक चम्चा शुद्ध मह मिलाएर पिउनाले पनि मोटोपन घटाउँछ ।
– मोटोपन घटाउन कालो चियाले पनि मद्दत पु¥याउँछ ।
– दैनिक भोजनमा काँचो बन्दा खानाले पनि शरीरमा अनावश्यक बोसो जम्न दिँदैन ।
– बेलुकीको खाना हल्का खाने र मौसमअनुसारको फलफूल खाने गर्नाले मोटोपन घटाउन मद्दत पुग्छ ।
साभार : ‘योगतन्त्र’ पुस्तकबाट













